निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री

ललितपुर,  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्धारित समयमा निर्वाचन सम्पन्न गर्न सरकारले आफ्ना तर्फबाट तयारी गरिरहेको बताउनुभएको छ ।गोरखापत्र संस्थानद्वारा आज यहाँ आयोजित ‘गोरखापत्र डिस्कोर्स’ को उद्घाटन समारोहमा उहाँले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई महोत्सव बनाउनुपर्नेमा जोड दिनुभयो ।

 

 

 

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री खरेलले भन्नुभयो, “निर्वाचन सफल बनाउने वातावरणका लागि सरकारले काम गरिरहेको छ, मुलुक निर्वाचनमा प्रवेश गरिसकेको छ । निर्वाचनत उत्सव होइन, अब महोत्सव बन्दैछ ।”

 

 

निर्वाचनका लागि सरकारले स्रोतसाधन र जनशक्तिको व्यवस्था गरेर तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो । “मुलुक निर्वाचनको दिशामा अगाडि बढिसकेको छ, सरकारले सबै तयारी गरिसकेको छ, निर्वाचन आयोगले पनि निरन्तर काम गरिरहेको छ । सबैजसो राजनीतिक दल निर्वाचनमा होमिएका छन् ।”सञ्चारमन्त्री खरेलले जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र निर्वाचन सम्पन्न गर्ने कार्यदिशा पूरा गर्न सक्रिय भएको उल्लेख गर्नुभयो ।

 

 

उहाँले तीन महिनामा ३० भन्दाबढी भ्रष्टाचारका मुद्दा अदाललतमा पुगेका जानकारी दिनुहुँदै विगतका दिनमा प्रभाव र दबाबमा मुद्दा अगाडि नबढ्ने अवस्थाको अन्त्य भएको प्रष्ट पार्नुभयो । मन्त्री खरेलले भन्नुभयो, ‘‘हामीले भ्रष्टाचार नियन्त्रणका निकायलाई स्वतन्त्र रूपमा अगाडि बढ्न सहयोग गरेका छौँ ।’’‘डिस्कोर्स’का निष्कर्षलाई सरकारले ग्रहण गर्ने

 

 

सञ्चारमन्त्री खरेलले गोरखापत्र डिस्कोर्सबाट प्राप्त निष्कर्षलाई सरकार र सम्बन्धित निकायले ग्रहण गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो,“जेनजीआन्दोलनपछिको पुनःनिर्माण र विकासको सन्दर्भमा मुलुकलाई समुन्नति तथा आर्थिक समृद्धिको दिशामा अगाडि बढाउन यो डिस्कोर्सले महत्वपूर्ण भूमिका खेल्ने छ । डिस्कोर्सको निष्कर्षलाई सरकार र सम्बन्धित निकायले ग्रहण गर्नेछ’, उहाँले भन्नुभयो ।

 

 

गोरखापत्रको डिस्कोर्सले नेपाल बनाउने सन्दर्भमा ‘मिडिया’को भूमिका कुन हदसम्म हुन्छ भन्ने प्रभाणित गरेको उहाँको भनाइ छ । “मिडियाले सूचना र शिक्षा सम्प्रेषण मात्र गर्ने होइन मिडियाले डिस्कोर्स तयार गर्छ । विकासका लागि तालिम दिन्छ, मिडिया मिडियाको भूमिकामा मात्र नरहेर मुलु्क बनाउने भूमिका हुन्छ भन्ने मानक गोरखापत्र संस्थानले स्थापना गरेको छ”,उहाँले भन्नुभयो ।
सामाजिक सुरक्षा कोषमा आबद्धता

 

 

राज्यबाट सञ्चालित सञ्चार गोरखापत्र संस्थानका सञ्चारकर्मी तथा कर्मचारी सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् ।सञ्चारमन्त्री खरेलले सामाजिक सुरक्षा कोषमा आवद्धताको परिचयपत्र वितरण गर्नुभयो । मन्त्री खरेलले आफूले मन्त्रालयको जिम्मेवारी लिएको भोलिपल्ट नै राज्यबाट सञ्चालित सञ्चार माध्यमलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने निर्णय लिएको र त्यसलाई गोरखापत्रले सुरुमै कार्यान्वयन गरेकोप्रति खुसी व्यक्त गर्नुभयो ।

 

उहाँले भन्नुभयो,“सामाजिक सुरक्षा कोषमा आबद्धता सुरु गर्ने राज्यबाट सञ्चालित मिडियामा पहिलो बनेर सरकारको अभियानलाई साथ दिएकामा गोरखापत्र संस्थानलाई धन्यवाद दिन चाहन्छु ।”
संस्थानले १८० जना कर्मचारी तथा पत्रकारलाई सामाजिक सुरक्षामा आवद्धता गराउने जनाएको छ । मन्त्री खरेलले वर्षौंदेखि अड्किएको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन ९ओएनएम० पारित गरेको जानकारी गराउनुभयो ।

 

सञ्चारमन्त्री खरेलले गोरखापत्र अब नेपाली आमसञ्चार माध्यममा अझ बढी व्यावसायिक, अझ बढी प्रतिस्पर्धी र अझ बढी युग सुहाउँदो हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “गोरखापत्रले अब ‘डिजिटल हाइवे’मा रफ्तारमा अगाडि बढ्नुपर्ने छ । अब सबै ‘आउटलेट’लाई डिजिटल हाइवेमा अगाडि बढ्नुपर्ने छ । अब मोबाइल र डिजिटल प्लेटफर्ममा देखिनुपर्ने छ ।”राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी

जनकपुरधाम,  गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेस प्रदेशमा यस वर्ष गहुँ उत्पादनमा कमी आएको छ ।मधेस प्रदेश कृषि निर्देशनालय नक्टाझिज धनुषाका अनुसार यस वर्ष मधेस प्रदेशमा तीन लाख ७३२ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १.८ मेट्रिक टनका दरले पाँच लाख ४३ हजार १६० मेट्रिक...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९