राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि …

राजुली (कालीकोट), राजुली नगरअस्पतालमा कार्यरत ‘निर्सिङ इन्चार्ज’ अञ्जना धामीको अनुहार चमकदार देखिन्थ्यो । नर्सिङ स्टाफ सधैँ चिटिक्क, चमकदार र हसमुख नै हुन्छन् हैन ? प्रश्न गर्दै गर्दा उहाँले भन्नुभयो, “यसमा सत्यता होला । तर यत्तिमा मात्र होइन । हाम्रो लागि खुसीको विशेष क्षण छ । मभन्दा बढी अस्पतालमा सेवारत कर्मचारी (स्वीपर) सेवा लिने गर्भवती आमा । तिनका आफन्त ।”

 

 

किन, कसरी ? होचो कद तर अब्बल क्षमताकी निर्सिङ इन्चार्ज धामी गम्भीर देखिनुभयो । उहाँले भन्नुभयो,“अब मैले, मेरा स्टाफ र कहिलेकाँही सुत्केरीका आफन्तले वर्थिङ्का क्रममा कपडा धुन नपर्ला । धेरै सहज हुन्छ । वर्षा र जाडो दुवै मौसममा सक्नुपर्ने कपडा नसुक्ने अवस्था छ ।”

 

 

तिलागुफा नगरपालिकाका प्रमुख शङ्करप्रसाद उपाध्यायको विशेष आग्रह र पहलमा नेपाल रेड्क्रस सोसाइटी कालीकोट शाखाले अस्पतालमा ‘वासिङ मेसिन’सहित अन्य सामग्री उपलब्ध गराएपछि अस्पताल स्रोत साधनमा अझ दर्बिलो भएको हो ।

 

 

अस्पतालमा पहिलो पटक ल्याइएको ‘वासिङ मेसिन’ को प्रयोग पश्चात् विशेष गरेर चिसो मौसममा चिसो पानीमा ‘वर्थिङ’का कपडा हातले नै धुनुपर्ने समस्या सदाको लागि अन्त्य हुने जनाइएको छ । लक्जम्बर्ग रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा यहाँ सञ्जालित एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रमले अस्पतालका लागि १२ केजी क्षमताको सुक्खा ‘वासिङ मेसिन’सहित ‘इलेक्ट्रिक हिटर’, बिरामी कुरुवाका लागि प्रतिक्षा कुर्सी, पानी प्रशोधन उपकरण पनि अस्पताललाई सहयोग गरेको छ ।

 

 

तिलागुफा नगर प्रमुख उपाध्यायले भन्नुभयो, “चिसो समयमा चिसो पानीमा वर्थिङ सेन्टरका कपडा एवं गर्भवतीका कपडा हातले नै धुनुपर्ने अवस्था थियो । यस्तो पिडादायी अवस्थामा रेडक्रसले ‘वासिङ मेसिन’लगायत अन्य सामग्री सहयोग गरेकामा म विशेष धन्यवाद दिन चाहन्छु । ”

 

 

अविवाहित ‘निर्सिङ इन्चार्ज’ धामीले भन्नुभयो “झट्ट हेर्दा ‘वासिङ मेसिन’ सानो सहयोग हो यो तर अस्पतालमा यसले ठूलो महत्व राख्छ । एकातिर समयको बचत अर्काेतर्फ सेवाको प्रभावकारी बृद्धि गर्छ । मैले नै कति पटक त वर्थिङमा प्रयोग गर्ने कपडा, गर्भवती तथा सुत्केरीका कपडा धुनु परेको छ । चिसोले हात कटक्क हुँदाहुँदै कपडा धोइयो तर सुक्दैन । घाम कम लाग्छ । अलि अलि सुक्यो ढुसी पर्छ । ढुसी कपडा प्रयोग गर्न मिल्दैन । ढुसी परेका कपडाले गर्दा रोगको सङ्क्रमण हुने जोखिम त्यत्तिकै हुन्छ । हैरानीमा थियौँ । ‘वासिङ मेसिन’ भएपछि अव ती दिन सम्झना मात्र रहलान् । ”

 

यहाँ असोजको अन्त्यदेखि नै अत्याधिक चिसो सुरु हुन्छ । यो हिउँ पर्ने क्षेत्र पनि हो । चिसो चैतसम्म जारी रहन्छ । कर्णाली राजमार्ग नजिकै रहेको राजुली नगरअस्पतालद्वारा सञ्चालित बर्थिङ सेन्टरमा गत कात्तिक र मङ्सिर महिनामा एकजनाले पनि सुत्केरी सेवा लिएनन् । चिसोका समयमा सुत्केरीलाई झन् पीडा हुन्छ । अभिभावक र स्वास्थ्यकर्मीसमेत समस्या पर्ने जनाइएको छ ।

 

तिलागुफा नगरपालिकाद्वारा सञ्चालित सो अस्पतालको क्षमता दश शय्याको छ । सुत्केरी हुनका लागि यहाँ विशेष गरेर राजुली –२ रतडा, राजुली– ३ फोइमहादेव र राजुली –४ राजुलीबाट सेवाग्राही आउने गर्दछन् । निर्सिङ इन्चार्ज धामीका अनुसार गत आवमा अस्पतालमा ५४ जना सुत्केरी भएका थिए भने चालुआवको तीन महिनामा १४ सुत्केरी भएका थिए । यहाँ ‘वर्थिङ सेन्टर’ सञ्चालन हुनुपूर्व कि मान्मा जिल्ला अस्पताल, जुम्ला अस्पताल जानुपर्ने अवस्था थियो ।

 

 

अस्पतालमा गर्भवती आमा तथा नवजात शिशुको सुत्केरीका क्रममा अकालमा मृत्यु भएको छैन । गत आवमा तीन जना गर्भवतीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘रिफर’ गरिएको छ । प्रतिष्ठानले एकजना ‘एमबिविएस’ चिकित्सक उपलब्ध गराएपनि चिकित्सकको अस्पतालमा उपस्थिति कमै हुने जनाइएको छ ।

 

स्वास्थ्यका जोखिम

कर्णाली राजमार्गसँगै जोडिएका यो नगरपालिकामा ११ वडा छन् । ती वडा यति दुर्गम छन् कि सबै वडाका बस्तीमा पुग्न पैदल ४२ दिन लाग्छ । वडा नं ९, १० र ११ तिला नदी पारी छन् । २०७९ साल असोजको बाढीले तिला नदीको पक्की पुल बगाइँदिँदा ती वडामा यातायात सेवा स्थायी रुपमा सुचारु गर्न अहिले पनि नगरपालिकालाई हम्मेहम्मे परिरहेको छ ।

 

 

नगरपालिकाका सबै वडा विभिन्न किसिमका विपद् र स्वास्थ्यको दृष्टिकोणले जोखिम मानिन्छ । ती जोखिमलाई घटाइ समुदायलाई उत्थानशील बनाउन नेपाल रेडक्रसले नगरपालिकासँग सहकार्य गरेर खानेपानी र सरसफाइ, स–साना सिँचाइ, स्वास्थ्य, जीविकोपार्जन, शिक्षाका गतिविधि सञ्चालन गरिरहेको एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रमका जिल्ला संयोजक रवी लामिछानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“स–साना गतिविधि र सहयोगले समुदायमा ठूलो खुसी ल्याएको छ ।

 

 

कार्यक्रमको अन्त्यन्त सकारात्मक प्रभाव परेको छ । ”हालसम्म गाल्जे खानेपानी आयोजना, दलित टोल बदमवाडा खानेपानी आयोजना, देवार्ताेली खानेपानी आयोजना, देउरुख खानेपानी आयोजना सम्पन्न भई समुदायलाई हस्तान्तरणसमेत गरिसकिएका छन् । ती आयोजनाबाट अति विपन्न समुदायका करिब एक हजार परिवार लाभान्वित भएका छन् ।

 

 

सो कार्यक्रमले तिलागुफा नगरपालिकाद्वारा सञ्चालित आपत्कालीन कार्य सञ्चालनकेन्द्रका लागि खोज तथा उद्धार र प्राथमिक उपचार सामग्री हस्तान्तरण गरेको थियो । ती सामग्रीमा ‘वासिङ मेसिन’, ‘इलेक्ट्रिक हिटर’, बिरामी कुरुवाका लागि कुर्सि, पानी प्रशोधन उपकरण, ‘स्ट्रेचर’, अग्नि सामकयन्त्र र प्राथमिक उपचार सामग्री रहेका छन् । हस्तान्तरित प्राथमिक उपचार सामग्री नगरका विभिन्न ११ विद्यालयमा उपयोग गरिएको छ । ‘वासिङ मेसिन’, ‘इलेक्ट्रिक हिटर’, बिरामी कुरुवाका लागि कुर्सि, पानी प्रशोधन उपकरण राजुली नगरअस्पतालमा उपयोग गरिएको छ ।

 

 

कर्णाली राजमार्गसँगै जोडिएको यो नगरपालिका विपद् जोखिमका दृष्टिकोणले जोखिम क्षेत्र मानिन्छ । नगरप्रमुख उपाध्याय नेपाल रेडक्रस मेरो विपद्को साथी बनेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो “लक्जम्बर्ग रेडक्रसलाई म विशेष अभार व्यक्त गर्न चाहन्छु । उसको आर्थिक एवं प्राविधिक सहयोगमा यहाँ नगरपालिकासँगको साझेदारीमा सञ्चालित एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रम केवल परियोजना मात्र रहेन विपद् जोखिम घटाउन आशा बनिरहेको छ ।

 

 

परियोजनाका सहयोगबाट समुदायमा ठूलो परिवर्तन र खुसी ल्याएको छ । समुदायलाई उत्थानशील बनाउने कार्यक्रमकाध्येयबाट यहाँका असङ्ख्य विपन्न परिवार लाभान्वित भएका छन् । ”खानेपानी र सरसफाइ , स्वच्छता स्वास्थ्य जीविकोपार्जन , संस्थागत क्षमता विकास, शैक्षिक गुणस्तर वृद्धिका क्षेत्रमा कार्यक्रमले नगरपालिकासँगको सहकार्यमा काम गरिराखेको जिल्ला संयोजक लामिछानेले बताउनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वर्षौँदेखि पालमुनि छन् घरबारविहीन परिवार

घोडाघोडी (कैलाली), यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उहाँका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउँका घर्तीको परिवारलाई केही वर्ष पहिलेको भीषण पहिरोले विस्थापित बनाएपछि उनीहरुले जग्गा भाडामा लिएर घर बनाएका थिए । तर जग्गाधनीले बिचैमा...

पूर्वानुमानमा आधारित पूर्वकार्यलाई संस्थागत बनाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री अर्याल

पाटन (ललितपुर),गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत, संस्थागत र व्यापक बनाउने विषयमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहको बताउनुभएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आजदेखि अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) खुमलटारमा आयोजित पूर्वानुमानमा आधारित...

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ, नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको काउन्टर ग्यारेन्टीसम्बन्धी मुद्दामा चिनियाँ अदालतमा सफलता हात पारेको छ ।चीनको चोङछिङ हाइयर पिपुल्स अदालतले नबिल बैंकको पक्षमा फैसला गरेसँगै चारवटा बैंक ग्यारेन्टीबापत ७४ लाख ४९ हजार ३८६.३२ अमेरिकी डलरबराबरको रकम प्राप्त गरेको नबिल बैंकले जनाएको...

सिरिया–इराक क्षेत्रमा अमेरिकी कारबाही तीव्र,७० भन्दा बढी लक्ष्यमा आक्रमण

वासिङ्टन, अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक राज्य समूहका लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपतिले यसलाई ‘धेरै गम्भीर प्रतिशोध’ भएको बताउनुभयो । गत सप्ताहअन्तमा भएको आक्रमणमा तीन अमेरिकीको मृत्यु भएको थियो ।वासिङ्टनका अनुसार, पाम्यारा शहरमा भएको आक्रमण एकल आक्रमणकारीले गरेको थियो...

चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

चितवन,यही पुस ११ गतेदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिवल २०८२ हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छाकामना एकाइ समितिको संयुक्त आयोजनामा महोत्सव गर्न लागिएको हो ।   पुस १५ गतेसम्म सञ्चालन हुने महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई...

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी, कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग खेल्दै थिए । प्रकृति र जीवनका अनेक भावभङ्गीलाई उनीहरुले क्यानभासमा उतारे । आइतबार पर्वतको कुश्मास्थित शताब्दी घर कलामय बन्यो । एकै थलोमा अनुजदेखि अग्रज कलाकारको जमघट भयो । उनीहरुले अनुभव र सिकाइ साटासाट गरे...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

रु १७ करोडको लागतमा १५ शय्याको नगर अस्पताल निर्माण

त्रिवेणी (नवलपरासी), नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा रु १७ करोड ५६ लाख २८ हजारको लागतमा नगर अस्पताल भवन निर्माण गरिएको छ । मध्यविन्दु नगरपालिकाको चोरमारामा उक्त नगर अस्पताल भवन निर्माण गरिएको हो ।   बिसं २०७९ मङ्सिरमा शिलान्यास गरी भवन निर्माण सुरु गरिएको थियो ।...

प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै

त्रिवेणी (नवलपरासी), ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिता–२०८२, आजदेखि सुरु हुँदैछ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१६, डण्डामा सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी पुलिस क्लब र आयोजक टिम कावासोती ‘ए’ बीच प्रतिस्पर्धा हुने आयोजक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९