महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश

काठमाडौँ,  प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको बताउनुभएको छ ।  महान्यायाधिवक्ता कार्यालयको ७५औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले महान्यायाधिवक्ता कार्यालयले अभियोजनमा सुधार हुँदै गएको र अझै वैज्ञानिक ढङ्गले अनुसन्धान तथा अभियोजन गर्नुपर्ने बताउनुभयो ।

 

उहाँले न्याय सार आदेश र फैसलामा मात्रै नभई कार्यान्वयन महत्त्वपूर्ण विषय भएको तथा न्यायमा सहज पहुँच बनाएमा अभियोजनमा राम्रो हुने स्पष्ट पार्नुभयो । उहाँले अहिलेको नागरिक प्रश्न सोध्ने र समाज जवाफ दिने भएकोले यसलाई स्वभाविकरूपमा लिएर अघि बढनुपर्ने जरुरी भएको बताउनुभयो । अनुसन्धान सुष्म, गहिरो, प्रभावकारी भएन भने न्याय ठीक ठाउँ नपर्ने उल्लेख गर्दै प्रधानन्यायाधीश राउतले सभ्य समाज निर्णयमा न्यायको दियो प्रज्वलित हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।

 

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले कानुनी प्रणालीले विधि र प्रक्रियाअनुसार अनुुसन्धानलाई वस्तुनिस्ट, सुक्ष्म तरिकाले गर्दा मात्रै सफल हुने बताउनुभयो । उहाँले महान्यायाधिवक्ता कार्यालयको अभियोजन सुधार र व्यावसायिक सफलताको कामनासमेत गर्नुभयो ।

 

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले जनतालाई न्यायको केन्द्रविन्दुमा राखेर पीडितलाई न्याय दिने तरिकाले अभियोजन सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले संविधानले मुद्दा चलाउने वा नचलाउने भन्ने जिम्मेवारीसमेत दिएको बताउनुभयो ।

 

वरिष्ठतम् न्यायाधीश मल्लले अहिले जटिल परिस्थितिबाट न्यायालय अगाडि बढिरहेको र सुधारको चाहनालाई लिएर भएको जेनजी पुस्ताको मागलाई ध्यान दिनुपर्ने जरुरी भएको बताउनुभयो ।उहाँले डिजिटल प्रविधिको नवयुग प्रवेश गरिरहेको हुनाले यसलाई सही कसरी प्रयोग गर्ने र डिजिटलबाट हुने अपराधलाई न्यूनीकरणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

 

महान्यायाधिवक्ता सविता बरालले सात दशकदेखि महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय प्रणालीलाई निरन्तर सुधार गर्न लागिरहेको बताउनुभयो । उहाँले सरकारी वकिलको  कार्यालय अभियोजन गर्ने निकाय भएकाले बढी जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

 

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार भएको हुनाले अभियोजनमा प्रभाव पर्छ कि पर्दैन भन्ने जिज्ञासा राख्नुभयो । उहाँले जिल्ला न्यायाधीशमा सरकारी वकिलले नाम निकाल्न सफल भएको र ५० प्रतिशतभन्दा बढी महिला भएको जानकारी गराउनुभयो ।

 

नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा डा विजयप्रसाद मिश्रले गरिबले न्याय पाउने गरि काम गर्नुपर्ने र फौजदारी अभियोजनमा सुधारमा सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले जनताको न्यायमा ध्यान दिन प्रेरित गरोस भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

 

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विधिको शासन, अभियोजन प्रणालीलाई व्यवस्थित बनाइ प्रविधिमैत्री तरिकाले काम गरिरहेको बताउनुभयो । उहाँले महान्यायाधिवक्ता कार्यालय र नेपाल प्रहरीबीच सोच, सहकार्य तथा समन्वयमा प्रभावकारी तरिकाले काम गरिरहेको उल्लेख गर्नुभयो ।

 

नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले फौजदारी अभियोजन सुधारमा काम गरिरहेको उल्लेख गर्दै गत भदौ २३ र २४ गते १९ कार्यालय क्षति भएको भए पनि अहिले मर्मत गरी कार्य सञ्चालनमा आएको जानकारी दिनुुभयो ।

 

सो अवसरमा ‘सर्वोत्कृष्ट सरकारी वकिल’ को सम्मान सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई प्रदान गरिएको छ भने १३ जना सरकारी वकिल र कर्मचारीलाई उत्कृष्ट कार्यसम्पादनमा पुरस्कार तथा सम्मान गरिएको थियोे । प्रधानन्यायाधीश राउतले उक्त पुरस्कार तथा सम्मान प्रदान गर्नुभयो ।

 

सर्वोत्कृष्ट सरकारी वकिल सहन्यायाधिवक्ता न्यौपानेले सम्मानले काम र कर्तव्यमा थप उर्जा र जिम्मेवारी थपिएको अनुभव राख्नुभयो । कार्यक्रममा प्रधानन्यायाधीश राउतले महान्यायाधिवक्ता कार्यालयले प्रकाशित स्थापना दिवस विशेषाङ्क विमोचन गर्नुभएको थियोे ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणासूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९