महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश

काठमाडौँ,  प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको बताउनुभएको छ ।  महान्यायाधिवक्ता कार्यालयको ७५औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले महान्यायाधिवक्ता कार्यालयले अभियोजनमा सुधार हुँदै गएको र अझै वैज्ञानिक ढङ्गले अनुसन्धान तथा अभियोजन गर्नुपर्ने बताउनुभयो ।

उहाँले न्याय सार आदेश र फैसलामा मात्रै नभई कार्यान्वयन महत्त्वपूर्ण विषय भएको तथा न्यायमा सहज पहुँच बनाएमा अभियोजनमा राम्रो हुने स्पष्ट पार्नुभयो । उहाँले अहिलेको नागरिक प्रश्न सोध्ने र समाज जवाफ दिने भएकोले यसलाई स्वभाविकरूपमा लिएर अघि बढनुपर्ने जरुरी भएको बताउनुभयो । अनुसन्धान सुष्म, गहिरो, प्रभावकारी भएन भने न्याय ठीक ठाउँ नपर्ने उल्लेख गर्दै प्रधानन्यायाधीश राउतले सभ्य समाज निर्णयमा न्यायको दियो प्रज्वलित हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले कानुनी प्रणालीले विधि र प्रक्रियाअनुसार अनुुसन्धानलाई वस्तुनिस्ट, सुक्ष्म तरिकाले गर्दा मात्रै सफल हुने बताउनुभयो । उहाँले महान्यायाधिवक्ता कार्यालयको अभियोजन सुधार र व्यावसायिक सफलताको कामनासमेत गर्नुभयो ।

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले जनतालाई न्यायको केन्द्रविन्दुमा राखेर पीडितलाई न्याय दिने तरिकाले अभियोजन सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले संविधानले मुद्दा चलाउने वा नचलाउने भन्ने जिम्मेवारीसमेत दिएको बताउनुभयो ।

वरिष्ठतम् न्यायाधीश मल्लले अहिले जटिल परिस्थितिबाट न्यायालय अगाडि बढिरहेको र सुधारको चाहनालाई लिएर भएको जेनजी पुस्ताको मागलाई ध्यान दिनुपर्ने जरुरी भएको बताउनुभयो ।उहाँले डिजिटल प्रविधिको नवयुग प्रवेश गरिरहेको हुनाले यसलाई सही कसरी प्रयोग गर्ने र डिजिटलबाट हुने अपराधलाई न्यूनीकरणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

महान्यायाधिवक्ता सविता बरालले सात दशकदेखि महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय प्रणालीलाई निरन्तर सुधार गर्न लागिरहेको बताउनुभयो । उहाँले सरकारी वकिलको  कार्यालय अभियोजन गर्ने निकाय भएकाले बढी जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार भएको हुनाले अभियोजनमा प्रभाव पर्छ कि पर्दैन भन्ने जिज्ञासा राख्नुभयो । उहाँले जिल्ला न्यायाधीशमा सरकारी वकिलले नाम निकाल्न सफल भएको र ५० प्रतिशतभन्दा बढी महिला भएको जानकारी गराउनुभयो ।

नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा डा विजयप्रसाद मिश्रले गरिबले न्याय पाउने गरि काम गर्नुपर्ने र फौजदारी अभियोजनमा सुधारमा सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले जनताको न्यायमा ध्यान दिन प्रेरित गरोस भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विधिको शासन, अभियोजन प्रणालीलाई व्यवस्थित बनाइ प्रविधिमैत्री तरिकाले काम गरिरहेको बताउनुभयो । उहाँले महान्यायाधिवक्ता कार्यालय र नेपाल प्रहरीबीच सोच, सहकार्य तथा समन्वयमा प्रभावकारी तरिकाले काम गरिरहेको उल्लेख गर्नुभयो ।

नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले फौजदारी अभियोजन सुधारमा काम गरिरहेको उल्लेख गर्दै गत भदौ २३ र २४ गते १९ कार्यालय क्षति भएको भए पनि अहिले मर्मत गरी कार्य सञ्चालनमा आएको जानकारी दिनुुभयो ।

सो अवसरमा ‘सर्वोत्कृष्ट सरकारी वकिल’ को सम्मान सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई प्रदान गरिएको छ भने १३ जना सरकारी वकिल र कर्मचारीलाई उत्कृष्ट कार्यसम्पादनमा पुरस्कार तथा सम्मान गरिएको थियोे । प्रधानन्यायाधीश राउतले उक्त पुरस्कार तथा सम्मान प्रदान गर्नुभयो ।

सर्वोत्कृष्ट सरकारी वकिल सहन्यायाधिवक्ता न्यौपानेले सम्मानले काम र कर्तव्यमा थप उर्जा र जिम्मेवारी थपिएको अनुभव राख्नुभयो । कार्यक्रममा प्रधानन्यायाधीश राउतले महान्यायाधिवक्ता कार्यालयले प्रकाशित स्थापना दिवस विशेषाङ्क विमोचन गर्नुभएको थियोे ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

रघुगङ्गा गाउँपालिकाद्वारा एम्बुलेन्स सेवा सञ्चालन

म्याग्दी (बेनी), म्याग्दीको रघुगङ्गा गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । पालिकाभित्रका नागरिकको स्वास्थ्य सेवाको पहुँचलाई थप प्रभावकारी, सहज तथा सर्वसुलभ बनाउने उदेश्यले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो ।  काठमाडौँ महानगरपालिकाले उपलब्ध गराएको एम्बुलेन्सलाई गाउँपालिकाले ‘एम्बुलेन्स सेवा सञ्चालन तथा व्यवस्थापन’ कार्यविधि बनाएर आवश्यक स्रोत,...

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौँ,   नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्वका साथ कांग्रेस आगामी फागुन २१ गते हुने  प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुनुपर्ने बताउनुभएको छ ।   आज बिहान सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरी  जेनजी आन्दोलनको भावनाअनुसारको नीति र पार्टीलाई...

पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा

काठमाडौँ, चालु आर्थिक वर्ष २०८२÷८३ को मङ्सिर मसान्तसम्म मुलुकले कूल रू आठ खर्ब ८२ अर्ब ६९ करोड ८२ लाख २९ हजारको वैदेशिक व्यापार गर्दा रू छ खर्ब ४९ अर्ब ६८ करोड घाटा व्यहोरेको छ भन्सार विभागले सार्वजनिक गरेको पाँच महिनाको वैदेशिक व्यापारको स्थिति प्रतिवेदनअनुसार...

सिरिया–इराक क्षेत्रमा अमेरिकी कारबाही तीव्र,७० भन्दा बढी लक्ष्यमा आक्रमण

वासिङ्टन, अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक राज्य समूहका लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपतिले यसलाई ‘धेरै गम्भीर प्रतिशोध’ भएको बताउनुभयो । गत सप्ताहअन्तमा भएको आक्रमणमा तीन अमेरिकीको मृत्यु भएको थियो ।वासिङ्टनका अनुसार, पाम्यारा शहरमा भएको आक्रमण एकल आक्रमणकारीले गरेको थियो...

बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी (डडेल्धुरा),  भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा छन् । स्थानीय डम्मरी जोशीका अनुसार गाउँसम्म बिजुलीका खम्बा पुगे पनि विद्युत् आपूर्ति सुरु हुन सकेको छैन । उहाँले चुनावका बेला पटक–पटक आश्वासन दिइए पनि काम अघि नबढेको गुनासो गर्नुभयो । उहाँले गाडिएका खमबा...

रघुगङ्गा गाउँपालिकाद्वारा एम्बुलेन्स सेवा सञ्चालन

म्याग्दी (बेनी), म्याग्दीको रघुगङ्गा गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । पालिकाभित्रका नागरिकको स्वास्थ्य सेवाको पहुँचलाई थप प्रभावकारी, सहज तथा सर्वसुलभ बनाउने उदेश्यले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो ।  काठमाडौँ महानगरपालिकाले उपलब्ध गराएको एम्बुलेन्सलाई गाउँपालिकाले ‘एम्बुलेन्स सेवा सञ्चालन तथा व्यवस्थापन’ कार्यविधि बनाएर आवश्यक स्रोत,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

रु १७ करोडको लागतमा १५ शय्याको नगर अस्पताल निर्माण

त्रिवेणी (नवलपरासी), नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा रु १७ करोड ५६ लाख २८ हजारको लागतमा नगर अस्पताल भवन निर्माण गरिएको छ । मध्यविन्दु नगरपालिकाको चोरमारामा उक्त नगर अस्पताल भवन निर्माण गरिएको हो ।   बिसं २०७९ मङ्सिरमा शिलान्यास गरी भवन निर्माण सुरु गरिएको थियो ।...

आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक

काठमाडौँ,  नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपालमा आयोजना हुने आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक गरेको छ । उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहेको छ । क्यानले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह ‘बी’ मा परेको छ । नेपाली...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९