‘केन्द्रिकृत मानसिकताले परिणाम दिन सकिएन’

काठमाडौँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक र प्रशासनिक नेतृत्वको केन्द्रिकृत मानसिकताले जनचाहनाअनुरुप परिणाम दिन नसकेको दुखेसो गर्नुभएको छ ।फेडरालिजम् एण्ड लोकलाइजेन सेन्टरले ‘सङ्घीयता सुदृढीकरणमा राष्ट्रियसभा’ शीर्षकमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सीमित साधनस्रोत तथा कानुनी व्यवधानले प्रदेश सरकारबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउन कठिन भएको बताउनुभयो ।

 

 

मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “प्रदेश र स्थानीय तहको अभिभावक राष्ट्रियसभाले सत्ता र प्रतिपक्षीय सोचबाट माथि उठेर समन्वयका साथ कानुन निर्माणलाई तीव्रता दिनुपर्छ ।” प्रदेश र स्थानीय तहको जनप्रतिनिधिसभाका हैसियतले एकल र साझा अधिकारको सूचीसम्बन्धी कानुन निर्माणमा राष्ट्रियसभाको अगुवाइ आवश्यक रहेको बताउँदै उहाँले प्रदेशका समस्या समाधानका लागि अग्रसर हुन अनुरोध गर्नुभयो ।

 

 

राष्ट्रियसभाका उपाध्यक्ष विमला सुवेदीले राष्ट्रियसभाको आगामी माघ ११ गते हुने निर्वाचनमा विषयविज्ञ र अनुभवीलाई उम्मेदवार बनाउन राजनीतिक दललाई बनाउन सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “सङ्घीयता बुझेकालाई चयन गर्नुपर्छ जो समावेशी, क्षेत्रगत प्रतिनिधित्व र विषय विज्ञ पनि होस । संविधानको मर्म र भावना पनि यही हो ।”

 

 

राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित समितिका सभापति मायाप्रसाद शर्माले सामाजका सबै क्षेत्रका नागरिकको प्रतिनिधित्व रहेको राष्ट्रियसभाले मुलुकलाई सङ्कट परेका बेला विभाजित नभइ निकास दिनु आजको आवश्यकता हो भन्नुभयो ।

 

 

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले मुलुकले सङ्घीयताको अभ्यास गरिरहँदा माथिदेखि तलसम्म अधिकार प्रत्यायोजनमा समस्या
भएको बताउनुभयो । विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले सङ्घीयताको प्रतीकका रुपमा रहेका प्रदेश संरचना राष्ट्रिय राजनीतिको असरबाट प्रभावित भएका बताउनुभयो ।

 

 

संविधानसभा सदस्य राधेश्याम अधिकारी, रामनारायण विडारी, राष्ट्रियसभाका पूर्वउपाध्यक्ष उर्मिला अर्याल, राष्ट्रियसभाका पूर्वसदस्य खिमलाल भट्टराई, पूर्वसांसद दिलकुमारी रावल, जेनजी आन्दोलनकी नेत्री जस्मिन ओझा कार्यक्रम आयोजक संस्थाका अध्यक्ष खिमलाल देवकोटा कार्यकारी निर्देशक प्रकाश पन्थ, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सचिव सीता काफ्ले, प्रदेश सुशासन केन्द्रका कार्यकारी निर्देशक गोपाल न्यौपानेले राजनीतिक नेतृत्वमा इच्छाशक्ति र कर्मचारीतन्त्रको सहयोग, सङ्घीयताको मर्म र भावना अनुरुप सङ्घको तुलनामा प्रदेश र स्थानीय तहमा महिलाको प्रतिनिधित्व कमजोर रहेको,विनियोजन बजेटअनुसार विकास खर्च हुने सुनिश्चिता नभएसम्म सङ्घीयताको सुदृढीकरण भएको जनप्रतिनिधिमूलक संस्था राष्ट्रियसभाले केन्द्र, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्धलाई सुदृढ तुल्याउन क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।उनान्साठी सदस्यीय राष्ट्रियसभाका एक तिहाई सदस्यका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ । उक्त निर्वाचनबाट सात महिला,दुई दलित , अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक दुई र अन्य समुदायबाट सात जना चयन हुनेछन् ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणासूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९