राहुल गान्धीकाे अमेरिकामा ट्रक यात्रा, वासिङ्टनवाट ट्रक मै न्युयोर्क पुगे

न्युर्योक । चण्डीगढ पछि राहुल गान्धीले अमेरिकामा पनि ट्रकमा यात्रा गरेका छन् ।राहुलले वासिङ्टनदेखि न्युयोर्कसम्म १९० किलोमिटर ट्रकमा यात्रा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन । उनले आफनो यो यात्राको भिडियो टविटरलगायत सामाजिक सञ्जालमा शेयरसमेत गरेका छन् । यस क्रममा राहुलले भारतीय मूलका ट्रक चालक ताजिन्द्र सिंहलाई उनको आम्दानीबारे सोधेका थिए, जुन आम्दानी सुनेर गान्धी छक्कै परेका थिए । आफनो यात्रामा राहुलले ट्रक चालकसँग राजनीतिदेखि मुद्रास्फीतिसम्मका विषयमा छलफल गरेको जनाईएको छ ।  यात्राको क्रममा राहुलले सिद्धु मुसेवालाको गीत पनि सुनेका थिए । ट्रक चालकले राहुललाई मुसेवालाको गीत सुन्नुहुन्छ ? भनेर सोधेका थिए ।  त्यसपछि उनलाई यात्रा अबधीभर गीत सुनाईएको थियो । राहुलले भने, अमेरिकाका ट्रकहरू बढी सहज छन्  । उनी वासिङ्टनदेखि न्यूयोर्कको यात्रामा ट्रक चालकको छेउमा बसे । राहुलले भने– ‘भारतको भन्दा अमेरिकाका ट्रक धेरै सहज छन् । भारतका ट्रकहरूले चालकको सुविधाको वास्ता गर्दैनन्। तिनीहरू ट्रक चालकहरूको लागि बनाइएका छैनन्।’ताजिन्द्रले राहुललाई अमेरिकामा ट्रक चलाउनु सम्मानको काम हो भनि जानकारी दिएका छन् ।राहुल गान्धी मे ३० देखि अमेरिकाको भ्रमणमा छन् ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१