प्रशिक्षण केन्द्रहरूबीच सहकार्य सुदृढ गर्न नेटवर्किङ कार्यशाला

काठमाडौँ,खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको क्षमता विकासलाई अझ प्रभावकारी, समन्वयात्मक र दिगो बनाउने उद्देश्यसहित सरकारी प्रशिक्षण केन्द्रहरूबीच सहकार्य सुदृढ गर्न एकदिने नेटवर्किङ कार्यशाला आयोजना गरिएको छ ।आज राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रमा सम्पन्न कार्यशालामा संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत प्रमुख सरकारी प्रशिक्षण संस्थाहरूको उल्लेखनीय सहभागिता थियो ।

 

कार्यशालाले वास क्षेत्रसँग सम्बन्धित सरकारी प्रशिक्षण संस्थाहरूबीच आपसी समझदारी, अनुभव आदान–प्रदान तथा दीर्घकालीन सहकार्यका सम्भावना पहिचान गर्न महत्वपूर्ण भूमिका खेलेको जनाइएको छ ।वातावरण र जनस्वास्थ्य संस्था (एन्फो)को सहकार्यमा आयोजना गरिएको उक्त कार्यशालाको मुख्य उद्देश्य प्रशिक्षण दृष्टिकोण, असल अभ्यास, सिकाइ अनुभव तथा तालिम प्रणालीमा रहेका चुनौतीहरूबारे छलफल गर्दै साझा समाधान र सहकार्यका क्षेत्रहरू पहिचान गर्नु रहेको थियो ।

 

कार्यशालामा राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, प्राविधिक प्रशिक्षण प्रतिष्ठान, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रलगायतका प्रमुख सरकारी प्रशिक्षण संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।

 

त्यस अवसरमा एन्फोले विगत तीन दशकभन्दा बढी समयदेखि खानेपानी, सरसफाइ तथा स्वच्छता, सार्वजनिक स्वास्थ्य, वातावरण संरक्षण तथा क्षमता विकास क्षेत्रमा गर्दै आएको कामका अनुभव प्रस्तुत गरेको थियो । साथै संस्थाले विकास गरेका प्रशिक्षण प्याकेज, सिकाइ सामग्री, सहभागीमूलक तालिम विधि तथा फिल्डमा आधारित अभ्यासका नमुनाहरू पनि प्रस्तुत गरिएको थियो ।

 

कार्यशालामा सहभागी सरकारी प्रशिक्षण केन्द्रहरूले पनि आ–आफ्ना क्षमता विकास गतिविधि, तालिम प्राथमिकता, विद्यमान चुनौती तथा आगामी योजनाबारे जानकारी गराएका थिए । प्रस्तुतीकरणले साझा चुनौतीहरू पहिचान गर्न र सहकार्यका सम्भावनाहरू स्पष्ट गर्न सहयोग पुगेको राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रका कार्यकारी निर्देशक ई रामकुमार श्रेष्ठले बताउनुभयो ।

 

उहाँले भन्नुभयो, “कार्यक्रमअन्तर्गत ग्यालरी–वाक, समूह छलफल तथा अन्तरक्रियात्मक सत्रमार्फत प्रशिक्षण आवश्यकता पहिचान, सामग्री विकास, तालिम सञ्चालन, प्रभाव मूल्याङ्कन तथा अनुगमन प्रणालीमा देखिएका चुनौतीहरू पहिचान गरिएको छ । साथै ती चुनौतीहरूको समाधानका लागि संयुक्त पहल र सहकार्यका सम्भावित क्षेत्रहरूमा विस्तृत छलफल गरिएको छ ।”

 

कार्यशालाबाट संयुक्त रूपमा तालिम सञ्चालन गर्ने, प्रशिक्षण सामग्रीको सह–विकास गर्ने, सह–सहजिकीकरण (को–फ्यासिलिटेसन) गर्ने तथा तालिमको प्रभाव मूल्याङ्कनका लागि साझा कार्यदिशा तय गरिएको कार्यकारी निर्देशक श्रेष्ठकको भनाइ छ । यसले सरकारी प्रशिक्षण संस्थाहरूबीच दोहोरो प्रयास घटाई स्रोतको प्रभावकारी उपयोग गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।

 

 

कार्यकारी निर्देशक श्रेष्ठले यस किसिमका नेटवर्किङ कार्यशालाले सरकारी प्रशिक्षण केन्द्रहरूबीच आपसी विश्वास र समझदारी सुदृढ गर्दै खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको क्षमता विकासलाई दीर्घकालीन रूपमा मजबुत बनाउन महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्नुभयो ।कार्यशालामा सहभागी प्रतिनिधिहरूले आगामी दिनमा नियमित समन्वय, अनुभव आदान–प्रदान तथा संयुक्त कार्यक्रम सञ्चालन गर्दै वास क्षेत्रका जनशक्ति र संस्थागत क्षमतालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

देशलाई संकटबाट निकास दिने नेतृत्व नेपाली कांग्रेससँगै छ : मुख्यमन्त्री कमल बहादुर शाह

कैलाली — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले मुलुक असहज परिस्थितिमा नेतृत्व प्रदान गर्दै देशलाई निकास दिने पार्टी नेपाली कांग्रेस रहेको बताउनुभएको छ। शनिबार आफ्नो निर्वाचन क्षेत्र कैलाली क्षेत्र नम्बर–२ अन्तर्गत लम्कीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै उहाँले नेपाली कांग्रेसप्रति समाजमा विभिन्न किसिमका...

कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ

काठमाडौँ,  शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालमा द्रुत विकास हासिल गर्न वर्तमान ऐन, कानुन र प्रक्रियागत झन्झट मुख्य बाधक भएको टिप्पणी गर्नुभएको छ । आज उहाँ घर निर्माण फाउन्डेसनद्धारा आयोजित घर निर्माण फेस्ट २०८२ मा सम्बोधन गर्दै उहाँले सरकारले ‘डेभलपमेन्ट डिकेड’ वा दश वर्षे विकास दशक...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुनः बढेको छ । निधारण गरिएको विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०७ पैसा निर्धारण...

भियतनाममा यात्रुबाहक बस दुर्घटना, कम्तीमा ७ जनाको मृत्यु

हनोई, भियतनामको उत्तरी पहाडी प्रान्त लाओ काइमा शनिबार बिहान यात्रुबाहक बस पल्टिँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने अन्य धेरै जना घाइते भएका छन्। भियतनाम समाचार एजेन्सीले जनाएअनुसार दुर्घटनाको समयमा बसमा १९ जना यात्रु सवार थिए।   प्रारम्भिक रिपोर्ट अनुसार उद्धार टोलीले बसभित्रबाट १० जना...

भियतनाममा यात्रुबाहक बस दुर्घटना, कम्तीमा ७ जनाको मृत्यु

हनोई, भियतनामको उत्तरी पहाडी प्रान्त लाओ काइमा शनिबार बिहान यात्रुबाहक बस पल्टिँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने अन्य धेरै जना घाइते भएका छन्। भियतनाम समाचार एजेन्सीले जनाएअनुसार दुर्घटनाको समयमा बसमा १९ जना यात्रु सवार थिए।   प्रारम्भिक रिपोर्ट अनुसार उद्धार टोलीले बसभित्रबाट १० जना...

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौँ,  प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन तयार रहेको विश्वास दिलाउनुभएको छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उहाँहरूले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकपछि नेपाली कांग्रेस सभापति एवं...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निर्वाचन ६८ दिन बाँकी: प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता

काठमाडौँ, आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको निर्धारण गरेको छ । आयोगले अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न

काठमाडौँ,  नेपाल–चीन सांस्कृतिक आदानप्रदानलाई प्रव्रद्धन गर्ने उद्देश्यसहित आयोजना भएको हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न भएको छ । काठमाडौँ विश्वविद्यालयमा भएको प्रदर्शनीमा चिनियाँ एनिमेसन, प्रविधि र सांस्कृतिक कथाबीचको सम्बन्धलाई प्रस्तुत गरिएको थियो । प्रदर्शनीले नेपाली शैक्षिक समुदायलाई प्रविधि–सशक्त चिनियाँ एनिमेसन संस्कृतिको बहुआयामिक अनुभव प्रदान गरेको...

भोजपुरमा आँखाका बिरामीको खोजी तथा उपचार अभियान सञ्चालन

भोजपुर,  आँखासम्बन्धी रोगको पहिचान र उपचारको पहुँचमा ल्याउन नेपाल नेत्र ज्योति सङ्घले बृहत् खोजी अभियान सञ्चालन गर्ने भएको छ । जीवनशैलीमा आएको परिवर्तन, चेतनाको कमी तथा समयमै उपचार नपाउँदा ग्रामीण भेगमा आँखाका समस्या भएका बिरामी बढ्दै गएपछि सङ्घले समुदायस्तरमै पुगेर सेवा दिने लक्ष्यसहित अभियान...

भलिबलः आर्मी र पुलिस विजयी

काठमाडौँ, राजधानीमा आजदेखि सुरु भएकोे नवौँ एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको समूह ‘ए’को आफ्नो पहिलो खेलमा आर्मीले एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९