कैलाली : कैलालीमा एक युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ। मंगलबार बिहान बर्दगोरिया गाउँपालिका वडा नम्बर–२ बौनिया बजारमा सञ्चालनमा रहेको पुष्पराज ट्याटु हाउसका सञ्चालक अन्दाजी २७ वर्षीय सुमन चौधरी झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।
भजनी नगरपालिका वडा नम्बर–८ गोरचौरा घर भएका चौधरीको शव महेन्द्र राजमार्गअन्तर्गत बौनिया बजारस्थित आफ्नै पसलको कोठामा पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी राजकुमार सिंहले जानकारी दिए।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। युवकको शव पोस्टमार्टमका लागि बर्दगोरिया स्थित दोदोधारा अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



















































































































































