प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी

नारायणगढ (चितवन), १८ पुसः हालै प्लास्टिक निषेधित क्षेत्र घोषणा गरिएको देवघाटमा यस वर्ष हुने माघे सङ्क्रान्ति मेलालाई व्यवस्थित, सुरक्षित बनाउँदै धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तयारी थालिएको छ । मेलालाई मर्यादित रूपमा सञ्चालन गर्न देवघाट क्षेत्र विकास समितिले व्यवस्थापन मूल समिति र विभिन्न शीर्षकगत उपसमितिहरू गठन गरी सक्रियता बढाएको हो ।
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार १५१ सदस्यीय मेला व्यवस्थापन मूल समिति गठन गरिएको छ । मेलाको सफल व्यवस्थापनका लागि स्वयंसेवक परिचालन, धुनी व्यवस्थापन, बजार व्यवस्थापन, सरसफाइ तथा अस्थायी शौचालय व्यवस्था, खानेपानी व्यवस्थापन, प्राथमिक स्वास्थ्य उपचार, विद्युत् तथा बत्ती व्यवस्था, डुङ्गा व्यवस्थापन, आकस्मिक उद्धार, स्नानघाट व्यवस्थापन, मूल समितिको सचिवालय सञ्चालन, सूचना, सञ्चार तथा प्रचारप्रसार, मेला सुरक्षा व्यवस्थापनलगायत कार्यका लागि छुट्टाछुट्टै १९ वटा उपसमिति गठन गरिएको उहाँले जानकारी दिनुभयो ।
मेलाको व्यवस्थापनका लागि भरतपुर महानगरपालिका, गैँडाकोट नगरपालिका,  देवघाट गाउँपालिका, चितवन, तनहुँ र नवलपुर जिल्लाका प्रशासन तथा सुरक्षा निकाय एवं अन्य सङ्घसंस्थासँग समन्वय गरिएको बरालले बताउनुभयो । मेला भर्न आउने भक्तजनका लागि रुट निर्धारण तथा चितवनतर्फको सडक मर्मत कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।
देवघाटस्थित झोलुङ्गे पुलबाट भारी मालसामान ढुवानीमा रोक लगाइसकिएको जनाउँदै निर्देशक बरालले मोटरसाइकलसहित सबै सवारीसाधनको आवतजावत झोलुङ्गे पुलमा निषेध गरिएको बताउनुभयो । उहाँका अनुसार पैदल यात्रुहरूले भने पुल प्रयोग गर्न सक्नेछन् ।

 

सवारीसाधनका लागि दासढुङ्गा पुल तथा ठिमुरा क्षेत्र प्रयोग गर्न सकिने र चितवनतर्फ सवारी पार्किङ गरी डुङ्गामार्फत रु ५० शुल्क तिरेर वारपार गर्न सकिने व्यवस्था मिलाइएको निर्देशक बरालले जानकारी दिनुभयो ।
मेलालाई मासु, मदिरा तथा धुम्रपानरहित बनाउने प्रयास गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा ईश्वरीराज लौडारीले बताउनुभयो । उहाँका अनुसार यही पुस ११ गतेदेखि देवघाटधाम क्षेत्रलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गरिएको छ । उहाँले मेलामा आउने भक्तजनहरूलाई प्लास्टिकजन्य सामग्री नल्याउन आग्रह गर्नुभयो ।

 

प्रदूषणका कारण वातावरण, नदीनाला तथा धार्मिक पर्यावरणमा नकारात्मक असर परिरहेको उल्लेख गर्दै अध्यक्ष डा लौडारीले नारायणी नदी तथा देवघाटधाम क्षेत्रको स्वच्छता कायम राख्न एकपटक प्रयोग हुने प्लास्टिक झोला (४० माइक्रोनभन्दा पातलो), प्लास्टिक बोतल, गिलास, प्लेटलगायत सामग्रीको प्रयोग क्रमशः निषेध गरिएको जानकारी दिनुभयो । वैकल्पिक रूपमा जैविक तथा वातावरणमैत्री सामग्री प्रयोग गर्न उहाँले सबै श्रद्धालु, शवयात्री, आगन्तुक तथा स्थानीयवासीलाई आग्रह गर्नुभयो ।

 

नेपालको मध्यभागमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाम पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छ । मुक्तिनाथबाट प्रवाहित शालिग्रामवाहिनी कृष्णागण्डकी र गोसाइँकुण्डबाट उद्गम भएको त्रिशूली नदीको सङ्गमस्थलका रूपमा रहेको यो क्षेत्र पुराणहरूमा आदिप्रयाग, हरिहर क्षेत्र, कदम्ब तीर्थ तथा चक्रतीर्थका नामले चिनिन्छ ।

 

देवघाटधाममा एकादशी, पूर्णिमा, सङ्क्रान्ति तथा ग्रहणका अवसरमा नियमित मेला लाग्ने गर्दछ । तीमध्ये माघे सङ्क्रान्तिमा विशेष मेला लाग्ने परम्परा छ । यस अवसरमा देश तथा विदेशबाट ठूलो सङ्ख्यामा श्रद्धालु भक्तजनको आगमन हुने समितिले जनाएको छ ।

 

माघे सङ्क्रान्तिलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । ज्योतिषीय गणनाअनुसार सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने दिनलाई मकर सङ्क्रान्ति भनिन्छ । पद्मपुराणअनुसार यस दिन देवघाटधाममा स्नान गर्नाले अक्षय पुण्य प्राप्त हुनाका साथै प्रयागमा स्नान गरेसरहको फल प्राप्त हुने धार्मिक विश्वास रहिआएको अध्यक्ष डा लौडारीले बताउनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

नारायणगढ–गैँडाकोट आइकोनिक केबल–स्टेड पुल निर्माणले लियो गति

नारायणगढ (चितवन),  नारायणगढ र गैँडाकोट जोड्ने नारायणी नदीमाथि आधुनिक प्रविधियुक्त केबल–स्टेड ‘आइकोनिक पुल’ निर्माणले गति लिएको छ । निर्माण कम्पनी तुँदी कन्स्ट्रक्सन प्रालिले एक महिनाअघि पुल निर्माणको काम सुरु गरेको हो । कम्पनीका स्ट्रक्चरल इन्जिनियर सन्देश त्रिपाठीका अनुसार हाल पुल निर्माणको काम ‘टेस्टिङ फेज’मा रहेको...

‘भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न सुरक्षित निर्माण, बसोबास र व्यवहार अपरिहार्य’

काठमाडौँ,  गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि सुरक्षित निर्माण, बसोबास र व्यवहार अपरिहार्य रहेको बताउनुभएको छ । २८औँ भूकम्प सुरक्षा दिवसका अवसरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज आयोजित कार्यक्रममा उहाँले भूकम्पीय जोखिम कम गर्न दीर्घकालीन जनचेतना आवश्यक भएको बताउनुभयो...

पाँच वर्षमा अवैध ‘भर्चुअल’ सम्पत्तिका ६५८ शङ्कास्पद कारोबार

काठमाडौँ,  नेपालमा अवैध मानिएको ‘भर्चुअल’ सम्पत्तिको शङ्कास्पद कारोबार पछिल्ला वर्षमा बढ्दै गएको छ । नेपाल राष्ट्र बैङ्कको वित्तीय जानकारी एकाइले बिहीबार सार्वजनिक गरेको भर्चुअल सम्पत्ति (भर्चुअल एसेट) सम्बन्धी रणनीतिक विश्लेषण प्रतिवेदन, २०२५ (स्ट्राटेजिक एनालिसिस रिपोर्ट, २०२५ अन भर्चुअल एसेट) अनुसार पछिल्लो पाँच वर्षमा मात्र...

नयाँ वर्ष सन् २०२६ सुरु

काठमाडौँ,  ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा...

उत्पादकत्व वृद्धि गर्न कृषि पकेट क्षेत्र निर्धारण

दोधारा चाँदनी (कञ्चनपुर),  कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले कृषि ज्ञान केन्द्र महेन्द्रनगरले कञ्चनपुरका नौवटा पालिकामा कृषि पकेट क्षेत्र निर्धारण गरेको छ ।पकेट क्षेत्रमार्फत निश्चित भौगोलिक क्षेत्रमा विशेष बाली तथा उत्पादनलाई प्राथमिकता दिई आधुनिक कृषि प्रविधि, सिँचाइ सुविधा, उन्नत बीउबिजन र प्राविधिक सहयोग...

आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस

काठमाडौँ,  विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन् । नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निर्वाचन ६८ दिन बाँकी: प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता

काठमाडौँ, आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको निर्धारण गरेको छ । आयोगले अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

भान्साबाट व्यवसायसम्म : जानकी रावत थापाको आत्मनिर्भर यात्रा

लम्की, सेलरोटी चाडपर्वका बेला पश्चिम नेपालका प्रायः हरेक भान्सामा पाक्ने परम्परागत पकवान हो । चाडपर्वमा छोरीचेली र आफन्त परिवारबीच आपसी मायाप्रेम साटासाट गर्ने सुन्दर माध्यम पनि हो, सेलरोटी । आजभोलि भने यो कसैका लागि आर्थिक रूपमा नियमित आम्दानीको स्रोतसमेत बन्दै आएको छ ।   यस्तै उदाहरण हुन्...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

आलोपालो दिवा खाजा बनाउँछन् भाग्योदयका अभिभावक

वालिङ (स्याङ्जा),  स्याङ्जाको भीरकोट नगरपालिका–६ उजेलीडाँडामा रहेको भाग्योदय माध्यमिक विद्यालयका अभिभावकले विद्यालयमै उपस्थित भएर दिवा खाजा बनाउने गरेका छन् ।   नेपाल सरकारले बाल सिकाइदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई निःशुल्क दिवा खाजा उपलब्ध गराएकाले अभिभावकले आलोपालो विद्यालयमा उपस्थित भएर खाजा बनाएर खुवाउने गरेका हुन् । विद्यालयमा...

भेरी अस्पतालमा भिरिङ्गी रोगसम्बन्धी अनुसन्धान सुरु

नेपालगन्ज, भेरी अस्पताल नेपालगन्जमा सिफलिस (भिरिङ्गी) रोगसम्बन्धी अनुसन्धान यहाँ सुरु गरिएको छ । किशोर तथा किशोरीमा देखिएको जोखिमपूर्ण यौन सम्बन्धका कारण सिफलिस देखिएकाले यसको आर्थिक तथा सामाजिक अध्ययन गर्न एकवर्षे वैज्ञानिक अध्ययन सुरु भएको भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट, छाला तथा यौन रोग विशेषज्ञ डा...

विश्वकपको ट्रफी नेपालमा ल्याइने

काठमाडौँ,  भारत र श्रीलङ्कामा संयुक्त रुपमा आयोजना हुने आइसिसी पुरुष टि–२० विश्वकप २०२६ को ट्रफी टुर कार्यक्रम नेपालमा पनि हुने भएको छ । आगामी आगामी फेब्रुअरी ७ तारिखदेखि सञ्चालन हुने विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी जनवरी ५ देखि ७ तारिखसम्म नेपालमा हुने तय भएको नेपाल...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९