
नवलपरासी । पश्चिम नवलपरासीको निजी विद्यालयहरूमा अध्यापनरत पूर्व प्राथमिक तहका शिक्षकहरुका लागि तालिम संचालन गरिएको छ । संस्थागत विद्यालयहरको संगठन जीसन नवलपरासीले आफ्ना सदस्य विद्यालयका पूर्व प्रा.वि तहका शिक्षकहरुलाई तालिम दिन लागेको हो । परासीमा बुधबार शुरु भएका उक्त तालिमको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख यादवले शिक्षा विकासको गतिलाई तीब्र बनाउन, शिक्षा प्रणालीलाई अर्थपूर्ण बनाउन शिक्षकको महत्वपूर्ण भूमिका रहन्छ । कुनै पनि राष्ट्रको विकासको आधार शिक्षा हो बताउदै तालिम भनेको व्यक्तिको ज्ञान, सीप अभिबृद्धि र व्यवहारमा परिवर्तन ल्याउने प्रविधि हो । तालिमले व्यक्तिको ज्ञानलाई विकास गर्छ र उसको अधुरो ज्ञानलाई पूर्ण बनाइदिन्छ भने बताउनुभयो ।
तालिममा सिकेको कुरा बालकेन्द्रीत विधिबाट शिक्षण सिकाई क्रियाकलाप गर्न आग्रह गर्नुभयो ।
जीसन नवलपरासीका अध्यक्ष डम्बर गुरुङले शिक्षा विधिमा एकरुपता ल्याई बालबालिकाको बहुआयामिक विकासका लागि पूर्व प्राथमिक तहका शिक्षकहरुलाई नयाँ र आधुनिक शिक्षण विधि थाहा हुन जरुरी रहेकोले तालिमको आयोजना गरिएको बताउनुभयो । बालबालिकाले पूर्व प्राथमिक तहमा सिकेको ज्ञानले जीवनलाई सहि बाटो तिर लाग्न प्रेरित गर्ने उहाँको जोड थियो ।
तालिममा रामग्राम, सुनवल नगरपालिका तथा पाल्हीनन्दन गाउँपालिकाका जीसनमा आबद्ध २० निजी विद्यालयका १०३ जना शिक्षकहरुको सहभागिता रहेको जीसनका सचिव यज्ञप्रसाद न्यौपानेले जानकारी दिनुभयो । दीपा खनाल र प्रतीक्षा पुलामीले तालिममा सहजीकरण गर्नुभएको छ । उद्घाटन समारोहमा जीसनका प्रमुख सल्लाहकार सन्तोष रौनियार,सल्लाहकार ईन्द्र गुरुङ,यमबहादुर थापा लगायतको पनि सहभागिता रहेको थियो ।