जेनजी आन्दोलनः ‘पसल पुगेर आउँछु’ भनेका निरज कहिल्यै फर्कनुभएन…

काठमाडौँ, पुरानो थातथलो बैतडीको दशरथचन्द–६ स्थायी ठेगाना भई एक दशकदेखि काठमाडौँ ग्राण्डी चोक बस्दै आउनुभएका निरज पन्तको जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते महाराजगञ्जमा गोली लागेर निधन भयो ।राजनीतिप्रति खासै चासो नराख्ने पन्त त्यस दिन घरबाट हात्तीगौडास्थित पसल जाने क्रममा महाराजगञ्ज चोकमा भएको आन्दोलनकारी र प्रहरीबीचको झडपमा गोली लागेर सहिद हुनुभयो । राजनीतिमा चासो नराख्ने भए पनि उहाँलाई त्यस दिन भएको आन्दोलनप्रति भने चासो लिनुभएको थियो । त्यसैले महाराजगञ्ज पुगेर आन्दोलनको भीडमा उहाँ मिसिनुभयो । भिडमा मिसिएका केही समयमै पन्तको छाती र पेटमा गोली लाग्यो । त्यसको क्षणभरमै उहाँको निधन भयो ।

 

 

त्यो दिनको स्मरण गर्दै श्रीमती कमला अवस्थी भन्नुहुन्छ, “खाना खाएपछि पसल पुगेर आउँछु भनेर घरबाट निस्कनुभएको थियो, उहाँ महाराजगञ्ज जानु होला भन्ने कल्पना नै थिएन, तर उहाँ फर्केर आउनुभएन, २४ घण्टासम्म अत्तोपत्तो भएन, उहाँको पर्स र मोबाइल अझै फेला परेको छैन ।”
त्यो घटना…

मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन, राजनीतिमा पुस्तान्तरण, सामाजिक सञ्जालमा गरिएको प्रतिबन्धको फुकुवाको माग गर्दै भदौ २३ गते काठमाडौँ नयाँ बानेश्वरमा उत्रिएका युवापुस्तामाथि गरिएको दमनको विरोधमा त्यो दिन देशभर नै आन्दोलन उत्कर्षमा थियो ।
धापासीका कीर्तिवल्भब पन्तका ५० वर्षीय जेठा छोरा निरजको हात्तीगौडामा पतन्जलीका उत्पादन बिक्री गर्ने पसल थियो । त्यो दिन निरज खाना खाएर पसल निस्कनुभयो ।
त्यति नै बेला महाराजगञ्ज चोकमा आन्दोलनकारी र सुरक्षाकर्मीबीच घम्साघम्सी चलिरहेकै थियो । आन्दोलनकारीले चौकीमाथि आक्रमण गर्नुका साथै केही प्रहरीलाई सडकमा ल्याएर कुटिरहेका थिए । त्यो घटनाले चोक रणमैदान जस्तै थियो ।
सहयोगी भावनाका निरजले लामो समयसम्म त्यस क्षेत्रमा पसल चलाएकाले धेरैजसो स्थानीयले चिन्थे । आन्दोलनलाई नजिकबाट नियाल्ने क्रममा पन्तले आफू चढेको मोटरसाइकल महाराजगञ्जस्थित ‘टिपटप’मा राख्नुभयो । अनि उहाँ महाराजगञ्ज चोक पुग्नुभयो । एक्कासी गोली चल्यो । उहाँलाई छाती र पेटमा दुई वटा गोली लाग्यो अनि त्यही ढल्नुभयो ।
गोली लागेपछि पन्तलाई मेट्रो अस्पताल पु¥याइएकामा त्यहाँबाट पनि सिधै त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा रिफर गरियो । महाराजगञ्ज अस्पताल पु¥याउनुअघि नै निरजको मृत्युको सिधैँ शव घरमा पठाइयो । उहाँसँगै गोली लागेर सोही स्थानमा चार जनाको ज्यान गरेको रहेछ ।
बाहिर आन्दोलन रहेको तथा घरबाट हिँडेका निरजले पसल पुगेको खबर नगरेपछि परिवारजनमा छटपटी भयो । उहाँको मोबाइलमा निरन्तर फोन  सम्पर्कका लागि कोसिस भए पनि सम्भव भएन । आफन्तहरुसँग सोधपुछ भए पनि कहीँकतै फेला परेन । घटना भएको भोलिपल्ट महाराजगञ्ज क्षेत्रमा सोधपुछ हुँदा चार जनालाई गोली लागेको परिवारले खबर पाए ।
त्यही आधारमा मेट्रो अस्पताल हुँदै टिचिङ अस्पतालमा पुगेर जानकारी लिइयो । टिचिङमा कार्यरत पन्त परिवारका आफन्तले शव घरमा गएर हेरेपछि निरजको महाराजगञ्ज घटनामा गोली लागेर निधन भएको यकिन भयो ।

 

शव गृहमा सेतो कपडाले बेरिएको शव देख्दा परिवारजन भक्कानिए अनि सन्नाटा छायो । परिवारजनले उहाँको मृत्यु भएको २४ घण्टापछि थाहा पाएका थिए ।
निरज महाराजगञ्ज घटनामा पर्दा उहाँका बुबा र आमा सीता महेन्द्रनगरमै हुनुहुन्थ्यो । निरजले त्यसदिन बिहान बुबाआमालाई अघिल्लो दिन बानेश्वरमा भएको प्रदर्शन र मानवीय क्षतिको घटनाबारे सुनाउनुभएको थियो ।
त्यसलगत्तै उहाँहरुले आन्दोलनमा नजान निरजलाई सुझाउनुभएको थियो । निरजका बुबा कीर्तिबल्लव भदौ २६ गते महेन्द्रनगरबाट काठमाडौँ आउनुभयो । छोराको शव बुझेर सोही दिन पशुपति आर्यघाटमा दाहसंस्कार गर्नुभयो  ।
बुबा कीर्तिबल्लवले सुने अनुसार छोरा निरजले महाराजगञ्ज चौकीमा  प्रहरीमाथि कुटपिट गरेको देखेपछि त्यसलाई रोक्न अघि बढ्नुभएको थियो रे । त्यसघटनामा परेपछि घरबाट पसल हिँडेका निरज न पसल पुग्नुभयो, न त घर नै फर्किए ।
निरजका पत्नी कमला भन्नुहुन्छ, “घरमा हामीबीच कुनै राजनीतिक कुराकानी हुँदैन थियो, साथीभाइसँग गर्नुहुन्थ्यो कि थाहा भएन । आन्दोलनका कुरा घरमा गर्नुभएन । कसरी त्यहाँ आन्दोलनमा जानुभयो र पर्नुभयो त्यो हामीलाई थाहा भएन ।”
निरजकी छोरी कानुन सङ्कायमा स्नातक तेस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ भने छोरो सूचना प्रविधिसम्बन्धी विषयमा अमेरिकाको टेक्सासमा अध्ययनरत हुनुहुन्छ ।
साइप्रसबाट होटल म्यानेजमेन्टमा स्नातक निरज योग गुरु र आयुर्वेदको जानकार हुनुहुन्थ्यो । सोही सन्दर्भमा निरजले पतञ्जलीको डिलर लिएर पसल चलाउनुभएको थियो । सुरुमा महाराजगञ्जमा चलाउनुभएको पसल भाडा महँगो भएपछि हात्तीगौडामा सार्नुभएको थियो ।
निरजका साथी रमेश पौडेलको पनि हात्तीगौडामा फेन्सी पसल सञ्चालनमा छ । रमेश भन्नहुन्छ, “हामी छ वर्षदेखि सँगै छौँ । उहाँको पतञ्जलीका उत्पादन बिक्री गर्नुहुन्थ्यो । उहाँको पसल नजिकै मेरो पनि पसल छ ।” उहाँका अनुसार निरज सबैलाई सहयोग गर्ने स्वभावको हुनुहुन्थ्यो ।
रमेशका अनुसार निरजको परम्परागत राजनीतिमा खासै चासो राख्नुहुन्थेन । “बुबा र आमाको कुरालाई बेवास्ता गरी निस्कनुभएछ, उहाँ त्यहाँ पुग्नु र गोली लाग्नु एकै समयजस्तै भयो । नसोचेको कुरा भयो । घटनाले आन्दोलनमा लागेजस्तै भयो”, उहाँले भन्नुभयो ।जेनजी आन्दोलनको बलमा गठित सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन घोषणा गरेको छ । निर्धारित मितिमै निर्वाचन सम्पन्न गराउन सरकारले राजनीतिक दल, जेनजी पुस्तासँग निरन्तर छलफल र संवादलाई अघि बढाइरहेको छ ।

 

जेनजी आन्दोलनमा ज्यान गुमाएकामध्ये ४५ जनालाई सरकारले जेनजी सुशासन योद्धा घोषणा गरेको छ । जेनजी सहिद परिवारलाई सरकारले राहतस्वरुप रु १५ लाख आर्थिक सहयोग गरेको छ । सहिद परिवारलाई रोजगारी र जीविकोपार्जनका लागि मासिक भत्ता दिने योजना अघि बढाएको छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९