जेनजी आन्दोलनः ‘पसल पुगेर आउँछु’ भनेका निरज कहिल्यै फर्कनुभएन…

काठमाडौँ, पुरानो थातथलो बैतडीको दशरथचन्द–६ स्थायी ठेगाना भई एक दशकदेखि काठमाडौँ ग्राण्डी चोक बस्दै आउनुभएका निरज पन्तको जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते महाराजगञ्जमा गोली लागेर निधन भयो ।राजनीतिप्रति खासै चासो नराख्ने पन्त त्यस दिन घरबाट हात्तीगौडास्थित पसल जाने क्रममा महाराजगञ्ज चोकमा भएको आन्दोलनकारी र प्रहरीबीचको झडपमा गोली लागेर सहिद हुनुभयो । राजनीतिमा चासो नराख्ने भए पनि उहाँलाई त्यस दिन भएको आन्दोलनप्रति भने चासो लिनुभएको थियो । त्यसैले महाराजगञ्ज पुगेर आन्दोलनको भीडमा उहाँ मिसिनुभयो । भिडमा मिसिएका केही समयमै पन्तको छाती र पेटमा गोली लाग्यो । त्यसको क्षणभरमै उहाँको निधन भयो ।

 

 

त्यो दिनको स्मरण गर्दै श्रीमती कमला अवस्थी भन्नुहुन्छ, “खाना खाएपछि पसल पुगेर आउँछु भनेर घरबाट निस्कनुभएको थियो, उहाँ महाराजगञ्ज जानु होला भन्ने कल्पना नै थिएन, तर उहाँ फर्केर आउनुभएन, २४ घण्टासम्म अत्तोपत्तो भएन, उहाँको पर्स र मोबाइल अझै फेला परेको छैन ।”
त्यो घटना…

मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन, राजनीतिमा पुस्तान्तरण, सामाजिक सञ्जालमा गरिएको प्रतिबन्धको फुकुवाको माग गर्दै भदौ २३ गते काठमाडौँ नयाँ बानेश्वरमा उत्रिएका युवापुस्तामाथि गरिएको दमनको विरोधमा त्यो दिन देशभर नै आन्दोलन उत्कर्षमा थियो ।
धापासीका कीर्तिवल्भब पन्तका ५० वर्षीय जेठा छोरा निरजको हात्तीगौडामा पतन्जलीका उत्पादन बिक्री गर्ने पसल थियो । त्यो दिन निरज खाना खाएर पसल निस्कनुभयो ।
त्यति नै बेला महाराजगञ्ज चोकमा आन्दोलनकारी र सुरक्षाकर्मीबीच घम्साघम्सी चलिरहेकै थियो । आन्दोलनकारीले चौकीमाथि आक्रमण गर्नुका साथै केही प्रहरीलाई सडकमा ल्याएर कुटिरहेका थिए । त्यो घटनाले चोक रणमैदान जस्तै थियो ।
सहयोगी भावनाका निरजले लामो समयसम्म त्यस क्षेत्रमा पसल चलाएकाले धेरैजसो स्थानीयले चिन्थे । आन्दोलनलाई नजिकबाट नियाल्ने क्रममा पन्तले आफू चढेको मोटरसाइकल महाराजगञ्जस्थित ‘टिपटप’मा राख्नुभयो । अनि उहाँ महाराजगञ्ज चोक पुग्नुभयो । एक्कासी गोली चल्यो । उहाँलाई छाती र पेटमा दुई वटा गोली लाग्यो अनि त्यही ढल्नुभयो ।
गोली लागेपछि पन्तलाई मेट्रो अस्पताल पु¥याइएकामा त्यहाँबाट पनि सिधै त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा रिफर गरियो । महाराजगञ्ज अस्पताल पु¥याउनुअघि नै निरजको मृत्युको सिधैँ शव घरमा पठाइयो । उहाँसँगै गोली लागेर सोही स्थानमा चार जनाको ज्यान गरेको रहेछ ।
बाहिर आन्दोलन रहेको तथा घरबाट हिँडेका निरजले पसल पुगेको खबर नगरेपछि परिवारजनमा छटपटी भयो । उहाँको मोबाइलमा निरन्तर फोन  सम्पर्कका लागि कोसिस भए पनि सम्भव भएन । आफन्तहरुसँग सोधपुछ भए पनि कहीँकतै फेला परेन । घटना भएको भोलिपल्ट महाराजगञ्ज क्षेत्रमा सोधपुछ हुँदा चार जनालाई गोली लागेको परिवारले खबर पाए ।
त्यही आधारमा मेट्रो अस्पताल हुँदै टिचिङ अस्पतालमा पुगेर जानकारी लिइयो । टिचिङमा कार्यरत पन्त परिवारका आफन्तले शव घरमा गएर हेरेपछि निरजको महाराजगञ्ज घटनामा गोली लागेर निधन भएको यकिन भयो ।

 

शव गृहमा सेतो कपडाले बेरिएको शव देख्दा परिवारजन भक्कानिए अनि सन्नाटा छायो । परिवारजनले उहाँको मृत्यु भएको २४ घण्टापछि थाहा पाएका थिए ।
निरज महाराजगञ्ज घटनामा पर्दा उहाँका बुबा र आमा सीता महेन्द्रनगरमै हुनुहुन्थ्यो । निरजले त्यसदिन बिहान बुबाआमालाई अघिल्लो दिन बानेश्वरमा भएको प्रदर्शन र मानवीय क्षतिको घटनाबारे सुनाउनुभएको थियो ।
त्यसलगत्तै उहाँहरुले आन्दोलनमा नजान निरजलाई सुझाउनुभएको थियो । निरजका बुबा कीर्तिबल्लव भदौ २६ गते महेन्द्रनगरबाट काठमाडौँ आउनुभयो । छोराको शव बुझेर सोही दिन पशुपति आर्यघाटमा दाहसंस्कार गर्नुभयो  ।
बुबा कीर्तिबल्लवले सुने अनुसार छोरा निरजले महाराजगञ्ज चौकीमा  प्रहरीमाथि कुटपिट गरेको देखेपछि त्यसलाई रोक्न अघि बढ्नुभएको थियो रे । त्यसघटनामा परेपछि घरबाट पसल हिँडेका निरज न पसल पुग्नुभयो, न त घर नै फर्किए ।
निरजका पत्नी कमला भन्नुहुन्छ, “घरमा हामीबीच कुनै राजनीतिक कुराकानी हुँदैन थियो, साथीभाइसँग गर्नुहुन्थ्यो कि थाहा भएन । आन्दोलनका कुरा घरमा गर्नुभएन । कसरी त्यहाँ आन्दोलनमा जानुभयो र पर्नुभयो त्यो हामीलाई थाहा भएन ।”
निरजकी छोरी कानुन सङ्कायमा स्नातक तेस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ भने छोरो सूचना प्रविधिसम्बन्धी विषयमा अमेरिकाको टेक्सासमा अध्ययनरत हुनुहुन्छ ।
साइप्रसबाट होटल म्यानेजमेन्टमा स्नातक निरज योग गुरु र आयुर्वेदको जानकार हुनुहुन्थ्यो । सोही सन्दर्भमा निरजले पतञ्जलीको डिलर लिएर पसल चलाउनुभएको थियो । सुरुमा महाराजगञ्जमा चलाउनुभएको पसल भाडा महँगो भएपछि हात्तीगौडामा सार्नुभएको थियो ।
निरजका साथी रमेश पौडेलको पनि हात्तीगौडामा फेन्सी पसल सञ्चालनमा छ । रमेश भन्नहुन्छ, “हामी छ वर्षदेखि सँगै छौँ । उहाँको पतञ्जलीका उत्पादन बिक्री गर्नुहुन्थ्यो । उहाँको पसल नजिकै मेरो पनि पसल छ ।” उहाँका अनुसार निरज सबैलाई सहयोग गर्ने स्वभावको हुनुहुन्थ्यो ।
रमेशका अनुसार निरजको परम्परागत राजनीतिमा खासै चासो राख्नुहुन्थेन । “बुबा र आमाको कुरालाई बेवास्ता गरी निस्कनुभएछ, उहाँ त्यहाँ पुग्नु र गोली लाग्नु एकै समयजस्तै भयो । नसोचेको कुरा भयो । घटनाले आन्दोलनमा लागेजस्तै भयो”, उहाँले भन्नुभयो ।जेनजी आन्दोलनको बलमा गठित सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन घोषणा गरेको छ । निर्धारित मितिमै निर्वाचन सम्पन्न गराउन सरकारले राजनीतिक दल, जेनजी पुस्तासँग निरन्तर छलफल र संवादलाई अघि बढाइरहेको छ ।

 

जेनजी आन्दोलनमा ज्यान गुमाएकामध्ये ४५ जनालाई सरकारले जेनजी सुशासन योद्धा घोषणा गरेको छ । जेनजी सहिद परिवारलाई सरकारले राहतस्वरुप रु १५ लाख आर्थिक सहयोग गरेको छ । सहिद परिवारलाई रोजगारी र जीविकोपार्जनका लागि मासिक भत्ता दिने योजना अघि बढाएको छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

रानीकुण्डा खानेपानी समितिको दोस्रो चुनावी साधारण सभा सम्पन्न, नयाँ समिति चयन केही दिनका लागि स्थगित

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ खैरेनीस्थित रानीकुण्डा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको दोस्रो चुनावी साधारण सभा सम्पन्न भएको छ।     समितिका अध्यक्ष टंकराज ओलीको सभापतित्वमा सुरु भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवर प्रमुख अतिथि रहनुभएको थियो भने गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरी (लालदिप)...

जिल्ला कारागारमा बाल सुधार केन्द्र स्थापना गरिने

त्रिशूली (नुवाकोट),  विदुर नगरपालिका–६ स्थित केन्द्रीय कारागारको रिक्त ब्लकमा बाल सुधार केन्द्र स्थापना गरिने भएको छ ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि तथा सरोकारावालाको अनुगमनपश्चात् बाल सुधार केन्द्र स्थापना गर्ने कार्य अघि बढाइएको हो । यही...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा तोकिएको छ ।   त्यसैगरी युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६९...

नयाँ वर्ष सन् २०२६ सुरु

काठमाडौँ,  ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा...

मन्त्रिपरिषद् बैठकः जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराइने

काठमाडौँ,  सरकारले जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने भएको छ ।आज बसेको मन्त्रिपरिषद्को बैठकले जेनजी सहिद परिवारका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो ।     बैठकले नेपाल सरकार...

रानीकुण्डा खानेपानी समितिको दोस्रो चुनावी साधारण सभा सम्पन्न, नयाँ समिति चयन केही दिनका लागि स्थगित

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ खैरेनीस्थित रानीकुण्डा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको दोस्रो चुनावी साधारण सभा सम्पन्न भएको छ।     समितिका अध्यक्ष टंकराज ओलीको सभापतित्वमा सुरु भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवर प्रमुख अतिथि रहनुभएको थियो भने गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरी (लालदिप)...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निर्वाचन ६८ दिन बाँकी: प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता

काठमाडौँ, आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको निर्धारण गरेको छ । आयोगले अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

रानीकुण्डा खानेपानी समितिको दोस्रो चुनावी साधारण सभा सम्पन्न, नयाँ समिति चयन केही दिनका लागि स्थगित

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ खैरेनीस्थित रानीकुण्डा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको दोस्रो चुनावी साधारण सभा सम्पन्न भएको छ।     समितिका अध्यक्ष टंकराज ओलीको सभापतित्वमा सुरु भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवर प्रमुख अतिथि रहनुभएको थियो भने गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरी (लालदिप)...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बालबालिकालाई न्यानो कपडा वितरण

गोरखा, गोरखाको बारपाक सुलिकोट गाउँपालिकाभित्रका ७०६ बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । विभिन्न सात विद्यालयमा अध्ययनरत बालबालिकालाई चिसोबाट जोगाउन जनालाई न्यानो कपडा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।     गाउँ वातावरण नेपालको सहयोगमा पालिकाभित्रका बालबालिकालाई ट्रयाकसुट, ट्राउजर तथा न्यानो टोपी वितरण गरिएको...

असी हजार पशुलाई खोरेतबिरुद्धको खोप

चितवन, चितवनमा ८० हजार पशु चौपायालाई खोरेतविरुद्धको खोप लगाइने भएको छ । यहाँ पालिएका पशु चौपायामा खोरेतको समस्या देखिएपछि खोरेतविरुद्धको खोप लगाउन लागिएको हो । पशु सेवा कार्यालय चितवनका प्रमुख डा प्रभात न्यौपानेका अनुसार कार्यालयमा उपलब्ध ८० हजार डोज खोप जिल्लाका सबै पालिकामा बितरण...

शेरबहादुर तथा सन्तोषकुमारी कप प्रतियोगिताको उपाधि डाँगीहाट भाउनेलाई

पथरी, डाँगीहाट फुटवल क्लब भाउन्नेले बेलबारी ११ मा जारी शेरबहादुर तथा सन्तोष कुमारी मेमोरियल कपको उपाधि चुमेको छ । डाँगीहाट फुटबल क्लब भाउन्ने आज भएको फाइनल खेलमा तालतलया ब्वाईज फुटबल क्लब इटहरीलाई १–० गोलले हराउँदै उपाधि चुमेको हो ।     डाँगीहाट फुटबल क्लब भाउन्नेका लागि एक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९