विचारः अरनिको नेपालका गहना

काठमाडौँ,  अरनिको नेपालको छवि विश्वभर उजिल्याउने र नेपाली मनमन्दिरमा विराजमान कहिल्यै ननिभ्ने बत्ती हुन् । यिनैको आरती र अर्चना गरी उनको व्यक्तित्व र योगदान विषयमा स्तुति गरी श्रद्धा गर्ने दिवस हो, अरनिको जयन्ती । यथार्थमा नै सबै नेपालीले श्राद्ध (श्रद्धापूर्वक गरिने कार्य) गर्ने पितृ (पुर्खा) तिनै महामानव हुन्, जसको सन्दर्भ नेपालको गौरवमय अतीतसँग प्रत्यक्ष रूपमा गासिएको छ । नेपाल र चीनमा समेत हरेक वर्ष पुस २३ गते विशेष महत्वका साथ अरनिको दिवस मनाइने परम्परा २०५८ सालबाट थालनी भएको हो ।

 

 

नेपाललाई तिब्बत, चीन, मङ्गोलिया, इन्डोनेसियासम्म चिनाउने अरनिको एक महान् चित्रकार, कलाकार, वास्तुकलाविद् थिए, जसको कलाकारिताबिना वास्तुकलाको इतिहास नै अधुरो र अपुरो रहन्छ । यस्ता महान् धर्तीपुत्रको कार्य र योगदान विषयमा प्रकाश पार्ने नेपाली वाङ्मयका श्रेष्ठ व्यक्तित्व सत्यमोहन जोशी र अन्वेषक मीनबहादुर शाक्यप्रति सम्मान र सराहना गर्न पनि कन्जुस्याइँ गर्नु हुँदैन । चिनियाँ स्रोतको अध्ययन, विश्लेषण र स्थलगत अवलोकनका आधारमा जोशीले र उनको चित्र अन्वेषण गर्ने शाक्यहरूले जागर नचलाएको भए अरनिको इतिहासकै गर्भमा हराउने थिए ।

 

 

नेपालको प्रसिद्धि तिब्बत र चीनमा पु¥याई ती देशहरूसँग घनिष्ठता गराउने नेपाली राजकुमारी भृकुटी विषयमा जस्तै यी महान् कलाकार अरनिको विषयमा नेपालमा ऐतिहासिक सामग्री किन मौन भए भन्ने प्रश्नको चित्तबुझ्दो जवाफ खोज्ने बेला आएको छ । चीनमा पुगेर प्रसिद्धि कमाउने अरनिकोका विषयमा चर्चा गर्दा नेपाल भोट चीन सम्बन्धको पूर्वसन्दर्भलाई पृथक राख्न सकिँदैन ।

 

 

नेपालको सम्बन्धमा उत्तरका मुलुक खासगरी भोट र चीनसँग घनिष्ठता ल्याउने सर्वाधिक महत्त्वपूर्ण भूमिका बौद्ध धर्मले निर्वाह गरेको सर्वविदित तथ्य हो । शान्तिभद्र, अनन्तश्री, जेत कर्ण, सुमन कीर्ति, शान्तिश्रीजस्ता बौद्ध धर्मका पण्डित नेपालबाटै भोट पुगेका थिए । यसैगरी पद्मसम्भव पनि नेपाल भएरै भोट पुगी मानसम्मान पाउन सफल भए ।

 

 

यसैगरी नेवारी पण्डित महान् ज्ञानी (स्थानीयले दिएको नाम ग्रेटमर्सी तर खास नाम अज्ञात)ले त भोटबाट फर्कदा एक हजार औँस सुन दक्षिणा नै पाएका थिए । सातौँ शताब्दीमा नै कुती र केरुङ मार्ग प्रचलनमा आएपछि चीनका भारत भ्रमण गर्ने तीर्थयात्री एवम् भिक्षुहरू नेपाल भएर नै जाने आउने गरेका दृष्टान्त पाइन्छन् । सोही शताब्दीमा नै नेपाली राजकुमारी भृकुटीले ल्हासामा झोकाङ मन्दिर निर्माण गराएकी थिइन् । उक्त मन्दिरको निर्माण नेपाली कालिगडहरूले गरेको अनुमान गरिएको छ । सोही समयदेखि नेपाली कालिगड, कलाकार, वास्तुकलाविद् जस्ता जनशक्तिको माग भोटमा हुने गरेको थियो । भोटमा रहेको प्रसिद्ध साक्या(स्याक्या) गुम्बाहरू बौद्ध धर्मालम्बीका लागि आकर्षणको केन्द्र थियो र नेपालका भिक्षु बाँडाहरूलाई उक्त गुम्बा गन्तव्यस्थल थियो ।

 

 

तेह्रौँ शताब्दीमा चीनलाई आफ्नो हातमा नचाउन सफल चङ्गेज खाँ समेत साक्या गुम्बा र सम्बन्धित धार्मिक मठबाट निकै प्रभावित भएका थिए । यिनै चङ्गेजका नाति कुब्लाई खाँ सर्वत्र दिग्विजय गरी शक्तिशाली बादशाह हुन पुगेका थिए । उनले साक्या गुम्बाका सङ्घनायक नाम गरेका व्यक्तिसँग बौद्ध धर्मदर्शनको दीक्षा लिए । यिनै कुब्लाई खाँको आदेशमा साक्या गुम्बाका प्रमुखले सोही स्थानमा सुवर्ण चैत्य निर्माण गर्न नेपालका राजालाई सयजना वास्तुकलाकार÷शिल्पकार पठाइदिन अनुरोध गरे । सोहीअनुसार नेपालका मल्ल राजा जयभीम मल्ल (अनन्त मल्ल) ले कालिगडको एक टोली भोट पठाइदिए । यस टोलीको नेतृत्व अरनिकोले गरेका थिए ।

 

 

अरनिकोले नेपालमा छँदा नै वास्तुकलाका विविध पक्षमा दक्षता हासिल गरिसकेका थिए भन्ने अनुमान हुन्छ । नेपालबाट जाने सबै कालिगडहरू नेवार समुदायकै बौद्धमार्गी भएको अनुमान गर्न सकिन्छ । यी नेपाली कलाकारहरू नेपालको कुन स्थानबाट कुन कुन सर्तमा केकसरी गए भन्ने कुनै ऐतिहासिक दस्तावेज उपलब्ध छैन । नेपाली कलाकारहरू अरनिकोको निर्देशनमा साक्या गुम्बाको सुवर्ण चैत्य निर्माण गरी सुनका मसीले कंग्युर र तंग्युरजस्ता बौद्धधर्म कृतिहरू उतार गरी शाक्यमुनि बुद्धको सुवर्ण मूर्ति, सुवर्ण चैत्य र अनेकौँ बौद्ध मूर्ति बनाएको चर्चा सत्यमोहन जोशीले गरेका छन्, यो समय सन् १२६० आसपासको थियो ।

 

 

अरनिकोको प्रतिभा, कार्यदक्षता तथा सीपबाट साक्या गुम्बाका सङ्घनायक पाहसपाले उनलाई कुब्लाई खाँको दरबार पेचिङ लिएर गए । अरनिकोका अतिरिक्त कतिजना कलाकार तिब्बत गएका थिए भन्ने कुराको तथ्य उपलब्ध छैन । सङ्घनायकद्वारा अरनिकोको प्रतिभा र अभूतपूर्व कलाकारिताको प्रशंसा सुनेका सम्राट कुब्लाई खाँ अरनिकोबाट प्रभावित भए । उनले बिग्रेर थन्किएको एउटा ढलोटको मूर्ति मर्मत गर्ने आदेश दिए ।

 

 

अरनिकोले तत्परताका साथ आफूलाई प्रदान गरिएको दायित्व पूरा गरी ढलोटको मूर्तिलाई मर्मत गरी आफ्नो सीप र दक्षताको परिचय दिए । यस कार्यबाट बादसाह प्रसन्न भई बेइजिङको श्वेत चैत्य महान्िर्माण गर्ने दायित्व प्रदान गरे । अरनिकोकै नेतृत्वमा सन् १२७१ मा कार्य प्रारम्भ गरी आठ वर्ष लगाएर सो योजना पूरा भयो। यसपछि अर्को आठ वर्ष लगाएर उक्त चैत्यको परिसरमा नै एक बौद्ध विहार निर्माण गरे । यसपछि अरनिकोले चीनका अन्य प्रान्तमा पनि बौद्ध मूर्ति एवं कलाकृतिबाट सजिएका बौद्ध विहार बनाएका थिए । उक्त समयसम्म अरनिकोले धेरै चिनियाँहरूलाई ढलोटकलामा दक्ष कालीगण बनाइसकेका थिए । कुब्लाई खाँले अरनिकोको कौशल र सीपको सम्मान गर्दै वास्तुकला प्रमुखमा नियुक्त गरे ।

 

 

उनले चिनियाँ युवतीसँग विवाह गरेर चिनको राजधानीमा घरजम गरी बस्न थाले । त्यहाँको सरकारी सेवामा कार्यरत रहँदाको अवस्थामा नै ६२–६३ वर्षको उमेरमा उनको देहान्त भयो । त्यस बेलासम्म उनका छोराहरू पनि बाबुको काँध थाप्न सक्ने हैसियतमा पुगिसकेका थिए । भनिन्छ, अरनिकोपश्चात् उनैका छोराहरू वास्तुकला विभागमा कार्यरत रहे ।

 

 

अरनिको केबल वास्तुकलाविद् मात्र थिएनन्, उनी त एक कुशल चित्रकार पनि थिए । उनले बनाएको कुब्लाई खाँको मुहारचित्र र साम्राज्ञीको छविचित्र ताइवानको ताइपे सङ्ग्रहालयमा सुरक्षित रहेको तथ्य मीनबहादुर शाक्यले पत्ता लगाई सोको छायाप्रति पनि उपलब्ध गराए । जुन नेपाल आर्ट काउन्सिल बबरमहल ग्यालरीमा सजाइएको छ । अरनिकोको मृत्युपश्चात् चिनियाँ सम्राटले उनलाई मरणोपरान्त प्रदान गरिने विशेष सम्मान ‘मिङ हुई’ सम्मानबाट श्रद्धाञ्जली दिएका थिए । आजसम्म चीनमा उनका कलाकृतिहरू देख्न सकिन्छ । बेइजिङमा उनको समाधिस्थलमा सन् १३११ मा खडा गरिएको कीर्तिस्तम्भ नै उनको जीवनी र कार्यका विषयमा जानकारी दिने एक भरपर्दो स्रोत हो ।

 

 

अरनिकोका विषयमा नेपाली स्रोत मौन रहँदा कतिपय प्रश्न हालसम्म अनुत्तरित नै छन् । सही उत्तर पाउन पनि मुस्किल नै होला । अरनिकोको खास नाम के थियो भन्ने विषयमा पनि अलमल छ, कसैले अनिको वा अरनिक भनेका छन त कसैले उनको नाम चिनियाँ भाषामा उच्चारण गर्दा अरनिको भएको चर्चा गरेका छन् । बाबुराम आचार्यले उनको नाम बलबाहु भएको जनाएका छन् । उनको जन्म कहिले भएको हो र सन् १२४४ मा भोट जाँदा उनी कति वर्षका थिए भन्ने पनि यकिन हुन सकेको छैन ।

 

 

चीनमा रहँदा अरनिकोले धेरै जनासँग विवाह गरेका थिए । उनले कति श्रीमतीलाई त पारपाचुके पनि दिएका थिए भन्ने कथन पनि छ । मृत्युकालीन समयमा उनका नेपाली श्रीमतीबाहेक दुई मङ्गोलियन र सात चिनियाँ श्रीमती रहेको उल्लेख पाइन्छ । उनले नेपालबाट श्रीमती लिएर भोट जान सम्भव देखिँदैन किनकि भोट जाने कसैले पनि श्रीमती लिएर गएको प्रमाण भेटिँदैन ।

 

 

उनका छोराछोरी चीनमै बसोबास गरेका र नेपालसँग कुनै सम्पर्क नभएको अनुमान हुन्छ । अरनिकोले देहत्याग गरेका थिए भन्नेसम्मका टिप्पणी पनि गरिएको पाइन्छ । उनी नेपालको कुन ठाउँबाट गएका हुन् भन्ने यकिन हुन सकेको छैन ललितपुरमा कालीगडी कलाकारहरूको बाहुल्य रहेकाले सोही ठाउँबाट उनी भोट गएको अनुमान बाबुराम आचार्यले गरेको हुनसक्छ । भोट तथा चीनमा प्रसिद्धि कमाएका नेपाली कलाकार अरनिकोका विषयमा नेपालम कुनै ऐतिहासिक प्रमाण नपाइनु साँच्चीकै खड्किने विषय हो । चिनियाँ स्रोतले प्रवाह गरेको सूचनाको आधारमा उनको योगदानको चर्चा गरिएको धेरैपछि मात्र नेपालमा अरनिकोको विषयमा चर्चा परिचर्चाहरू हुन थालेको हो ।

 

 

जे होस् अरनिकोलाई राष्ट्रिय विभूतिको सम्मान दिनु, उनकै नामबाट कोदारी राजमार्गको नामकरण हुनु, उनको नाममा हुलाक टिकट प्रकाशन हुनु तथा पाटनमा उनको पूर्णकदको सालिक निर्माण हुनु निश्चय नै इतिहासलाई सम्मान दिने कार्य हुन् । अरनिको नेपाल–चीन सम्बन्धलाई उचाइमा पु¥याउने धर्तीपुत्र हुनुका साथै चीनमा सबैभन्दा ठूलो सम्मान, पद र प्रतिष्ठा पाउने पहिलो नेपाली पनि हुन् । नेपालको वास्तुकला विश्वको रङ्गमञ्चमा फैलाउने कला सारथिका रूपमा प्रतिष्ठाप्राप्त व्यक्ति हुन् यस्ता महान् विभूतिको स्मृति जयन्ती मनाइरहँदा सबै नेपाली सम्मानित भएका छन् । चीनको पहिलो सांस्कृतिक दूत अरनिकोप्रति हार्दिक श्रद्धाञ्जलि !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९