गाउँमै पुगेर क्षयरोगी खोजी गर्दै गण्डकी सरकार

ढोरपाटन (बागलुङ),  गण्डकी प्रदेश सरकारले गाउँ–गाउँमै पुगेर क्षयरोगीको खोजी सुरु गरेको छ । गण्डकीका ११ जिल्लामा पुगेर प्रदेश सरकारले छातीको एक्सरेद्वारा क्षयरोगी खोजी सुरु गर्न थालेको हो । प्रादेशिक रोग नियन्त्रण केन्द्र गण्डकी प्रदेशबाट चिकित्सकसहितको प्राविधिक टोलिले गण्डकी प्रदेशका जिल्लाजिल्लामा पुगेर जाँच सुरु गरिसकेको छ ।

 

 

अघिल्लो वर्ष प्रदेशका ११ जिल्लाका विभिन्न क्षयरोगको उच्च जोखिम रहेको पालिकामा पुगेर ३२ हजारभन्दा बढी नागरिकको स्वास्थ्य जाँच गर्दा ४५२ जनामा क्षयरोगको सङ्क्रमण देखिएको थियो । यस वर्ष पनि बागलुङसँगै तनहुँ, गोरखा, लमजुङ, स्याङ्जा र नवलपुरका विभिन्न स्थानीय तहमा शिविरनै सञ्चालन गरिएको छ ।

 

शिविर अन्तर्गत शुक्रबार बागलुङको ढोरपाटन नगरपालिका–७, ८ र ९ का नागरिकको बोबाङ स्वास्थ्य चौकीमा स्वास्थ्य जाँच गरिएको छ । शिविरमा ३६५ जनाको जाँच गरिएको प्रादेशिक रोग नियन्त्रण केन्द्र गण्डकी प्रदेशका ल्याव टेक्निसियन तथा ‘एक्सरेद्वारा छातिरोगसम्बन्धी खोजपडताल शिविर’ कार्यक्रमका फोकल पर्सन राजेन्द्र रानाभाटले जानकारी दिनुभयो ।

 

रानाभाटका अनुसार १२ जनामा क्षयरोगको सङ्क्रमण देखिएको छ । सङ्क्रमितलाई औषधि सेवन गराउन सुरु गरेको रानाभाटले बताउनुभयो । जाँच गरिएकामध्ये ३२ जनामा सङ्क्रमणको लक्षण देखिएपछि थप जाँचका लागि खकार सङ्कलन गरिएको उहाँले बताउनुभयो ।

 

बिहीबार गलकोट नगरपालिकामा २२४ जनाको जाँच गर्दा तीन जनामा क्षयरोगको सङ्क्रमण देखिएको छ । ११ जना शङ्कास्पदको खकार परीक्षणका लागि सङ्कलन गरिएको रानाभाटले जानकारी दिनुभयो । स्वास्थ्यमन्त्री कृष्ण पाठकले नागरिकको स्वास्थ्य, स्वास्थ्य मन्त्रालय र प्रमुख प्राथमिकता भएको भन्दै नसर्ने रोगको निवारणका लागि गाउँगाउँमै शिविर सञ्चालन गरिएको बताउनुभयो । स्वास्थ्य मन्त्रालयले अघिल्लो आर्थिक वर्षदेखिनै यस कार्यक्रम सुरु गरेको र यस वर्ष पनि रु ४० लाख बजेट विनियोजन गरेको उहाँको भनाइ छ ।

 

स्वास्थ्यमन्त्री पाठकले भन्नुभयो, “नागरिकलाई स्वस्थ्य राख्नु पर्ने दायित्व सरकारको हो, अघिल्लो वर्षदेखिनै प्रदेश सरकारले क्षरोग न्यूनीकरणका लागि खोजपडताल अभियान चलाएको छ, यस वर्ष पनि उच्च जोखिम रहेको दूरदराजका गाउँमा शिविर चलाएर रोग पत्ता लगाउने काम भइरहेको छ ।”राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९