कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण

बेलायत,  “शरीरको कुनै अङ्गमा खोट हुँदैमा जीवन निरर्थक हुँदैन”, कृत्रिम खुट्टाको सहायतामा यही पुस २२ गते करिब माइनस २५ डिग्री चिसोमा अन्टार्टिकाको माउन्ट भिन्सन आरोहण गरेर फर्किनुभएका हरि बुढामगरले भन्नुभयो, “म फरक क्षमता भएका मानिसलाई आफ्नो क्षमता चिनेर हरेक दिन सपनाको सगरमाथा चढ्न प्रेरित गर्छु । मेहनत गरे सफलता पाइन्छ भन्ने उदाहरण म आफैँ छु ।”

 

समुद्री सतहदेखि चार हजार ८९२ मिटर अग्लो माउन्ट भिन्सनको सफल आरोहण गरेसँगै पूर्व गोर्खासमेत रहनुभएका हरि बुढामगरले विश्वको सातै महादेशका अग्ला चुचुराको आरोहण पुरा गर्नुभएको छ । ४६ वर्षअघि रोल्पाको दुर्गम गाउँ मिरुलमा जन्मिनुभएका हरि विश्व समुदायकै लागि एक साहसको पर्याय बन्नुभएको छ ।

 

रासससँग आफ्नो आरोहण अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “यो उपलब्धि प्राप्त गर्नु धेरै कठिन थियो । तीव्र हावा र कठ्याङ्ग्रिदो चिसोले मेरा औँला जमिरहेका थिए । मेरो अनुहारमा एक प्रकारको चिसोको जलन भइरहेको थियो । घरीघरी म आफैँ माथि शंका गर्थेँ । भगवानमा विश्वास नगर्ने म हामी सफल होऔँ भनेर मनमनै प्रार्थना गरिरहेको हुन्थेँ ।”

 

बुढामगरले तिव्र गतिको हावा र त्यो चिसोले आफूलाई उचाइमा पुग्नबाट रोक्न सक्दैन भन्ने आत्मविश्वासले कठिन चुनौती पुरा गर्न सफल भएको बताउनुभयो ।  युद्धमै मृत्यु जितेर पुनर्जीवन पाएको स्मरण गर्दै उहाँले हरेक काममा चुनौती हुने तर त्यसलाई पार गर्न आत्मविश्वास आवश्यक हुने बताउनुभयो । निरन्तर र अथक प्रयासले मात्र यो सम्भव भएको उहाँको बुझाइ छ । “यो एक अद्भुत अनुभूति हो । म बयान गर्नैै सक्दिन कि हामीले यो कसरी सम्भव तुल्यायौँ । तर, सातै महादेशका उच्च सात शिखर सफलतापूर्वक आरोहण गरेका छौँ । म धेरै भावुक छु । अपाङ्गता भएको व्यक्तिको रूपमा मैले यो असम्भव काम सम्पन्न गरेको छु”, उहाँले भन्नुभयो, “हिमालको पानी पिएको नेपालीले गरेको यो कामले नेपालको शीर उँचो बनाउने काममा केही योगदान पक्कै गर्छ भन्ने लागेको छ । मलाई यो कामका लागि हौसला र निरन्तर सहयोग गर्ने सबैलाई मनैदेखि धन्यवाद दिन चाहन्छु ।”

 

मगरले यसअघि १९ मे २०२३ मा सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर), ८ जनवरी २०२० मा अफ्रिकाको तान्जानियास्थित माउन्ट किलिमन्जारो (५,८९५), २८ जुन २०२४ मा उत्तर अमेरिकाको अलास्कास्थित डेनाली (६,१९०), २२ फेब्रुअरी २०२५ मा दक्षिण अमेरिकाको अर्जेन्टिनास्थित एकोनकागुआ (६,९६१) को सफल आरोहण गर्नुभएको थियो । त्यसैगरी उहाँले न्यु गिनीको पुन्चाकजयु (४,८८४), १३ अगस्ट २०१९ मा फ्रान्सको मोन्ट ब्ल्याङ्क (४,८०९ मिटर) को सफल आरोहण गर्नुभएको र  गत बुधबार अन्टार्टिकाको माउन्ट भिन्सनको सफल आरोहण गर्नुभएको हो । योसँगै उहाँले दुवै खुट्टाको घुँडामुनिको भाग गुमाएर पनि सातै महादेशका अग्लो चुचुरो आरोहण गर्ने नयाँ किर्तिमान बनाउनु भएको छ ।

 

सेभेन समिटको रूपमा रूसको माउन्ट एल्ब्रस (५६४२ मिटर) आरोहणसमेत समावेस गरिएको भएपनि यो अहिले पहुँच योग्य नभएका कारण उहाँले फ्रान्सको मोन्ट ब्ल्याङ्क आरोहण गर्नु भएको थियो । यसलाई गिनिज वल्र्ड रेकड्र्सले समेत मान्यता दिएको बताइएको छ । कृत्रिम खुट्टाको भरमा अन्टार्टिकाको माउन्ट भिन्सन चढेर नेपाली झण्डा फहराउनु भएका हरिले हरेक खतरा पार गरेपछि एक सुन्दर समय आउने उदाहरण विश्वसामु प्रस्तुत गर्नुभएको छ । माउन्ट भिन्सनमा पाइला टेक्दाको अनुभूति साट्दै उहाँले रासससँग भन्नुभयो, “आँखाले देखेजति क्षितिज सम्मै सबैतिर हिउँ नै हिउँ, यो चामत्कारिक र स्वर्गजस्तै लाग्थ्यो ।”

 

आफूलाई धेरै पटक यस्ता चुनौतीपूर्ण काम तपाईँ जस्ता व्यक्तिले गर्ने होइन भन्ने गरेको स्मरण गर्दै उहाँले भन्नुभयो, “तपाईंको शारीरिक अवस्थाकै कारण तपाईंलाई कसैले केही गर्न सक्दैन भन्छन् भने मलाई देखाउनुहोस÷हेर्नुहोस् ।” उहाँले आफ्नो यो सफलताले विश्वभर अपाङ्गता भएका व्यक्तिको जीवन  परिवर्तनका लागि सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो । सबै नेपाली आरोहण दलका सदस्य अविरल राई, मिङ्मा शेर्पा र जाङ्बु शेर्पासहितलाई साथमा लिएर उहाँले २४ घण्टानै उज्यालो रहने अन्टार्टिकाको युनियन ग्लेशियरबाट आधारशिविरतर्फ लाग्नु भएको थियो । उहाँको आरोहण दलले ६ जनवरी २०२६ राति १० बजे माउन्ट भिन्सनको शिखरमा पाइला टेकेको हो ।

 

रोल्पाको थवाङ गाउँपालिकास्थित मिरुल गाउँमा जन्मिनुभएका पूर्व गोर्खा सैनिक हरि बुढामगरले सन् २०१० मा अफगानिस्तानमा तालिवानसँगको युद्धमा पैदल गस्ती जाने क्रममा एक भूमिगत बम विस्फोटबाट दुबै खुट्टा गुमाउनु भएको थियो । १५ वर्षसम्म उहाँले ब्रुनाइ, कोसोभो, फकल्याण्ड र अन्य ठाउँमा काम गर्दै पाँच महादेशमा गोर्खा सैनिकको रूपमा काम गर्नुभएको थियो । तीन सन्तानका पिता हरि, हाल परिवारसहित बेलायत क्यान्टबरी केन्टमा बस्दै आउनु भएको छ ।

 

गतवर्ष बेलायतको प्रतिष्ठित ‘एमबीई’ अवार्ड प्राप्त गर्नु भएका उहाँ ‘प्राइड अफ ब्रिटेन बेलायत’ गौरव अर्वाडका विजेता समेत हुनुहुन्छ । दुबै खुट्टा गुमाएपछि चरम निराशा र मदिरा सेवनले आत्महत्याको प्रयास सम्म गर्नुभएका उहाँले ती दिन स्मरण गर्दै आफूलाई स्काइ डाइभिङको मौकाले जीवनमा नयाँ परिर्वतन ल्याएको बताउनुभयो ।

 

उहाँले विश्वको सर्वोच्च शिखर सरगमाथाको देशका मानिस उच्च साहस र दृढ विश्वासी छन् भन्ने सन्देश दिन सफल भएको सुनाउनुभयो । उहाँले आफ्नो सफलता अपाङ्गता भएका समुदायलाई समर्पित गरेको बताउनुभयो । आफ्नो सफलताको खुसी बाँड्न उहाँ माघ १ गते काठमाडौँ ओर्लँदै हुनुहुन्छ । त्यसपछि बेलायत फर्केर बेलायतका प्रधानमन्त्रीलाई भेट्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । रामनाथ घिमिरे /रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ढिक्री बनाउन व्यस्त थारू समुदाय

तुलसीपुर (दाङ), दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरीलाई अहिले ढिक्री बनाउने चटारो छ । माघी नजिकिएसँगै उहाँ अहिले ढिक्री बनाउनमा नै व्यस्त हुनुहुन्छ । त्यस्तै तुलसीपुर १० बनकाउकी विझौनी थारूलाई पनि अहिले ढिक्री बनाउन भ्याइनभ्याइ छ । उहाँहरू मात्रै होइन, माघी नजिकिएसँगै अहिले थारू...

प्रतिनिधि सभा निर्वाचन ५२ दिन बाँकी : आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज अपरान्ह ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन् । निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा...

सुदूरपश्चिममा दूधको उपलब्धता बढ्दै

सुदूरपश्चिम,  सुदूरपश्चिम प्रदेशमा दूधको उपलब्धता बढेर प्रतिव्यक्ति वार्षिक १२० देखि १३० लिटरसम्म पुगेको छ । दूध उत्पादनमा व्यवसायीकरण भएसँगै यसको उपलब्धता बढेको हो । करिब डेढ दशक अघिसम्म दूधको उपलब्धता योभन्दा कम थियो ।   भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शङ्कर साहले भन्नुभयो, “पहिले...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

हिलोमा भासिएको चित्तलको उद्धार

झापा,  यहाँको दमक नगरपालिका–२ स्थित हिलोको दलदलमा भासिएको अवस्थामा फेला परेको एउटा पोथी चित्तलको आइतबार उद्धार गरिएको छ । स्थानीय काली मन्दिर पछाडि ध्रुव गुरागाईंको खेतको हिलोमा भासिएर हिँडडुल गर्न नसक्ने अवस्थामा उक्त चित्तल स्थानीयबासीले फेला पारेका थिए । सब डिभिजन वन कार्यालय र...

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन

दमौली (तनहुँ),  तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको बसको अवशेष आइतबार भेटिएपछि उत्खनन गरिएको थियो ।   नेपाल प्रहरी र सशस्त्र प्रहरीले आइतबार दिनभर बसको उत्खनन गरेका थिए...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

गण्डकीमा मातृ स्वास्थ्यमा सुधार

गण्डकी,  नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणको पछिल्लो प्रतिवेदनअनुसार गण्डकी प्रदेशमा संस्थागत प्रसूतिदर ८९ प्रतिशत छ । जुन राष्ट्रिय औसत ७९ प्रतिशतभन्दा बढी हो । सरकारले सन् २०३० सम्ममा संस्थागत प्रसूतिको दर ९० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । यसअनुसार गण्डकी प्रदेश उक्त लक्ष्यको नजिक रहेको...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिलोमा भासिएको चित्तलको उद्धार

झापा,  यहाँको दमक नगरपालिका–२ स्थित हिलोको दलदलमा भासिएको अवस्थामा फेला परेको एउटा पोथी चित्तलको आइतबार उद्धार गरिएको छ । स्थानीय काली मन्दिर पछाडि ध्रुव गुरागाईंको खेतको हिलोमा भासिएर हिँडडुल गर्न नसक्ने अवस्थामा उक्त चित्तल स्थानीयबासीले फेला पारेका थिए । सब डिभिजन वन कार्यालय र...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

म्याग्दीका गौतमलाई अन्तरिक्ष विज्ञानमा विद्यावारिधी

म्याग्दी,  म्याग्दीको मालिका गाउँपालिका-६ दरवाङका सुजन गौतमले अमेरिकाको ‘अलाबाबा’ राज्यमा रहेको ‘युनिभर्सिटी अफ अलाबामा इन हन्ट्सभिल’ बाट अन्तरिक्ष विज्ञान विषयमा विद्यावारिधि उपाधि हासिल गर्नुभएको छ । गौतमले पृथ्वीनजिक हुने सौर्यवायुको चक्र र अन्तरग्रहीय झट्काको प्रभाव शिर्षकमा अनुसन्धान गरी विद्यावारिधी हासिल गर्नुभएको हो ।   उहाँको अनुसन्धान...

गल्याङ नगर अस्पतालमा आयुर्वेद चिकित्सा सेवा

वालिङ (स्याङ्जा), यहाँको गल्याङ नगर अस्पतालमा आयुर्वेद चिकित्सा सेवा  सुरु गरिएको छ । नागरिकलाई शारीरिक, मानसिक र आध्यात्मिकरुपमा स्वस्थ एवम् सबल बनाउन नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएसँगै आयुर्वेद चिकित्सा सेवा पनि सुरु गरिएको हो ।     ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने नारालाई आत्मसात गर्दै आयुर्वेद...

प्रधानमन्त्री कप क्रिकेटको जिल्लास्तरीय छनोट सञ्चालन गर्न निर्देशन

बैतडी,  प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटको सुदूरपश्चिम प्रदेशको जिल्लास्तरीय छनोट प्रतियोगिता सञ्चालन गर्न निर्देशन दिइएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टका अनुसार जिल्ला छनोट प्रतियोगिता आज देखि आगामी माघ ११ गतेसम्म सम्पन्न गर्न सबै जिल्लाहरूलाई निर्देशन दिइएको हो । जिल्ला छनोट...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९