गोलभेँडाले उचित मूल्यपाएपछि सर्लाहीका किसान उत्साहित

बरहथवा (सर्लाही),  गोलभेँडाको बजार मूल्य राम्रो भएपछि यसपटक सर्लाहीका किसान निकै उत्साहित बनेका छन् । गोलभेँडाको सहरका रूपमा परिचय बनाएको यहाँको हरिवन, लालबन्दी, ईश्वरपुर, बागमतीलगायत स्थानका किसानलाई यतिबेला गोलभेँडा टिप्ने र बजार लैजाने चटारो छ ।

 

 

हरिवन नगरपालिका–१ भोक्टेनीका किसान रामबहादुर महतोले गोलभेँडाबाट यसपटक नसोचेको मूल्य पाएको बताउनुभयो । उहाँको अनुहारमा यसपटक युद्ध जितेको सिपाहीको जस्तै सन्तुष्टि देखिएको छ । महतोले यस वर्ष तीन बिघा खेतमा गोलभेँडा रोप्नुभएको थियो । “१२ कट्ठाको गोलभेँडा सिजनको सुरु असोजबाटै निस्कन सुरु भयो”, उहाँले भन्नुभयो, “अहिलेसम्म पनि बेचिरहेको छु ।” यस वर्ष गोलभेँडा क्रेटको रु एक हजार ७०० देखि दुई हजार ७०० सम्ममा बेचेको उहाँले सुनाउनुभयो । अहिलेसम्म १२ कट्ठा खेतबाट महतोले रु आठ लाख बढीको गोलभेँडा बिक्री गरिसक्नुभएको छ ।

 

अझै एक डेढ लाखको बिक्री हुने उहाँको अनुमान छ । विगत २० वर्षदेखि गोलभेँडाखेती गर्दै आउनुभएका उहाँले गत वर्ष भने गोलभेँडामा लगानीसमेत डुबेको बताउनुभयो । अरुको जग्गा भाडामा लिएर लगाएको पाँच बिघा गोलभेँडा टिप्ने पैसासमेत नआएपछि खेतमै ट्र्याक्टर लगाएको उहाँको भनाइ छ । त्यसको डरले यस वर्ष उहाँले खेती घटाएर तीन बिघामा मात्र गोलभेँडा लगाउनुभएको रहेछ ।

 

 

यस वर्षजस्तो गोलभेँडाको भाउ उहाँलाई थाहा भएअनुसार कहिले पाएको थिएन । यस वर्ष गोलभेँडाले पाएको मूल्य ऐतिहासिक रहेको किसानको भनाइ छ । गत वर्ष गोलभेँडाखेतीबाट लागेको झण्डै रु १० लाख ऋण यस वर्षको आम्दानीले लगभग तिरेको उहाँले सुनाउनुभयो । “धेरै ऋण तिरिसकेँ, अब थोरै बाँकी छ । अझै गोलभेँडा बेच्न बाँकी छ । यस वर्ष ऋण पूरै तिरिन्छ होला”, महतोले भन्नुभयो ।

 

 

गत वर्ष गोलभेँडाको मूल्य नपाएपछि खेतीबाट पछि हटेका धेरै किसान यतिबेला निकै पछुतो मानिरहेका छन्भने गत सिजनको घाटा बिर्सिएर गोलभेँडा रोप्ने अधिकांश किसान निकै खुसी छन् । गत वर्ष सुरुमा निकालेको बाहेक गोलभेँडाले मूल्य नपाउँदा धेरै किसानले गोलभेँडा खेतमै जोत्नुपरेको थियो । त्यही डरले यसपटक धेरै किसानले गोलभेँडा रोप्ने आँट गरेनन् ।

 

 

जसले गर्दा बजारमा गोलभेँडाको मागअनुसार उत्पादन नभएको स्थानीय व्यापारी विनोद खड्का बताउनुहुन्छ । उहाँका अनुसार यस वर्ष परेको बेमौसमी वर्षा र गत वर्ष मूल्यमा आएको गिरावटका कारण मूल्यवृद्धिमा सहयोग पुगेको हो । “बेमौसमी वर्षाले नेपाल र भारत दुवैतर्फ गोलभेँडाखेतीमा क्षति पुगेको छ । त्यसले गर्दा बजारमा आपूर्ति कम र माग बढी भएपछि मूल्य बढ्नु सामान्य नियम हो”, उहाँले भन्नुभयो ।

 

यस वर्ष गोलभेँडाले राम्रो मूल्य पाउनु दोस्रो कारण भारतीय गोलभेँडा नेपाली बजार भित्रिन नपाउनु पनि रहेको व्यवसायीको भनाइ छ । विगत वर्षहरूमा यसबेला नेपाली बजारमा भारतीय गोलभेँडा छ्यापछ्याप्ती हुने गरेको थियो । तर, यस वर्ष वर्षात्का कारण खेतीमै क्षति पुगेपछि उतै मागअनुसारको आपूर्ति छैन । त्यसले गर्दा भारतमै गोलभेँडा महँगो भएको व्यवसायी खड्काको भनाइ छ ।

 

 

यस घटनाले नेपालको उत्पादनले उपयुक्त मूल्य पाउन भारतीय उत्पादन खुला रूपमा नेपाल भित्रिने परिपाटी बन्द हुनुपर्ने स्पष्ट भएको धेरै किसानको धारणा छ । गोलभेँडामात्र नभई यस क्षेत्रमा उत्पादन भएका हरेक हरियो तरकारीले समेत यस वर्ष ऐतिहासिक मूल्य पाएको छ । यस वर्ष भान्टा प्रतिकट्ठा रु एक लाख बढीको बिक्री गरेको स्थानीय किसान धनबहादुर तामाङले सुनाउनुभयो ।

 

“पाँच कट्ठामा लगाएको भान्टा अहिलेसम्म रु पाँच लाख ३३ हजारको बेचिसकेँ”, उहाँले भन्नुभयो । भान्टा निस्किन सुरु भएदेखि अहिलेसम्म तामाङले रु ७० देखि १२० प्रतिकेजी मूल्य पाइरहनुभएको छ । भान्टाको मूल्य पनि यसपटक निकै लामो समय एकैनास रहेको थियो । सँगै लगाएका छिमेकीको भान्टाको बोट बेमौसमी वर्षाले मरेको तर, आफूले निकै मिहिनेत गरेर जोगाएको बोटबाट राम्रो उत्पादन भएको उहाँको भनाइ छ ।

 

हरिवन नगरपालिका–२ का किसान गिरिराज खरेलका अनुसार विगतमा पनि गोलभेँडाको मूल्य सुरुमा राम्रो रहने गरेको थियो । सिजनको सुरुमा चार हजार क्रेटसम्म किसानले लिने गरेका उहाँको अनुभव छ । तर, हप्ता दिन नबित्दै चार सय क्रेटमा झर्ने गरेको थियो । “सिजनको तेस्रो हप्ताबाट मुस्किलले रु तीन सयदेखि चार सय प्रतिक्रेट किसानले पाउने गरेका थिए । तर, यसपटक त्यसो भएन”, उहाँले भन्नुभयो ।

 

 

यसपटक किसानले चार महिनासम्म एकैनासको मूल्यमा गोलभेँडा बेच्न पाएका छन् । अझै केही समय गोलभेँडाको मूल्य यस्तै रहने उहाँको अनुमान छ । आफूले विगत २९ वर्षदेखि गोलभेँडाखेती गर्दै आएको बताउने खरेलले यतिको राम्रो मूल्य अहिलेसम्म आफूलाई थाहा नभएको बताउनुभयो । गत वर्ष ऋणमा डुबेका गोलभेँडा किसानले यस सिजन खेतबारी जोड्ने हैसियत बनाएका उहाँको दाबी छ । सिजनको सुरुमा र अन्तिममा दुईपटक भाउ पाउँदै आएको गोलभेँडाका लागि यस सिजन स्वर्ण वर्षका रूपमा र आएको उहाँले सुनाउनुभयो ।

 

 

हरिवन नगरपालिका–१ का जितेन्द्र महतोले पनि गत वर्ष गोलभेँडा खेतीबाट ऋण बोक्नुपरेको थियो । तर यस वर्ष सबै ऋण तिर्ने उहाँको योजना छ । तीन बिघा खेतमा गोलभेँडा लगाउनुभएका उहाँले रु सात लाखबराबरको गोलभेँडा बजार पुर्याइसक्नुभएको छ । गोलभेँडाको मूल्य स्थिर रहने मेसो पाएपछि उहाँले अन्य किसानको गोलभेँडा खेतसमेत हुण्डामा किनेर गोलभेँडा बजार पुर्याइरहेको बताउनुभयो ।

 

 

जिल्लाको उत्तरी क्षेत्र सिँचाइको हिसाबले असुविधा भएका कारण यहाँका किसान तरकारीखेतीमा निर्भर छन् । यहाँ सिँचाइको एकमात्र विकल्प डिपबोरिङ हो । त्यसैले कम सिँचाइले हुने खेती गोलभेँडा, परवल, बोडी, सिमी, काक्रो, करेला, काउली, भान्टा, बन्दा, भिण्डी, खोर्सानीलगायत हरिया तरकारी यहाँ धेरै मात्रामा उत्पादन हुने गरेको छभने यहाँ उत्पादित तरकारी हरेक दिन लालबन्दीस्थित कृषि थोक बजारमा सङ्कलन गरेर व्यापारीले देशका प्रमुख सहरसम्म पुर्याउने गरेका छन् ।

 

 

काठमाडौँ, हेटौँडा, विराटनगर, वीरगन्ज, बुटवललगायत सहरबाट व्यापारी तरकारी लिन सर्लाहीको लालबन्दीसम्म आइपुग्ने गरेका कृषि थोक बजार लालबन्दीका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले जानकारी दिनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९