कमलामाई (सिन्धुली), सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ माथिल्लो बजारस्थित चेकपोष्टमा स्रोत नखुलेको अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् ।खुर्कोटस्थित इलाका प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट इलामतर्फ गइरहेको बा१६च ८०४८ नम्बरको टाटा सुमोबाट झापाको मेचीनगर नगरपालिका–३ का ३४ वर्षीय युवराज नेवारबाट ५७ हजार अमेरिकी डलर फेला परेको हो । निजलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।राष्ट्रिय समाचार समिति (रासस)





















































































































































