‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे (तनहुँ), पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा अचेल आरोहण गर्नेहरुको चहलपहल देखिन्छ । हिउँद याममा यहाँ उल्लेख्य मात्रामा चट्टान आरोहण गर्न आउने गरेका छन् । हिमाल आरोहणमा जानुभन्दा अघि आरोहीले चुनपहरा चट्टान आरोहण गर्ने गरेका छन् । त्यसैले पछिल्लो समय चुनपहरा चट्टान प्रशिक्षण केन्द्र बनेको छ ।

 

पर्वतीय पथ प्रदर्शक उत्पादन गर्ने उद्देश्यले विभिन्न सङ्घसंस्थाबाट तालिम लिइरहेका प्रशिक्षार्थीलाई चट्टान आरोहण प्रशिक्षण दिने स्थल बनेको छ । चुनपहरा पथ प्रदर्शक मात्रै नभई नेपाल प्रहरीका जोखिम उद्धार टोली उत्पादनका लागि प्रशिक्षण लिने स्थल बनेको छ । नेपाल पर्वतीय पदयात्राका निम्ति उपयुक्त स्थान मानिन्छ । यहाँ आउने विदेशी पर्यटकलाई आकर्षित गर्न तथा दक्ष पर्वतीय पथ प्रदर्शक उत्पादन गर्ने लक्ष्य रहेको सिद्ध गुफा संरक्षण समितिका संस्थापक अध्यक्ष लालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
“यहाँ विदेशी तथा स्वदेशी साहसिक खेलाडी समय समयमा चट्टान आरोहणका लागि आउने गरेका छन् । कम्पनीले दक्ष तथा अनुभवी पथ प्रदर्शक उत्पादन गरिरहेका छन् भने नेपाल प्रहरीको जोखिम उद्धारका लागि  तालिम केन्द्र बनेको छ”, श्रेष्ठले भन्नुभयो, “विगतमा सडक विस्तारको क्रममा पहरा कटान गर्ने योजना थियो, पछि हामीले साहसिक खेलको प्रशिक्षण केन्द्र बनायौँ ।” साहसिक खेलका रुपमा रहेको रक क्लाइम्बिङको विकास गर्दै यसलाई आयआर्जनसँग जोड्न आवश्यक रहेको उहाँको भनाइ छ ।
यहाँ आउने विदेशी पर्यटकलाई राष्ट्रियस्तरको प्रमाण प्राप्त दक्ष पर्वतीय पथ प्रदर्शक उत्पादन गर्ने लक्ष्यका साथ पर्वतीय पथ प्रदर्शक प्रशिक्षण भइरहेको नेपाल पर्वतारोहण प्रशिक्षक सङ्घ गैरीधारा काठमाडौँले जनाएको छ । यो एक हप्ताका लागि सञ्चालन हुनेछ । नेपाल पर्वतारोहण प्रशिक्षक सङ्घका महासचिव पासाङ टेण्डी शेर्पाले १७औँ चरणको तालिम यहाँ सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

 

 

“यो साहसिक खेल नेपालको मात्रै नभएर विश्वमा नै प्रसिद्ध छ । यो प्रशिक्षण र सिकाई फिजियोथेरापीसँग पनि सम्बन्धित छ”, उहाँले भन्नुभयो, “चट्टानको प्राकृतिक जडान सुरक्षित र सजिलो छ ।”
महासचिव शेर्पाले नेपालमा चट्टान आरोहण विकासका क्रममा रहेको र चट्टान आरोहणले मानसिक रुपमा पनि तन्दुरुस्त बनाउन सहयोग गर्नेे बताउनुभयो । यस स्थानको संरक्षण र प्रवद्र्धन आवश्यक रहेको उहाँको भनाइ छ । नेपाल साहसिक पदयात्रा गर्ने क्षेत्रको रुपमा मानिएको छ भने पर्वतारोहणमा सहज बनाउन प्रशिक्षकको मागअनुसार उपलब्ध गराउन पथ प्रदर्शक उत्पादन गरिरहेको सङ्घले जनाएको छ ।
सङ्घका सिनियर प्रशिक्षक लाक्पा राङ्कु शेर्पाले प्रशिक्षणका लागि सीमित क्षेत्र भएकाले सिमित प्रशिक्षार्थीलाई मात्रै प्रशिक्षण दिइरहेको बताउनुभयो । साहसिक खेलमध्येको चट्टान आरोहणपछि आइस क्लाम्बिङ गराएर मात्रै तालिम प्राप्त पथ प्रदर्शक भएको प्रमाणपत्र दिने गरिन्छ ।

 

सङ्घले यस पटक एक महिला र ४३ पुरुष गरी ४४ जनालाई प्रशिक्षण दिइरहेको महासचिव शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “शरीरको सहनशीलतालाई विकास गर्न यहाँको हावापानी उपयुक्त रहेकाले प्रशिक्षण गराउन ल्याउने गरेका छौँ । यसपछि आइस क्लाम्बिङ गराएर मात्रै तालिम प्राप्त पथ प्रदर्शकको प्रमाणपत्र दिने गरिन्छ ।”
“पथ प्रदर्शकले मौसमको आभास गर्नुपर्ने हुन्छ, त्यसका लागि सिद्धगुफाको चट्टान उपयुक्त छ”, प्रशिक्षक शेर्पाले भन्नुभयो, “दक्ष पथ प्रदर्शक उत्पादनका लागि उनीहरुले मौसमको अनुभव गर्नुपर्ने हुन्छ । कहिले चिसो त कहिले तातो मौसमको सामना गर्न सक्ने गरी तालिम दिन्छौँ यहाँको मौसमका साथै ठाउँ पनि उपयुक्त छ ।”

 

विदेशबाट नेपालका हिमाल आरोहण गर्न आउने गर्छन् । उनीहरुलाई सहज र सुरक्षित रुपमा हिमाल आरोहण गराउने गरी कम्पनीले दक्ष पथ प्रदर्शक उत्पादन गरिरहेको छ । माउन्टेन गाइडका लागि चट्टान आरोहण प्रशिक्षण भएको र यसका साथै आइस क्लाइम्बिङ (पहिलो चरण) को तालिम प्रदान गरिसकिएको छ ।
प्रशिक्षण केन्द्र बनेको विमलनगर चुनपहरा ओझेलमा परेको छ । चट्टान, ग्लेसियर, पिक क्लाइम्बिङ गर्न दक्ष भएपछि मात्रै पूर्ण रुपमा अभ्यास सकिएपछि दक्ष पथ प्रदर्शकको प्रमाणपत्र प्रदान गरी काम गर्नसक्ने हुन्छ । प्रशिक्षक लाक्मी शेर्पा चट्टान आरोहणको प्रशिक्षणतर्फ महिला पनि आकर्षित भइरहेका बताउनुभयो । जोखिम तथा साहसिक खेलमा महिलाको आकर्षण बढ्दो छ ।  देशैभर दक्ष तथा अनुभवी महिला पथ प्रदर्शक सङ्ख्यात्मक रुपमा कम रहेकाले म पनि गर्न सक्छु भनेर यस क्षेत्रमा लागिरहेका प्रशिक्षक शेर्पाले बताउनुभयो । साहसिक काम गर्दा अन्य महिलालाई पनि प्रोत्साहन गर्न जरुरी रहेको उहाँको भनाइ छ ।
सिद्धगुफाको संरक्षण गर्नुका साथै आरोहण गर्न चट्टान पनि सुरक्षित तवरबाट जोडिएका छन् । प्रचारप्रसार तथा प्रवद्र्धनमा भने उल्लेख्य काम हुन नसकेको स्थानीयको गुनासो छ । पृथ्वी राजमार्गसँगै जोडिएको यस ठाउँमा देशका विभिन्न तथा विदेशबाट समेत पर्यटक चट्टान आरोहणका लागि आउने गर्दछन् । विसं २०६४ मा नेपालका अन्तरराष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक र स्थानीयवासी मिलेर सो क्षेत्रको सुरुआती अन्वेषण गरेपछि क्रमबद्ध रुपमा यससँग सम्बन्धित सङ्घसंस्था तथा निकायले चट्टान आरोहणको गतिविधि बढ्दै गएको छ ।

 

पथ प्रदर्शक मात्रै नभएर हिमाल आरोहणका लागि पनि पहिलो खुड्किलाको रुपमा प्रशिक्षण लिन यहाँ आउने गर्दछन् । केही दिनको चट्टान आरोहणपश्चात् हिमाल आरोहणमा जाने गरेका छन् । यहाँ चट्टान आरोहणको गतिविधि विस्तारै बढ्दै गएको छ । यस क्षेत्रमा साहसिक पर्यटन प्रवद्र्धन गर्नका निम्ति तीनै तहका सरकारका साथै पर्यटन बोर्ड र खेलकुदसँग सम्बन्धित क्षेत्रको ध्यानाकर्षण हुनसकेमा अझ राम्रो हुने देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

विश्व शान्तिका लागि बुद्धका शिक्षालाई व्यवहारमा उतार्न नेपालको आग्रह

काठमाडौँ, नेपालले विश्व शान्तिका लागि बुद्धका शिक्षालाई व्यवहारमा उतार्न आग्रह गर्दै त्यसले विश्वलाई शान्ति र सहकार्यको मार्ग देखाएको बताएको छ ।बुद्धजयन्तीका अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई विश्व शान्तिको प्रतीकका...

कर्णाली प्रदेशको विद्युत् आपूर्ति सहज बनाउन पहल

काठमाडौँ,  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कर्णाली प्रदेशको विद्युत् आपूर्ति सहज बनाउन पहल सुरु गरेको छ । कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइनअन्तर्गत बाँकेको चिसापानी क्षेत्रमा रहेका दुईवटा १३२ केभी क्षमताका टावर ढलेपछि कर्णाली प्रदेशको विद्युत् आपूर्ति प्रभावित बनेको थियो ।   ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकेजी रु ९०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६५, गोलभेँडा...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुलको एसईई नतिजा उत्कृष्ट, ३ जनाले ल्याए ए प्लस

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–१ बौनियामा रहेको द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुल ले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयबाट सहभागी विद्यार्थीमध्ये ३ जना विद्यार्थीले ए प्लस (A+) ग्रेड प्राप्त गरेका छन् भने अन्य विद्यार्थीहरूले पनि उत्कृष्ट GPA ल्याएका छन्।   विद्यालयका अनुसार...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुलको एसईई नतिजा उत्कृष्ट, ३ जनाले ल्याए ए प्लस

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–१ बौनियामा रहेको द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुल ले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयबाट सहभागी विद्यार्थीमध्ये ३ जना विद्यार्थीले ए प्लस (A+) ग्रेड प्राप्त गरेका छन् भने अन्य विद्यार्थीहरूले पनि उत्कृष्ट GPA ल्याएका छन्।   विद्यालयका अनुसार...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

एक करोड ८४ लाखमा बनाइयो विद्यालय भवन

ताप्लेजुङ,  यहाँको मैवाखोला गाउँपालिका–२ तेम्बेस्थित मैवाखोला माध्यमिक विद्यालयको आठ कोठे विद्यालय भवन निर्माण भएको छ ।मैवाखोला गाउँपालिकाका इन्जिनियर उमेश भट्टराईका अनुसार गाउँपालिकाको रु एक करोड ८४ लाख २९ हजार ९६८ को लागतमा भवन निर्माण भएको हो ।       नवनिर्मित भवनको गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेम र...

चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने

नारायणगढ (चितवन),  जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जिपिएस जडान अनिवार्य गरिएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जिपिएस जडान गर्नुपर्ने...

‘रन च्यालेन्ज’ शनिबार

काठमाडौँ,  एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा पहिलो चरणको ‘नेपाल—५ के रन च्यालेन्ज’ हुने हुने भएको छ । शनिबार हुने दौडमा विभिन्न छ विधामा प्रतिस्पर्धा हुने एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिनुभयो ।   खुला महिला/पुरुष र ४५ वर्षमाथि पुरुष भेट्रानतर्फ पाँच...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९