राससको ६५ औँ वार्षिकोत्सव तयारी सुरु

काठमाडौँ, राष्ट्रिय समाचार समिति (रासस) आगामी फागुन ७ गते हुने आफ्नो ६५ औँ वार्षिकोत्सव विविधि कार्यक्रमसहित सप्ताहव्यापी रुपमा मनाउनेक्रममा २१ सदस्यीय मूल समारोह समिति गठन गरेको छ ।कार्यकारी अध्यक्ष धर्मेन्द्र झाको संयोजकत्वमा गठित रासस वार्षिकोत्सव मुल समारोह समितिअन्तर्गत विभिन्न १२ उपसमिति गठन गरी काम बाँडफाँड गरिएको छ ।

 

 

रासस व्यवस्थापनले आज केन्द्रीय कार्यालयमा कर्मचारी भेला आयोजना गरी वार्षिकोत्सव मुल समारोह समितिको गतिविधि तथा उपसमिति गठनको जानकारीसहित पछिल्लो त्रैमासिक अवधिमा राससमा भएको प्रगतिविवरण सार्वजनिक गरेको छ ।सो अवसरमा समितिको समग्र गतिविधिसहित राससकर्मीको हकहितका पक्षमा भएका प्रयास, भौतिक पूर्वाधार निर्माण र आगामी कार्ययोजनासमेत प्रस्तुत गरिएको थियो ।

 

 

त्यसअवसरमा समितिका कार्यकारी अध्यक्ष झाले समाचार सेवाको गुणस्तर अभिवृद्धि गर्ने, भौतिक सम्पत्तिको अधिकतम सदुपयोगसहित आयस्रोत वृद्धि गर्ने र कर्मचारीको वृत्तिविकास गर्ने कामलाई उच्च प्राथमिकता दिएको बताउनुभयो ।

 

 

उहाँले भन्नुभयो, “सेवाग्राही र स्रोत बढाउने सन्दर्भमा समितिका सबैको एकीकृत पहल आवश्यक छ । समाचार गुणस्तर वृद्धिका लागि हामीले सक्दो प्रयास गर्नुपर्छ, यसमा सबैबाट सहयोग प्राप्त हुने विश्वास लिएको छु ।”

 

 

पछिल्लो समय राससका अस्थायी तथा करारमा रहेका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने र संशोधनका क्रममा लामो समयदेखि मन्त्रालयमा रहेको ‘रासस कर्मचारी सेवाशर्त विनियमावली २०८२’ प्राप्त गरेको विषयलाई राससले उपलब्धिका रुपमा लिइएको छ ।

 

 

महाप्रबन्धक सन्दीप राईले कर्मचारीको वृद्धि विकाससँग जोडिएको विनियमावली राससमा प्राप्त भइसकेको अवस्थामा कर्मचारीको वृत्तिविकासमा सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो । उहाँले गुणस्तरीय समाचार सामग्री सम्प्र्रेषणमा राससकर्मीको ध्यान जानुपर्नेमा जोड दिँदै त्यसमा आवश्यक सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

 

प्रधानसम्पादक उत्तम सिल्वालले राससको पहिचानका रुपमा पूर्वप्रमुख समाचारदाता भैरव रिसालका नाममा अक्षयकोष स्थापना गर्न सुझाव दिँदै सामाजिक सुरक्षामा कोषमा आबद्धता र रासस विनियमावली प्राप्त हुँदा कर्मचारीको मनोबल बढेको बताउनुभयो ।

 

 

प्रशासन प्रमुख शीतलप्रसाद महतोले वार्षिकोत्सवका तयारीका सम्बन्धमा सञ्चालक समितिबाट भएका निर्णय र हालसम्मका तयारी र कर्मचारी वृत्तिविकासका सम्बन्धमा जानकारी गराउनुभयो ।

 

वरिष्ठ समाचारदाता प्रकाश सिलवालले आसन्न निर्वाचनका सम्बन्धमा राससले आफ्ना सम्पादक र देशैभरिका समाचारदातालाई रासस शैली र आचारसंहिता अनुकूल हुने गरी समाचार सम्प्रेषण गराउन अभिमूखीकरण कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।

 

त्यसअवसरमा नेपाल पत्रकार महासङ्घ रासस शाखाका सभापति कृष्णप्रसाद सापकोटा, रासस कर्मचारी सङ्घका अध्यक्ष पवित्रा गुरागाईं, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष प्रेमप्रसाद उपाध्याय र रासस कर्मचारी युनियनका अध्यक्ष कालिका खड्काले कर्मचारीलाई सामाजिक सुरक्षामा आबद्धता र विनियमावली ल्याएकोमा व्यवस्थापनलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

 

यसैगरी कार्यालय सहयोगी खिलानाथ दाहालले आफूलगायत १७ जना न्यून वैतनिक राससकर्मीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिएकामा खुशी व्यक्त गर्दै लामो समयपछि आफूहरुले न्याय पाएको बताउनुभयो । स्थानीय समाचारदाता रुपेश आचार्यले वार्षिकोत्सवका अवसरमा स्थानीय समाचारदातालाई प्रोत्साहन हुने कार्यक्रम ल्याउन व्यवस्थापनको ध्यानाकर्षण गराउनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९