स्थानीय चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी (मोरङ),  प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा मोरङका गाउँगाउँमा चुनावी सरगर्मी बढेको छ । मतदातामा चुनावी उत्साह देखिन थालेको छ । स्थानीय चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस सुुरु भएको छ ।

 

प्रतिनिधिसभा निर्वाचनका लागि मोरङमा छवटा निर्वाचन क्षेत्र रहेका छन्, जसमा एक सय १८ जना उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार मोरङ क्षेत्र नं १ मा १८ जना, क्षेत्र नं २ मा १७, क्षेत्र नं ३ मा २१, क्षेत्र नं ४ मा २१, क्षेत्र नं ५ मा २२ र क्षेत्र नं ६ मा २० जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगमा उम्मेदवारी दर्ता भएसँगै जिल्लाका छवटै निर्वाचन क्षेत्रमा चुुनावी चहलपहल सुुरु भएको हो । निर्वाचन प्रचारप्रसारको औपचारिक सुुरुआतअगावै उम्मेदवारहरूले घरदैलो कार्यक्रमलाई तीव्रता दिएको पाइन्छ ।

 

मोरङ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले मतदातासँग भेटघाटलाई तीव्रता दिइरहनुुभएको छ । उहाँसँगै श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगर पनि मतादाताको घरदैलोमा भेटिनुुहुन्छ । बिहानैदेखि उम्मेदवारहरू मतादाताको घरआँगनमा पुुग्न थालेपछि स्थानीयमा चुुनावको सरगर्मी बढेको नेपाली कांग्रेस मोरङ–३ का क्षेत्रीय सचिव राजेन्द्रबहादुर अधिकारी बताउनुुहुन्छ । हाम्रो महत्त्वपूर्ण एजेन्डा भनेको नयाँ मतदातालाई कांग्रेसको पक्षमा मत हाल्ने वातावरण बनाउने हो, तसर्थ हामी हाम्रो पार्टी र उम्मेदवारका तर्फबाट शिक्षा, स्वस्थ्य, रोजगार र प्रविधिकेन्द्रित रणनीति रहन्छ ।

 

यस्ता कार्यक्रमले हाम्रा प्रतिस्पर्धी दलका उम्मेदवारभन्दा हाम्रा उम्मेदवार स्वभावतः लोकप्रिय हुने आशावादी छौँ सचिव अधीकारीले बताउनुुभयो । यसपटक हाम्राभन्दा पनि राम्रा उम्मेदवार छानेर मतदान गर्ने मोरङ क्षेत्र नं २ अमरदहका विदुर आचार्यले बताउनुुभयो । जनभावना बुुझ्ने नेता नै मतदाताको रोजाइमा पर्ने उहाँले बताउनुुभयो । “समय फेरिएको छ, भोट हालिसकेर पछुुताउनुभन्दा त्यसअघि नै सचेत भएर भोट हाल्ने योजनामा हामी छौँ”, मोरङ क्षेत्र नं ४ कसेनीका अमिन चौधरीले बताउनुुभयो ।

 

मोरङ क्षेत्र नं १ केराबारीस्थित भेटिनुुभएका ज्येष्ठ नागरिक शङ्कर पोख्रेल अर्का एक व्यक्तिसँग चुनावी बहस गर्दै भन्दै हुनुहुन्थ्यो, “यसपटक सचेत भएर विकासप्रेमी उम्मेदवारलाई मत हाल्नुुपर्छ, चुुनाव जितेर गाउँ भुुल्ने उम्मेदवारलाई मत नदिने ।” जिल्लामा यसपटक सात लाखभन्दा बढी मतदाता पुगेका छन् । निर्वाचन आयोगका अनुसार अघिल्लो निर्वाचनको तुलनामा यसपटक मोरङमा ४७ हजार ५२५ मतदाता थपिएका हुन् । मोरङमा पुरुष मतदाता तीन लाख ९९ हजार ६८६ र महिला तीन लाख ८३ हजार ३५७ रहेका छन् । निर्वाचन आयोगको वेबसाइटमा उपलब्ध तथ्याङ्कअनुसार मोरङमा कुल मतदाता सङ्ख्या सात लाख ८३ हजार ५० पुगेको हो । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बर्दगोरिया गाउँपालिकाका संस्थापक अध्यक्ष बलिराम डगौरा थारुको निधन

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाका संस्थापक अध्यक्ष एवं नेपाली कांग्रेसका नेता बलिराम डगौरा थारुको गएराती उपचारका क्रममा निधन भएको छ। लामो समयदेखि पिसाब थैलीको क्यान्सरबाट पीडित थारुको स्वास्थ्यमा समस्या देखिएपछि उपचार भइरहेको थियो।   उपचारकै क्रममा शुक्रबार राती उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।...

रौतहट-१ मा रास्वपाका चौधरी विजयी

चन्द्रपुर (रौतहट),  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहट–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजेशकुमार चौधरी विजयी हुनुभएको छ । आज सम्पन्न मतगणनामा चौधरीले २८ हजार ९४६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मनोज केसीले जानकारी दिनुभयो ।     उक्त क्षेत्रमा नेकपा (एमाले)का अजयकुमार गुप्ताले १० हजार ६९३ प्राप्त गर्दा...

बैतडीको महरागाउँमा ‘इन्फ्लुएञ्जा बी’को सङ्क्रमण

दशरथचन्द (बैतडी), बैतडीको पुर्चाैंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भएको पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भाइरस भएको पुष्टि भएको हो । भाइरल ज्वरोका कारण यही फागुन ११ गते महरागाउँका १३ वर्षीय विनोद महरा र १६ गते १०...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

बर्दगोरिया गाउँपालिकाका संस्थापक अध्यक्ष बलिराम डगौरा थारुको निधन

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाका संस्थापक अध्यक्ष एवं नेपाली कांग्रेसका नेता बलिराम डगौरा थारुको गएराती उपचारका क्रममा निधन भएको छ। लामो समयदेखि पिसाब थैलीको क्यान्सरबाट पीडित थारुको स्वास्थ्यमा समस्या देखिएपछि उपचार भइरहेको थियो।   उपचारकै क्रममा शुक्रबार राती उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।...

व्यावसायिक कफीखेतीमा भोजपुरका किसान

भोजपुर,  केही समयअघिसम्म सामान्य कफीका बोट हुने भोजपुरमा अहिले यसको व्यावसायिक खेती सुरु भएको छ । बजारसम्मको पहुँच स्थापित भएपछि यहाँका किसान व्यावसायिक कफी गर्न थालेका हुन् । अहिले यहाँका किसानको आयआर्जनको मुख्य माध्यम यही बनेको छ । उत्पादन भएको कफी घरबाटै बिक्री हुन...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

बर्दगोरिया गाउँपालिकाका संस्थापक अध्यक्ष बलिराम डगौरा थारुको निधन

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाका संस्थापक अध्यक्ष एवं नेपाली कांग्रेसका नेता बलिराम डगौरा थारुको गएराती उपचारका क्रममा निधन भएको छ। लामो समयदेखि पिसाब थैलीको क्यान्सरबाट पीडित थारुको स्वास्थ्यमा समस्या देखिएपछि उपचार भइरहेको थियो।   उपचारकै क्रममा शुक्रबार राती उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता

टक्सार (भोजपुर),  स्थानीय विद्यालयमा अध्ययरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यहाँको एक ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको छ ।   जिल्लाको भोजपुर नगरपालिका–५, बोखिममा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक लक्ष्मण जोशीले बताउनुभयो । प्रअ जोशीले भन्नुभयो, “स्थानीय कलाकौशल तथा रैथाने प्रविधिको...

प्रतिनिधिसभा निर्वाचनःवीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौँ, चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी विशेषज्ञ चिकित्सकसहितको द्रुत कार्यदल (¥यापिड रेस्पोन्स टिम) गठन गरेको छ ।वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई दृष्टिगत गर्दै टोली गठन बताउनुभयो । अस्पतालले आकस्मिक...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९