प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

काठमाडौँ,  प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा नेपाली सेनाको सहभागिता, उपलब्धि र प्रयासलाई विश्वमै उदाहरणीय कार्यकारूपमा हेरिने गरिएको छ । विसं २०३० मा पहिलो राष्ट्रिय निकुञ्जका रूपमा चितवन राष्ट्रिय निकुञ्जको स्थापना भएपछि विसं २०३२ देखि नेपाली सेना औपचारिक रूपमा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ हुँदै आएको छ । पाँच दशकको अवधिमा सेनाको असरदार कार्य जिम्मेवारीले प्रकृति र वन्यजन्तु संरक्षणमा प्राप्त सफलतालाई विश्व जगत्ले समेत मुक्तकण्ठले प्रशंसा गर्दै आएको छ ।

 

अहिले १२ वटा राष्ट्रिय निकुञ्ज, एक वटा वन्यजन्तु आरक्ष र एक सिकार आरक्षको संरक्षणमा नेपाली सेनाका आठ वटा गण, सात वटा अनाश्रित गुल्म र एक प्रकृति संरक्षण शिक्षालयका गरी करिब आठ हजारभन्दा बढी फौज परिचालित हुँदै आएका छन् । यसअघि विसं २०१८ मा नेपाली सेनाबाट गैँडा गस्ती कार्य सुरु गरिएको थियो । त्यसो त प्रकृति संरक्षणमा नेपालको औपचारिक प्रयास सन् १८६९ मा श्री ५ सुरेन्द्रको समयमा वन सम्पदा संरक्षणका रूपमा सुरु भएको थियो ।

 

जुन कुरा शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा भेटिएको शिलालेखमा समेत उल्लेख छ । यस आधारमा नेपालको प्रकृति संरक्षणको प्रयास अमेरिकामा रहेको विश्वकै सबैभन्दा पुरानो यल्लोस्टोन नेशनल पार्क भन्दा तीन वर्ष अगाडि भएको देखिन्छ । सो पार्कको स्थापना सन् १८७२ मा भएको थियो । नेपालको संविधान २०७२ को धारा २६७, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र विसं २०६७ असार १६ को मन्त्रिपरिषद्को बैठकबाट पारित भएको संशोधित ‘स्थायी कार्य सञ्चालन विधि–२०६७’ अनुसार नेपाली सेना प्रकृति संरक्षणमा खटिँदै आएको छ ।

 

त्यसक्रममा संरक्षित क्षेत्रभित्रका सम्पूर्ण प्राकृतिक स्रोतहरू, वनस्पति तथा वन्यजन्तु र जैविक विविधताको संरक्षण तथा सुरक्षामा सेना प्रत्यक्ष रूपमा संलग्न छ । नेपालको कूल क्षेत्रफलको करिब २३ प्रतिशत भू–भाग राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष तथा शिकार आरक्षलगायत संरक्षण क्षेत्रले ओगटेको छ । चितवन, बर्दिया, खप्तड, पर्सा, रारा, लाङटाङ, शिवपरी– नागार्जन, सगरपामाथा, बाँके, मकालु बरुण, शुक्लाफाँटा र शे–फोक्सुण्डो निकुञ्ज तथा कोशीटप्पु बन्यजन्तु आरण र ढोरपाटन शिकार आरक्षसहितले हिमाल, पहाड र तराईका ३३ जिल्ला समेटिएको छ ।

 

विश्वमै दुर्लभ एकसिङ्गे गैँडा र पाटेबाघको संरक्षणमा नेपालले हासिल गरेको उपलब्धि समग्र संरक्षण क्षेत्रकै नमूना हुन् । नियमित गस्तीका साथै जिम्मेवारी क्षेत्रमा सुरक्षा पहुँच बढाउन तथा चोरी सिकारी र अवैध गतिविधि नियन्त्रण गर्न ‘अपरेसन संरक्षण’ सञ्चालन गरिएको छ । फलस्वरूप सन् २००९ मा १२१ को सङ्ख्यामा रहेको पाटे बाघ हाल ३५५ र सन् २००५ मा ४०० को सङ्ख्यामा रहेको एक सि¬ङ्गे गैँडा हाल ७५२ वटा भएको तथ्याङ्क रहेको छ ।

 

जटिल भौगोलिक बनावट, ४२ डिग्री सेल्सियसदेखि माइनस २० डिग्री सेल्सियससम्मको मौसमी प्रतिकूलता एवं विषम् परिस्थितिका बाबजुत पनि नेपाली सेनाले सुम्पिएको जिम्मेवारी सफलतापूर्वक सम्पादन गर्दै आइरहेको छ । प्राकृतिक स्रोत, वनस्पति तथा वन्यजन्तुका अतिरिक्त संरक्षित क्षेत्रभित्र रहेका सम्पूर्ण धार्मिक तथा पर्यटकीय सम्पदा, सरकारी कार्यालय र भौतिक पूर्वाधारको संरक्षण र सुरक्षासमेत नेपाली सेनाले गर्दैआएको छ । प्रकृति संरक्षणमा परिचालित हुँदै गर्दा नेपाली सेनाका ११६ जना सकलदर्जाले वीरगति प्राप्त गरिसकेका छन् ।

 

सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार आधुनिक प्रविधिको उपलब्धतासँगै प्रकृति संरक्षण कार्य थप जटिल र चुनौतीपूर्ण हुँदै गएको छ । संरक्षित क्षेत्रमा प्रविधिको प्रयोगलाई बढी प्रभावकारी र सुरक्षित बनाउन सरोकार निकायसँगको सहकार्यमा सेनाले वास्तविक समय ‘स्मार्ट’ गस्ती र ‘स्मार्ट आई’को आफ्नै मौलिक प्रविधिको विकास गरेको छ । जलवायु परिवर्तन, जैविक विविधता तथा पर्यापर्यटनको दृष्टिले नेपालका हिमाली क्षेत्र अतिनै संवेदनशील क्षेत्रमा रहेकाले यसको सौन्दर्यतालाई कायम राखी भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले सेनाकै नेतृत्वमा केही वर्षअघिदेखि सफा हिमाल अभियान सञ्चालन गरिएको छ ।

 

सेनासहितका सबै सरोकारवाला निकायसँगको समन्वयमा सन् २०१९ मा सुरु भएको अभियानबाट सेनाले सन् २०२४ सम्ममा हिमालबाट ११९ टनभन्दा बढी फोहोर सङ्कलन गरिसकेको छ । त्यसक्रममा १२ वटा शव र चार वटा अस्थिपञ्जर व्यवस्थापन कार्य गरेको नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशक सहायक रथी पुरन घलेले बताउनुभयो । सेनाले यस अवधिमा सगरमाथा, ल्होत्से, पुमरी, मकालु, धौलागिरि, अमदब्लम, मनास्लु, कञ्चनजङ्गा, अन्नपूर्ण, बरुञ्चे र नुप्से हिमालमा उक्त अभियान सञ्चालन गरेको थियो । त्यसले जिम्मेवार पर्वतारोहणको विश्वव्यपापी सन्देश प्रवाह गर्न सफल भएको छ ।

 

प्रकृतिको अनुपम बरदानमध्ये नेपाललाई सगरमाथाको उचाइले झन समृद्ध बनाएको छ । प्रकृति तथा पर्यावरण संरक्षणमा राष्ट्रलाई योगदान गर्ने नीतिअनुरूप सफा हिमाल अभियान सेनाको प्राथमिकतामा परेको छ । उहाँका अनुसार प्रकृति संरक्षण कार्यमा परिचालित भएका फौजको अपरेशनल क्षमता अभिवृद्धि तथा देशका सम्पूर्ण संरक्षणकर्मी साझेदारको साझा शिक्षालयको रूपमा स्थापित गर्ने उद्देश्यले विसं २०७१ असार २८ गते चितवन राष्ट्रिय निकुञ्जको कसरामा श्री प्रकृति संरक्षण शिक्षालयको स्थापना गरिएको छ ।

 

उक्त शिक्षालयमा सेनाको संरक्षणमा खटिएको फौजको अतिरिक्त निजामतीतर्फका गेम स्काउट तालिमसमेत सञ्चालन गरिएको छ । हालसम्म सैनिकतर्फ दुई हजार ३०४ जना र गैह्र सैनिकतर्फ २३६ जनाले प्रकृति संरक्षणसम्बन्धी तालिम प्राप्त गरिसकेका छन् । गैरसैनिकतर्फ निकट भविष्यमा रेन्जर तहसम्मको तालिमसमेत सञ्चालन गर्ने सेनाको योजना छ । प्रकृति र पर्यावरण संरक्षणमा नेपाली सेनाकै पहल र क्रियाशीलताका कारण नेपाल सन् २०११, १३, १५, १६, १८ र १९ मा शून्य शिकारी वर्षको रूपमा मनाउन सफल भयो । त्यसबापत ‘अब्राहम संरक्षण पुरस्कार’बाट नेपाली सेनाका विभिन्न छ वटा युनिटहरू सम्मानित भए । बर्दिया राष्ट्रिय निकुञ्ज डबल टाइगर अवार्डबाट समेत सम्मानित भयो ।

 

सेनाको अगुवाइमा ‘वन र वन्यजन्तु सबैका लागि’, ‘प्रकृति र वन्यजन्तु भावी पुस्ताका लागि’ जस्ता नारा दिइएर संरक्षण अभियान तीव्र पारिएको छ । प्रकृति संरक्षणजस्तो पवित्र कार्यको आधा शताब्दी पार गर्दै गर्दा नेपाली सेनाले नेपाल सरकार तथा अन्य साझेदार निकाय एवं जनसमुदायसँग एकीकृत ढङ्गबाट कार्य गर्दै आएको छ । फलस्वरूप लोपोन्मुख वन्यजन्तु, वन पैदावार तथा हिमाली क्षेत्रको संरक्षणमार्फत विश्वकै जैविक विविधता संरक्षणमा अतुलनीय योगदान पुगेको छ । यसबाट नेपालको दिगो पर्यापर्यटनमा समेत टेवा पुग्न गएको छ ।

 

प्रकृति संरक्षण कार्यमा नेपाली सेनाको क्षमता र योगदान क्रमिक रूपमा विस्तार हुँदै गएको नेपाली सेनाले जनाएको छ । हरियाली प्रवद्र्धनअन्तर्गत ‘फलफूल रोप्न बढाऊ हात, जनतालाई नेपाली सेनाको साथ’ भन्ने मूल नाराका साथ कार्यक्रम सञ्चालन गरियो । त्यस क्रममा एभोकाडो, सुन्तला, कागती, अम्बा र तेजपातजस्ता बोटबिरुवा रोपियो । वातावरणलाई सन्तुलित तुल्याउन सेनाले ‘एक सैनिक, एक फलफूल बिरुवा’ अभियानसमेत चलाउँदै आएको छ । नारायण न्यौपाने/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

विश्व शान्तिका लागि बुद्धका शिक्षालाई व्यवहारमा उतार्न नेपालको आग्रह

काठमाडौँ, नेपालले विश्व शान्तिका लागि बुद्धका शिक्षालाई व्यवहारमा उतार्न आग्रह गर्दै त्यसले विश्वलाई शान्ति र सहकार्यको मार्ग देखाएको बताएको छ ।बुद्धजयन्तीका अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई विश्व शान्तिको प्रतीकका...

कर्णाली प्रदेशको विद्युत् आपूर्ति सहज बनाउन पहल

काठमाडौँ,  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कर्णाली प्रदेशको विद्युत् आपूर्ति सहज बनाउन पहल सुरु गरेको छ । कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइनअन्तर्गत बाँकेको चिसापानी क्षेत्रमा रहेका दुईवटा १३२ केभी क्षमताका टावर ढलेपछि कर्णाली प्रदेशको विद्युत् आपूर्ति प्रभावित बनेको थियो ।   ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकेजी रु ९०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६५, गोलभेँडा...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुलको एसईई नतिजा उत्कृष्ट, ३ जनाले ल्याए ए प्लस

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–१ बौनियामा रहेको द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुल ले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयबाट सहभागी विद्यार्थीमध्ये ३ जना विद्यार्थीले ए प्लस (A+) ग्रेड प्राप्त गरेका छन् भने अन्य विद्यार्थीहरूले पनि उत्कृष्ट GPA ल्याएका छन्।   विद्यालयका अनुसार...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुलको एसईई नतिजा उत्कृष्ट, ३ जनाले ल्याए ए प्लस

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–१ बौनियामा रहेको द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुल ले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयबाट सहभागी विद्यार्थीमध्ये ३ जना विद्यार्थीले ए प्लस (A+) ग्रेड प्राप्त गरेका छन् भने अन्य विद्यार्थीहरूले पनि उत्कृष्ट GPA ल्याएका छन्।   विद्यालयका अनुसार...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

एक करोड ८४ लाखमा बनाइयो विद्यालय भवन

ताप्लेजुङ,  यहाँको मैवाखोला गाउँपालिका–२ तेम्बेस्थित मैवाखोला माध्यमिक विद्यालयको आठ कोठे विद्यालय भवन निर्माण भएको छ ।मैवाखोला गाउँपालिकाका इन्जिनियर उमेश भट्टराईका अनुसार गाउँपालिकाको रु एक करोड ८४ लाख २९ हजार ९६८ को लागतमा भवन निर्माण भएको हो ।       नवनिर्मित भवनको गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेम र...

चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने

नारायणगढ (चितवन),  जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जिपिएस जडान अनिवार्य गरिएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जिपिएस जडान गर्नुपर्ने...

‘रन च्यालेन्ज’ शनिबार

काठमाडौँ,  एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा पहिलो चरणको ‘नेपाल—५ के रन च्यालेन्ज’ हुने हुने भएको छ । शनिबार हुने दौडमा विभिन्न छ विधामा प्रतिस्पर्धा हुने एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिनुभयो ।   खुला महिला/पुरुष र ४५ वर्षमाथि पुरुष भेट्रानतर्फ पाँच...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९