गाउँपालिका अध्यक्ष उपाध्यायको चेतावनी : विद्यालय बन्द गर्नेलाई कार्वाही 

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष देविदत्त उपाध्याय ‘हिमशिखर’लेे विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

 

नेपाल विद्यालय कर्मचारी परिषद्ले भोलिदेखि अनिश्चितकालीन विद्यालय बन्द गर्ने घोषणा गरेको प्रसङ्गलाई लिएर अध्यक्ष उपाध्यायले चेतावनी दिनुभएको हो ।

 

आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै उपाध्यायले देशभरका सामुदायिक विद्यालयमा पठनपाठन बन्द गर्ने भनी केही पत्रपत्रिका र सामाजिक संन्जालमा आएको समाचारप्रति यस मोहन्याल गाउँपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ।

 

मोहन्याल गाउँपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालय, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू, एवं विद्यालय व्यवस्थापन समितिलाई गाउँपालिकाका सम्पूर्ण विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन गर्दछ।

 

मोहन्याल गाउँपालिकालाई बन्दको नाममा बिद्यार्थीको पठनपाठनमा अबरोध हुने कुरा स्विकार्य नहुने समेत अनुरोध गरिन्छ। विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न बाधा पुर्‍याउने कुनै संस्था वा कर्मचारीहरूलाई मोहन्याल गाउँपालिका शिक्षा ऐन २०८० बमोजिम कारवाही हुने सम्पुर्णमा यहि सुचना मार्फत जानकारी गराईन्छ।

 

सेवा सुविधा बढाउनुपर्ने लगायतका माग राखेर आन्दोलन गर्दै आएका सामुदायिक विद्यालयका कर्मचारी तथा प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक)हरुले भोलिदेखि सामुदायिक विद्यालय बन्दको घोषणा गरेका छन् ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?