कञ्चनपुरका सीमसार तथा ताल तलैयाको अस्तित्व सङ्कटमा

कञ्चनपुर, जलवायु परिवर्तन, बढ्दो प्रदूषण र मानवीय अतिक्रमणका कारण कञ्चनपुरका सीमसार क्षेत्र तथा ताल–तलैयाको अस्तित्व सङ्कटमा परेको छ । जैविक विविधताको संरक्षण, जलसन्तुलन र पर्यावरणीय स्थायित्वका आधारस्तम्भका रूपमा रहेका सीमसार क्षेत्र संरक्षण तथा सम्वर्द्धनको अभावमा सङ्कटमा पर्दै गएका हुन् ।

 

 

सीमसार क्षेत्र प्राकृतिक पानी सञ्चित गर्ने थलो मात्र नभई दुर्लभ जलचर, जलपक्षी, माछा, गोही, कछुवा, अजिङ्गर तथा विविध वनस्पतिका लागि सुरक्षित बासस्थानका रूपमा रहेका छन् । यस्ता क्षेत्रले बाढी नियन्त्रण, भू–जल पुनर्भरण, स्थानीय तापक्रम सन्तुलन र जलवायु परिवर्तनको असर न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने गर्छन् ।

 

 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विनयकुमार झाले सीमसार क्षेत्रलाई जैविक विविधता सन्तुलनको सूचकका रूपमा ब्याख्या गर्दै यसको संरक्षण नगरे जैविक विविधता नै सङ्कटमा पर्ने बताउनुभयो । “सीमसार क्षेत्र दुर्लभ जलचर र जलपक्षीको प्रमुख बासस्थान हो”, उहाँले भन्नुभयो, “ताल–तलैयामा खलल पुग्दा माछा, गोही, कछुवा, जलपन्क्षी तथा सीमसारमा पाइने दुर्लभ वनस्पति क्रमशः लोप हुने अवस्थामा पुग्छन् ।” उहाँका अनुसार निकुञ्जभित्र रहेका रानी ताल, शिकारी ताल, बाबा ताल, सलगौडी ताल, तारा तालजस्ता महत्त्वपूर्ण ताल–तलैया हाल जलकुम्भी, नरकट र अन्य अनावश्यक वनस्पतिले भरिँदै गएका छन् ।

 

 

सीमसार तथा ताल–तलैयाको नियमित संरक्षण र प्राकृतिक स्वरूप कायम राख्न आवश्यक बजेट र जनशक्ति अभावले समस्या थप जटिल बनेको उहाँको भनाइ छ । “पहिले ताल–तलैयाको संरक्षणका लागि छुट्टै बजेट व्यवस्था हुन्थ्यो”, संरक्षण अधिकृत झाले भन्नुभयो, “अहिले बजेट अभावका कारण थोरै स्रोतले ठूला तालको प्राकृतिक रूपमा व्यवस्थापनको कार्य गर्न सकिएको छैन ।”

 

 

निकुञ्जभित्र रहेका रानी ताल र शिकारी ताल कञ्चनपुरकै ठूला तालमध्ये पर्छन् । ती ताल पुरिँदै जानु भनेको केवल पानीको स्रोत सुक्नु मात्र नभई त्यसमा आश्रित जैविक विविधता नष्ट हुनु हो । संरक्षण अधिकृत झाले ताल पुरिँदा त्यससँगै जलचर र दुर्लभ वनस्पति सधैँका लागि हराउने खतरा रहेको उल्लेख गर्नुभयो । हाल निकुञ्जभित्रका ताल–तलैयामा बसाइँ सरेर आउने जलपन्क्षीको सङ्ख्या विगतको तुलनामा केही सुधार भएको देखिए पनि दीर्घकालीन व्यवस्थापन नहुँदा आगामी वर्षहरूमा ती जलपक्षीको आगमन घट्न सक्ने चिन्ता उहाँले व्यक्त गर्नुभयो ।

 

 

निकुञ्ज बाहिरका ताल तथा सीमसार क्षेत्रहरू मानव अतिक्रमणको चपेटामा परेका छन् । सीमसार अतिक्रमण गरी खेतीपाती गर्ने, अवैज्ञानिक ढङ्गले माछापालन गर्ने तथा प्राकृतिक जलप्रवाह अवरुद्ध गर्ने प्रवृत्तिले धेरै प्राकृतिक ताल–तलैया पुरिँदैै र सुक्दै गएका छन् ।

 

 

विगतमा वर्षभरि पानी रहने तालहरू हाल वर्षायामपछि सुक्न थालेका छन् । जसमा जलवायु परिवर्तनसँगै मानव क्रियाकलाप उत्तिकै जिम्मेवार रहेको सवडिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेशकुमार यादवले बताउनुभयो ।

 

 

निकुञ्ज बाहिरका जलपक्षीका लागि प्रसिद्ध पुरैनी तालको क्षेत्रफल वर्षेनी घट्दै गएको छ भने बन्दाताल र सोभा ताल पर्या पर्यटनको नाममा जलपन्छीको प्राकृतिक बासस्थान मासिएको छ । सवडिभिजन वन कार्यालय कुण्डाका प्रमुख यादवले सामुदायिक वन क्षेत्रभित्र रहेका प्राकृतिक तालहरूको संरक्षण जनसहभागितामार्फत हुँदै आएको जानकारी दिनुभयो । “सीमसार क्षेत्र जलसञ्चय गर्ने थलो मात्र होइन, रैथाने र आगन्तुक जलपक्षीको प्रमुख बासस्थान हो”, उहाँले भन्नुभयो, “सीमसार नासिँदा जैविक विविधता मात्र होइन, स्थानीय जीवनशैलीमा गम्भीर असर पर्छ ।”

 

उहाँका अनुसार कृषिमा प्रयोग हुने रासायनिक मल र विषादी वर्षातको पानीसँगै बगेर नदी, ताल–तलैयामा पुग्दा ती जलस्रोत प्रदूषित हुँदै गएका छन् । यसले माछा, गोही, कछुवा, अजिङ्गर तथा जलपन्क्षीको प्रजनन स्वास्थ्य र आहारविहारमा प्रतिकूल असर पार्ने खतरा बढाएको छ । रासायनिक मल र विषादीको प्रयोग न्यूनीकरण गरी जैविक खेतीतर्फ किसानलाई प्रोत्साहन गर्नु आजको आवश्यकता भएको उहाँले जोड दिनुभयो ।

 

सामुदायिक वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष महेशदत्त जोशीले चुरे क्षेत्रमा रहेका ताल–तलैया र सीमसार क्षेत्र संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । “चुरे क्षेत्रमा दर्जनौँ ताल–तलैया र सीमसार क्षेत्र छन्”, उहाँले भन्नुभयो, “तर संरक्षण र सम्वद्र्धन नहुँदा ती प्राकृतिक सम्पदा मासिँदै गएका छन् ।”

 

चुरे क्षेत्रबाट वर्षायाममा बगेर आउने पानीसँगै माटो, ग्रेगान र साना ढुङ्गा ताल–तलैयामा जम्मा हुँदा ती क्षेत्र पुरिँदै गएका छन् । यसले जलचरको बासस्थान नष्ट हुनुका साथै जैविक विविधता सङ्कटमा पारेको छ । समन्वय समितिका तर्फबाट सीमसार संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिँदै आएको उहाँले बताउनुभयो ।

 

कञ्चनपुरको चुरे क्षेत्रमा झिलमिला, बेदकोट, सुनदेवी, मुड्का, बैजनाथलगायत दर्जनौँ ताल–तलैया तथा प्रसिद्ध सिस्ने सीमसार क्षेत्र रहेका छन् । यी सीमसार क्षेत्र धार्मिक, सांस्कृतिक, पर्यटकीय र पर्यावरणीय दृष्टिले महत्त्वपूर्ण मानिन्छन् ।

 

सीमसार क्षेत्रलाई संरक्षण गर्दै पर्यापर्यटनसँग जोड्न सके स्थानीय रोजगारी सिर्जना हुनुका साथै संरक्षणमा दीर्घकालीन योगदान पुग्ने वन वातावरण क्षेत्रमा लामो समयदेखि क्रियाशील वीरबहादुर राजवंशीले बताउनुभयो । “सरकार, स्थानीय तह, समुदाय र सरोकारवाला निकायबीच प्रभावकारी समन्वय, पर्याप्त बजेट व्यवस्था र जनचेतना अभिवृद्धि गर्न सके मात्र र ताल–तलैया जोगाउन सकिन्छ,” उहाँले भन्नुभयो, “सीमसार क्षेत्रको संरक्षण गर्नु भनेको जैविक विविधता, पानी र भविष्यका पुस्ताको जीवन सुरक्षित गर्नु हो भन्ने चेतना फैलाउन आवश्यक छ ।”राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९