गोसाइँकुण्डमा भक्तजनको आकर्षण बढ्दो

रसुवा,  यही फागुन ३ गते देशभर मनाइने महाशिवरात्री पर्व श्रद्धा भक्ति पूर्वक मनाइन भक्तजनहरू पूर्वतयारिमा जुट्न थालेका छन् । शिवरात्रीको अवसरमा विशेषगरी रसुवा जिल्लामा अवस्थित पवित्रतीर्थ गोसाइँकुण्डमा भक्तजनको आकर्षण बढ्दो छ । समुद्री सतहदेखि करिब चार हजार ३८० मिटर उचाइमा अवस्थित यो तीर्थस्थल धार्मिक, सांस्कृतिक तथा प्राकृतिक दृष्टिले अनुपम मानिदै आएको छ ।

 

 

धार्मिक मान्यताअनुसार गोसाइँकुण्ड भगवान् शिव विराजमान रहनुभएको पवित्र कुण्ड हो । शिवरात्रिका दिन यहाँ स्नान, पूजा र आराधना गरेमा मनोकामना पूरा हुने जनविश्वास छ । पौराणिक कथाअनुसार समुद्र मन्थनका क्रममा उत्पन्न भएको हलाहल नामक कालकूट विष भगवान् शिवले ग्रहण गरी सम्पूर्ण प्राणी जगतको रक्षा गर्नुभएको थियो । यही कारण शिवलाई ‘नीलकण्ठ’ भनिएको मान्यता रही आएको छ ।

 

 

जीवनमा सके तीन पटक र नसके कम्तीमा एक पटक भए पनि गोसाइँकुण्डको दर्शन गर्नुपर्ने उल्लेख हिमवत्खण्डमा गरिएको छ, जसले यसको धार्मिक महत्वलाई थप पुष्टि गर्दछ । काठमाडौँबाट रसुवाको धुञ्चेसम्म सवारीसाधनमार्फत यात्रा गरी धुञ्चेदेखि तिवारीबगर, खन्ति, डिम्सा, चन्दनबारी, चोलाङपाटी, लौरीविनायक हुँदै पवित्रतीर्थ गोसाइँकुण्ड पुग्न सकिन्छ ।

 

 

धुञ्चेबाट उकालो यात्रा सुरु भएपछि लौरीविनायकभन्दा माथि लेक लाग्ने भएकाले चन्दनबारीमा एक रात विश्राम गरी कुण्डतर्फ लाग्दा यात्रा सहज हुने होटल व्यवसायी सुब्बा लामाले जानकारी दिनुभयो । गोसाइँकुण्डमा विशेष गरी जनैपूर्णिमा र कगङगा दशहरामा ठूलो मेला लाग्ने गर्दछ । यी अवसरमा हजारौँ भक्तजन कुण्डमा स्नान गर्न पुग्ने गर्दछन् । गोसाइँकुण्डको मेलाका समयमा धार्मिक यात्रुको सुरक्षार्थ विशेष सुरक्षा फोर्स तयार गर्ने गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिनुभयो ।

 

 

पछिल्ला वर्षमा २०७२ सालको भूकम्पपछि युवा पुस्ता बाह्रै महिना गोसाइँकुण्ड पुग्न थालेका छन् । जसले धार्मिक पर्यटनलाई निरन्तरता दिएको छ । शिवरात्रिका अवसरमा नीलाद्री पर्वत पुगेर भगवान् शिवको दर्शन गर्नुपर्ने रसुवाका पुरोहित टङ्कप्रसाद ढकालले सुझाव दिनुभयो । गोसाइँकुण्ड यात्रालाई सहज बनाउन नमस्ते पासाङ ल्हामु यातायात प्रालिले आवश्यक यात्रुवाहक सवारीसाधनको व्यवस्था गर्दै आएको छ । साना सवारीसाधन शिवपुरी, ढिकुरे, विदुर हुँदै धुञ्चे पुग्ने गरेका छन् भने ठूला सवारीसाधन माछापोखरी–नागढुङ्गा–गल्छी–त्रिशूली मार्ग हुँदै धुञ्चे पुग्ने गर्दछन् ।

 

 

 

लौरीविनायकको उकालो यात्रा गर्न भक्तजनका लागि हवाइ मार्गबाट हेलिकप्टर सेवासमेत उपलब्ध गराउँदै आएको सेवा सञ्चालकले बताएका छन् । नेपालमा रहेका अधिकांश हेलिकप्टर कम्पनीले शिवरात्रि तथा अन्य धार्मिक पर्वका अवसरमा धार्मिक उडान भर्दै आएका छन् । गोसाइँकुण्डको डिलमा सिम्रिक एयर कम्पनीले एउटा शिवको मूर्ति स्थपना गरेका कारण पूजाआजामा भक्तजनलाई अत्यन्तै सहज भएको भक्तजनले बताएका छन् ।

 

 

 

गोसाइँकुण्डमा स्नान तथा पूजा आराधना गरेमा शरीरका रोगव्याध हट्ने, पारिवारिक सम्बन्ध प्रगाढ हुने र सन्तानको शिक्षामा सकारात्मक प्रभाव पर्ने जनविश्वास रहँदै आएको छ । यही धार्मिक आस्थाका कारण गोसाइँकुण्ड केवल तीर्थस्थल मात्र नभई आध्यात्मिक ऊर्जा प्राप्त गर्ने केन्द्रका रूपमा परिचित छ । यतिबेला कुण्डमा पानी जमेर बरफ बनेको अवस्था छ । यसले भक्तजनलाई थप सतर्कता अपनाउन आवश्यक बनाएको छ । बरफमाथि हिँड्दा फुटेर कुण्डभित्र खस्ने जोखिम रहन्छ । गोसाइँकुण्ड क्षेत्र रामसार सूचीमा सूचीकृत पवित्र तीर्थस्थल भएकाले यसको संरक्षण सबैको साझा दायित्व भएको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताउनुभयो ।

 

 

कुण्डमाथि हिउँ खेल्ने वा हिँड्ने निहुँले भगवान शिव विराजमान रहनु भएको स्थानमा नटेक्न सम्पूर्ण भक्तजनलाई उहाँले आग्रह गर्नुभएको छ । धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचान बोकेको गोसाइँकुण्डको संरक्षण गर्दै श्रद्धापूर्वक दर्शन गर्नु नै साँचो शिवभक्ति हुने जानकारहरूको भनाइ छ । पहिला पहिला हिँडेर जानुपर्ने क्षेत्रमा पुर्वाधारको विकास संगै अहिले काठमाडौंको माछापोखरी देखि यातायात सञ्चालनका रहेकाले यो वा त्यो वाहनाको फुदागाँसी साना सवारी साधनले बढी भाडा असुल्ने भएकाले सवै यात्रुले सजकता अपनाउन आग्रह गरिएको छ ।

 

 

चिसो मौसम भएकाले तातो लुगाको साथै कागती, अदुवा , सातु सामल र औषधी समेत साथमा लिई जान उपयुक्त र लाभदायक हुन्छ । गोसाइँथान जाने भक्तजनको सुविधालाई ध्यानमा राखि बागमती प्रदेशको भौतिक तथा पूर्वाधार मन्त्रालयले दीर्घकालीन गुरु योजनाअन्तर्गत पूर्वाधारको गुरु योजनाको काम अगाडि बढाएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । गोसाइँकुण्ड जाँदा कुण्डमा स्नान गर्दा भिजेको लुगा र कुनै पनि फोहर जथाभावी नफ्याँक्न, पैदल मार्गमा देखापर्ने रेडपाण्डालगायत वन्यजन्तुलाई मायालु वातावरणमा हेरिदिन र लौरीका नाममा वन जङ्गलका कुनै पनि बनस्पति नकाट्न सबै भक्तजनलाई अनुरोध गरिएको वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार साहले राससलाई बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९