‘आश्वासन होइन, विकास चाहिएको छ’

घोराही (दाङ), आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरु घरदैलो कार्यक्रममा व्यस्त छन् । आफ्नो पक्षमा मत तान्न उम्मेदवारहरु मतदातामाझ विभिन्न आश्वासन बाँडिरहेका छन् ।

 

मतदाताले भने उम्मेदवारलाई आश्वासनभन्दा विकासका योजनाको ‘ग्यारेन्टी’ गर्न माग गरेका छन् । निर्वाचनका क्रममा आश्वासन दिने तर पछि काम नगर्ने प्रवृत्तिले जनताले बर्सेनि नेतासँग उही माग दोहो¥याउनुपर्ने अवस्था रहेको घोराही उपमहानगरपालिका–१८ का सुरेश पुनमगरले बताउनुभयो ।

 

 

“धेरै पटक मतदान गरिसकेँ तर कुनै पनि नेताले आफ्नो वाचाअनुसार काम गरेको देखिँदैन । देशमा भनेजस्तो रोजगार नहुँदा दिनहुँ लाखौँ युवा विदेसिनु पर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “देशमै कृषि गरौँ भने पनि भनेको बेला सिँचाइ, मल, बीउ नपाउने समस्या छ ।”

 

 

दाङ क्षेत्र नं २ बाट नेपाली कांग्रेसका उम्मेदवार किरणकिशोर घिमिरेसमक्ष तुलसीपुर उपमहानगरपालिका–१८ का मतदाता खिमा घर्तीले निर्वाचनका बेला आश्वासन मात्रै होइन, जनतालाई दुःख पर्दा साथ दिने र वास्तविक विकास गर्ने नेताको आवश्यकता रहेको सुनाउनुभयो ।

 

 

घिमिरेसमक्ष त्यहाँका अन्य स्थानीयले पनि विगतमा धेरै आश्वासन सुनिएको तर अपेक्षित विकास हुन नसकेको गुनासो व्यक्त गरे । सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता आधारभूत आवश्यकता अझै अधुरै रहेको उनीहरूको भनाइ थियो ।गुनासो सुनेपछि उम्मेदवार घिमिरेले नागरिकका समस्यालाई गम्भीरतापूर्वक लिएको बताउँदै जनताको आवश्यकताअनुसार विकासका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

उनीहरुझैँ अधिकांश मतदाताले निर्वाचनका क्रममा उम्मेदवारबाट सडकको स्तरोन्नति, कल्भर्ट निर्माण, सडक कालोपत्र, विद्युत्, सिँचाइको व्यवस्था, कुलो निर्माण, ह्युमपाइप राख्नेलगायतका आश्वासन दिने गरे पनि वाचाअनुसार काम नगर्ने प्रवृत्तिका कारण जनताले दुःख पाउने गरेको गुनासो गर्ने गरेका छन् ।

 

दाङ क्षेत्र नं २ बाट उम्मेदवार बन्नुभएका नेकपा एमालेका महासचिव शङ्कर पोख्रेल, नेपाली कम्युनिष्ट पार्टीका निर्मल आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका विपिन आचार्यलगायत उम्मेदवारहरु मतदाता भेट्न घरदैलो कार्यक्रममा छन् ।

 

दाङ २ मा घोराही उपमहानगरपालिकाका १५, तुलसीपुर उपमहानगरपालिकाका चार वडा र बङ्गलाचुली गाउँपालिकाका आठ वडा रहेका छन्भने हाल थपिएका सात हजार २३६ सहित एक लाख ४० हजार ९४८ मतदाता छन् ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मतदाता भन्छन्, ‘नागरिकका समस्या बुझ्ने नेतालाई भोट’

ढोरपाटन (बागलुङ), आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरु मतदाता रिझाउन घरदैलो गरिरहेका छन् । घरदैलोमा पुग्ने नेतालाई मतदाताले विकास, सुशासन र रोजगार सिर्जना गर्नुपर्ने माग गरेका छन् । हरेक चुनावमा आश्वासन मात्रै दिने तर चुनाव जितेपछि काम नगर्ने प्रवृत्ति दोहोरी...

जुम्लाका ५२ वटा मतदानस्थल अतिसंवेदनशील

जुम्ला, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाका ५२ वटा मतदानस्थललाई अति संवेदनशीलका रूपमा वर्गीकरण गरिएको छ ।मतदानस्थललाई शान्तिपूर्ण र भयरहित बनाउन सुरक्षा निकायले मतदानस्थललाई तीन तहमा वर्गीकरण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रबिनबाबू रेग्मीले जानकारी दिनुभयो ।     एक नगरपालिकासहित...

तनहुँमा तीन सय पैँतीस नयाँ उद्योग थपिए

तनहुँ,  एकीकृत सेवा कार्यालय दमौलीमा चालु आर्थिक वर्षको छ महिनामा ३३५ नयाँ उद्योग दर्ता भएका छन् । गत साउनदेखि पुस मसान्तसम्म उद्योग १८०, वाणिज्य फर्म १५३ र पर्यटनतर्फ दुईवटा दर्ता भएका हुन् । उक्त अवधिमा रु ४६ लाख सात हजार ४०० राजस्व सङ्कलन भएको कार्यालय...

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी (अमेरिका),  अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ । बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका...

मतदाता भन्छन्, ‘नागरिकका समस्या बुझ्ने नेतालाई भोट’

ढोरपाटन (बागलुङ), आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरु मतदाता रिझाउन घरदैलो गरिरहेका छन् । घरदैलोमा पुग्ने नेतालाई मतदाताले विकास, सुशासन र रोजगार सिर्जना गर्नुपर्ने माग गरेका छन् । हरेक चुनावमा आश्वासन मात्रै दिने तर चुनाव जितेपछि काम नगर्ने प्रवृत्ति दोहोरी...

मतदाता भन्छन्, ‘नागरिकका समस्या बुझ्ने नेतालाई भोट’

ढोरपाटन (बागलुङ), आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरु मतदाता रिझाउन घरदैलो गरिरहेका छन् । घरदैलोमा पुग्ने नेतालाई मतदाताले विकास, सुशासन र रोजगार सिर्जना गर्नुपर्ने माग गरेका छन् । हरेक चुनावमा आश्वासन मात्रै दिने तर चुनाव जितेपछि काम नगर्ने प्रवृत्ति दोहोरी...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

आज जगदम्बिके भगवती माविमा ४४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३, रानीकुण्डास्थित जगदम्बिके भगवती माध्यमिक विद्यालयको दोस्रो वार्षिक उत्सव तथा ४४ औँ अभिभावक दिवस कार्यक्रम आज माघ १९ गते (सोमबार) हुँदैछ।   विद्यालय प्राङ्गणमा बिहान १० बजेबाट सुरु हुने कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवर प्रमुख अतिथिका रूपमा सहभागी हुने...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

जगदम्बिकेले मनायो ४४ औं अभिभावक दिवस तथा दोस्रो वार्षिकोत्सव

कैलाली । कैलालीको बर्दगोरिया-३ स्थित जगदम्बिके भगवती मावि रानीकुण्डाले आफ्नो स्थापनाको ४४ औं अभिभावक दिवस तथा दोस्रो वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरको प्रमुख आतिथ्यमा वार्षिकोत्सव मनाइएको हो ।   सो अवसरमा गाउँपालिका अध्यक्ष कुँवरले विद्यालय शैक्षिक विकासका लागि गाउँपालिकाले बजेट...

निपाह भाइरसको सङ्क्रमण फैलिन नदिन पश्चिमी नाकामा निगरानी

दोधारा चाँदनी(कञ्चनपुर),  छिमेकी मुलुक भारतमा निपाह भाइरसको सङ्क्रमण देखिएपछि नेपालमा फैलिन नदिन भारतसँग जोडिएका पश्चिमी सीमा नाकामा निगरानी बढाइएको छ ।भारतसँग जोडिएका सुदूरपश्चिमका पाँच नाकामा नेपाल भित्रिने यात्रुमाथि निगरानी बढाएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार कैलालीको...

साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग भारत पराजित

कास्की, पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको आजको पहिलो खेलमा भारतलाई बङ्गलादेशले २–० गोलले पराजित गरेको छ ।बङ्गलादेशले खेलको पहिलो हाफमा गरेको दुई गोलनै भारतलाई हराउन पर्याप्त रह्यो । खेलको २९ औँ मिनेटमा कप्तान अरपिता विश्वास अरपिताले...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९