भैरहवा क्षेत्रमा रात्रीकालीन बजार सञ्चालनका लागि पहल गरिने

देवदह (रुपन्देही),  रुपन्देहीको भैरहवामा रात्रिकालीन बजार सञ्चालनका लागि पहल गरिने भएको छ । सिद्धार्थ सञ्जाल, रुपन्देहीले यस क्षेत्रमा रात्रिकालीन बजार सञ्चालनका लागि स्थानीय सरकार (सिद्धार्थनगर नगरपालिका), जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग आवश्यक परामर्श तथा पहल गर्ने भएको हो ।

 

यही माघ १९ र २० गते नवलपरासी (बर्दघाट–सुस्ता–पूर्व), नवलपुरको कावासोती नगरपालिका–१५ स्थित बाघखोरमा भएको सञ्जालको समीक्षा तथा योजना बैठकले यस्तो निर्णय गरेको अध्यक्ष अनिलकुमार ज्ञवालीले बताउनुभयो । अध्यक्ष ज्ञवालीले विगतमा पनि रात्रिकालीन बजार सञ्चालनका लागि समिति बने पनि आवश्यक काम अघि बढ्न भने बाँकी रहेको बताउनुभयो ।

 

उहाँले बजार सञ्चालनका लागि विशेष गरी प्रहरी–प्रशासन र स्थानीय सरकारको साथ र सहयोग आवश्यक रहेकामा जोड दिनुभयो । सञ्जालले विगतमा पनि पहल गरेको र पुनः पहल थाल्ने उहाँले जानकारी दिनुभयो । यसमा सिद्धार्थनगर नगरपालिकाले विशेष चासो राख्नुपर्ने उहाँको भनाइ छ ।

 

 

“नेपालमा स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक बेलहिया नाका हुँदै भित्रिने गरेका छन्, तर गौतमबुद्धको जन्मस्थल लुम्बिनीको मुख्य प्रवेशद्वार भैरहवामा पर्यटकको बसाई अवधि लम्ब्याउन सकिएको छैन, बेलहिया हुँदै अन्यत्र जाने पर्यटकलाई कम्तीमा एकदिन भए पनि भैरहवामा बसाउन रात्रीकालीन बजार सञ्चालनको अत्यन्तै आवश्यकता छ”, अध्यक्ष ज्ञवालीले भन्नुभयो ।

 

हप्तामा कम्तीमा दुईदिन रात्रिकालीन बजार सञ्चालन गरी स्थानीय खानाका परिकारको स्टल राख्ने, विभिन्न जातजाति तथा समुदायबाट सांस्कृतिक प्रस्तुति, गौतमबुद्धको जीवनीमा आधारित वृत्तचित्र देखाउनुका साथै विभिन्न कार्यक्रम आयोजना गर्न सकिने उहाँको भनाइ छ ।रात्रिकालीन बजार सञ्चालन भएपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्ने र यस क्षेत्रको आर्थिक गतिविधिलाई अझ चलायमान बनाउन सहयोग पुग्ने अध्यक्ष ज्ञवालीले बताउनुभयो ।

 

समीक्षा तथा योजना बैठकले १८ बुँदे वार्षिक कार्ययोजना तय गरेको सिद्धार्थ सञ्जालका महासचिव मधुप्रसाद पन्थीले बताउनुभयो । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडानका लागि दबाबमूलक कार्यक्रम र सम्बन्धित ठाउँमा छलफल, पर्यटन प्रवद्र्धनसम्बन्धी योजना ल्याएर पर्यटकका समस्या समाधानका लागि पहल तथा पर्यटकीय र धार्मिकस्थलको पहिचान गरी प्रचारप्रसारको योजना ल्याउने निर्णय भएको महासचिव पन्थीले जानकारी दिनुभयो ।

 

त्यस्तै विभिन्न सङ्घ–संस्थासँग छलफल तथा अन्तक्र्रिया गरी समस्या समाधानका लागि सम्बन्धित निकायमा पहल, उद्योगी–व्यवसायी र वस्तुगत सङ्घ–संस्थाको गुनासो सुनी सम्बन्धित ठाउँमा पेस, ट्राफिक सचेतना कार्यक्रम सञ्चालन, शान्ति सुरक्षाको अवस्थाबारे सुरक्षा निकायसँग समन्वय गरी छलफल तथा अन्तक्र्रिया, स्थानीय विकास र भौतिक निर्माणसँग सम्बन्धित विषयमा स्थानीय सरकारका जनप्रतिनिधिसँग छलफल, समग्र भैरहवाको विकासका अवसर तथा चुनौती विषयक छलफल कार्यक्रम एवं गुणस्तरीय शिक्षा र स्वास्थ्यको लागि सम्बन्धित निकायसँग छलफल गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

 

त्यसैगरी सीमा क्षेत्र व्यवस्थित गर्न आवश्यक पहल, सरकारी कार्यालयहरुसँग समन्वय गरी आवश्यक सल्लाह–सुझाव दिने तथा यहाँका समस्याबारे सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने र यस क्षेत्रमा महोत्सव सञ्चालनका लागि स्थायी मण्डप नभएकाले भैरहवा मण्डपका लागि जग्गाकोे व्यवस्थापनका निम्ति सम्बन्धित निकायमा पहल गर्ने निर्णय भएको सञ्जालका उपाध्यक्ष डा शान्तकुमार शर्माले बताउनुभयो ।

 

करिब अढाइ वर्षअघि भैरहवा क्षेत्रका सङ्घ–संस्थाको भेला गरी शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग, व्यवसाय क्षेत्रको विकासका लागि आवाज बुलन्द गर्ने उद्देश्यले सिद्धार्थ सञ्जाल, रुपन्देही गठन भएको वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताउनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९