सुदूरपश्चिम : सर्पदंशबाट तीन वर्षमा एक हजार नौ सयभन्दा बढी प्रभावित

कञ्चनपुर,   सुदूरपश्चिम प्रदेशमा सर्पदंशबाट पछिल्लो तीन वर्षको अवधिमा एक हजार नौ सय २६ व्यक्ति प्रभावित भएका छन् । तीमध्ये एक सय ५४ जनालाई विषालु सर्पले टोकेको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

 

 

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटी दिपायलका किटजन्य रोग अधिकृत हेमराज जोशीका अनुसार आर्थिक वर्ष २०८२÷८३ को हालसम्म पाँच सय ८७ जनालाई सर्पदंशबाट प्रभावित भएका छन् । तीमध्ये १७ जनालाई विषालु र पाँच सय ७० जनालाई विषरहित सर्पले टोकेको छ ।

 

 

यस्तै, आर्थिक वर्ष २०८१/८२ मा आठ सय २७ जनालाई सर्पदंश लागेको थियो । यसमध्ये ४६ जनालाई विषालु र सात सय ८१ जनालाई विषरहित सर्पले टोकेको थियो । आर्थिक वर्ष २०८०÷८१ मा भने पाँच सय १२ जना सर्पदंशबाट प्रभावित भएका थिए । तीमध्ये ९१ जनालाई विषालु र चार सय ४१ जनालाई विषरहित सर्पले टोकेको थियो ।

 

 

प्रदेशका कैलाली र कञ्चनपुर जिल्ला सर्पदंशको उच्च जोखिममा रहेका छन् । तराई क्षेत्र, घना बस्ती, खेतबारी, खोलानाला तथा झाडी धेरै भएका कारण यी जिल्लामा सर्पको आवागमन बढी हुने गरेको अधिकृत जोशीले बताउनुभयो ।

 

 

उहाँका अनुसार सुदूरपश्चिममा सर्पदंशका घटनामा गोमन), करैत लगायतका विषालु सर्पको टोकाइ बढी देखिने गरेको छ । विशेषगरी रातिको समयमा करैत सर्पले सुतिरहेको अवस्थामा टोक्ने घटना बढी हुने गरेको उहाँको भनाइ रहेको छ ।विशेषगरी वर्षायाम तथा खेतीपातीको समयमा सर्पदंशका घटना बढ्ने गरेका छन् । जेठदेखि असोज महिनासम्म खेतमा काम गर्ने, राति घर वरपर सर्प पस्ने तथा बाढी–डुबानका कारण सर्प बस्तीमा पस्ने समस्या बढ्ने हुँदा सो अवधिमा अस्पतालमा सर्पदंशका बिरामीको चाप बढी हुने गरेको छ ।

 

 

 

स्वास्थ्यकर्मीहरूका अनुसार सर्पले टोकेपछि पनि धेरैजसो बिरामी अस्पताल जानुको सट्टा झारफुक, धामी–झाँक्री र घरेलु उपचारमा निर्भर हुने गरेका छन् । जसले गर्दा ज्यान जोखिममा पर्ने अवस्था सिर्जना हुने गरेको छ । “सर्पले टोकेपछि समयमै अस्पताल पुगेर ‘एन्टी स्नेक भेनम’ सुई लगाउन सके विषालु सर्पले टोकेका बिरामीलाई बचाउन सकिन्छ,” कञ्चनपुरको देखतभूली स्वास्थ्य चौकीका प्रमुख लिलाकान्त झाले भन्नुभयो, “ढिलाइ हुँदा भने ज्यान जाने जोखिम बढ्छ ।

 

 

” हाल सुदूरपश्चिमका नौवटै जिल्लामा सर्पदंशको प्राथमिक उपचार सेवा उपलब्ध भए पनि जटिल प्रकृतिका बिरामीलाई भने सुविधासम्पन्न अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता रहेको छ । ग्रामीण तथा दुर्गम क्षेत्रका सर्पदंशका बिरामीलाई सडकको असुविधा र यातायात सेवाको अभावका कारण समयमै अस्पताल ल्याउन कठिनाइ हुने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।तराईका जिल्लामा नेपाली सेनाले विभिन्न स्थानमा स्थानिय तहको समन्वयमा सर्पदंश उपचार केन्द्र सञ्चालन गर्दै आएको छ । यसले आकस्मिक अवस्थामा बिरामीको ज्यान जोगाउन सहयोग पु¥याएको छ ।राष्ट्रिय समाचार समिति(रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९