राष्ट्रियता र स्थायित्वका लागि एमालेको सरकार अपरिहार्य : उपमहासचिव लेखराज भट्ट

कैलाली। नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले राष्ट्र र राष्ट्रियता जोगाउन एमालेको सरकार आवश्यक रहेको बताएका छन्।

 

प्रेस चौतारी नेपालको २८औँ स्थापना दिवसको अवसरमा धनगढीमा आयोजित अक्षयकोष स्थापना, पुरस्कार वितरण तथा स्मारिका विमोचन कार्यक्रममा बोल्दै उपमहासचिव भट्टले यस्तो बताएका हुन् ।

 

आसन्न निर्वाचनमा एमालेलाई जिताउन आह्वान गर्दै उनले भने, “राष्ट्रियता जोगाउन एमालेको सरकार आवश्यक छ। आसन्न निर्वाचनमा एमालेलाई जिताऔँ।”

 

देशमा स्थायित्वका लागि पार्टीले नचाहँदा-नचाहँदै निर्वाचन स्वीकार गरेको स्पष्ट पार्दै उनले भने, “हामीले यो निर्वाचन चाहेका होइनौँ, तर देशको स्थायित्वका लागि निर्वाचनमा होमिएका हौँ।”

 

भट्टले राजनीतिक दर्शनविना संस्कृतिलाई सधैँका लागि ध्वंस गर्ने शक्तिहरू भए पनि त्यसबाट देश निर्माण सम्भव नहुने बताए।

 

कैलाली क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका भट्टले ‘गुगल हेरेर बोल्ने’ भन्दा भूगोल र जनताको मनोविज्ञान बुझ्ने नेता आवश्यक रहेको उल्लेख गरे। आफूले रेखाङ्कन गरेका विकास आयोजना पूरा गर्न पुनः उम्मेदवार बनेको उनले बताए।

 

नेकपा एमाले केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य लिला भण्डारीले राष्ट्रिय शक्तिलाई छिन्नभिन्न पार्न अदृश्य शक्ति सक्रिय रहेको दाबी गरे। उनले वर्तमान सरकार निर्वाचन नगर्ने मनसायमा रहेको आरोप लगाउँदै एमालेको नेतृत्वमा सरकार बनाउने वातावरण सिर्जना गर्न आह्वान गरे।

 

प्रेस चौतारी प्रदेश इन्चार्ज दिलबहादुर छत्यालले मुलुक विषम परिस्थितिमा रहेको भन्दै संकट समाधानमा प्रेस चौतारीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए।

 

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष भरत शाहले राजनीतिक परिवर्तन र निर्वाचनजस्ता संवेदनशील विषयमा समाचार सम्प्रेषण गर्दा पत्रकारहरूले आचारसंहिता पूर्ण रूपमा पालना गर्दै आफ्नो सुरक्षामा पनि ध्यान दिनुपर्ने सुझाव दिए।
कार्यक्रममा नेकपा एमाले उपमहासचिव लेखराज भट्ट, प्रेस चौतारी इन्चार्ज दिलबहादुर छत्याल, एमाले केन्द्रीय सदस्यहरू लिला भण्डारी, सन्तोष शर्मा थापा, सुदूरपश्चिम प्रदेश सचिव रणबहादुर चन्द, उपसचिव भागरथी बिष्ट, एमाले कैलाली अध्यक्ष यज्ञराज ढुंगाना लगायतले मुलुकको संकट समाधान आवश्यक रहेको धारणा राखेका थिए।

 

पाच पत्रकार र दुई शाखालाई पुरस्कार तथा सम्मान
प्रेस चौतारी नेपालको २८औँ स्थापना दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश कमिटी र जिल्ला कमिटीद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा पाँच जना पत्रकार र दुई शाखालाई सम्मान गरिएको छ।

 

बिहीबार धनगढीमा आयोजित कार्यक्रममा प्रेस चौतारी सुदूरपश्चिम प्रदेश शाखाले स्थापना गरेको कर्ण बोहरा स्मृति पत्रकारिता पुरस्कार बाट एकिन्द्र तिमिल्सेना (कैलाली) र सरिता नेपाली (बाजुरा) लाई सम्मान गरिएको छ।
त्यसैगरी दीर्घ खत्री स्मृति पत्रकारिता पुरस्कार बाट रमेश विष्ट (बझाङ) पुरस्कृत भएका छन्। उत्कृष्ट शाखाका रूपमा प्रेस चौतारी नेपाल बाजुरा र कञ्चनपुर शाखालाई सम्मान गरिएको छ। प्रेस चौतारी प्रदेशले तयार गरेको स्मारिका पनि आज बिमोचन गरिएको छ ।

 

प्रेस चौतारी जिल्ला शाखाद्वारा स्थापना गरिएको चक्र डगौरा स्मृति पत्रकारिता पुरस्कार लिलाजंग शाहीलाई प्रदान गरिएको छ भने सृजनशील युवा पत्रकारिता पुरस्कार कमल साउदलाई प्रदान गरिएको छ।

 

स्थापना दिवसका अवसरमा पत्रकार अक्षयकोष स्थापना गरिएको छ। दस लाख रुपैयाँको कोष बनाउने लक्ष्यसहित सुरु गरिएको अक्षयकोषमा हालसम्म एक लाख ५८ हजार ३०० रुपैयाँ संकलन भएको प्रेस चौतारी कैलाली जिल्ला अध्यक्ष जनक विष्टले जानकारी दिए।

 

कोषबाट नेपाल पत्रकार महासंघका सदस्य तथा तिनका परिवारका सदस्यहरूलाई समस्या परेमा सहयोग उपलब्ध गराइने संस्थाले जनाएको छ। हेडलाइन चेन्ज गरेर बनाउनुहोस्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९