कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिकामा नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश राज्य अन्तर्गत लखिमपुर तिकुनिया घर भई हाल कैलालीको बर्दगोरिया गाउँपालिका–२ मा बसोबास गर्दै आएका ५३ वर्षीय साहिद अली रहेका छन्।
प्रहरीका अनुसार साहिद अलीले १५ वर्षीया बालिकालाई राजकुला सामुदायिक वन क्षेत्रको जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि घटनाबारे अनुसन्धान अघि बढाइएको थियो। उजुरीकै आधारमा शनिबार साँझ इलाका प्रहरी कार्यालय सडकपुर बौनिया, कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
घटनापछि पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ भने आवश्यक कानुनी प्रक्रिया पूरा गरी अभियुक्तमाथि कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ।

























































































































































