आलेखः एकातिर चुनावको नारा अर्कोतिर होलीको गीतले गुञ्जमान भयो मिथिला

जलेश्वर, जिन्दावाद, जिन्दावाद…पार्टी जिन्दावाद, …छाप जिन्दावाद, ।
जिन्दावाद, जिन्दावाद…पार्टी जिन्दावाद, … छाप जिन्दावाद, ।
जात पर न पात पर, मोहर लगाऊ …छाप पर,
…भैया जिन्दावाद, …भैया जिन्दावाद,
जिन्दावाद, जिन्दावाद…छाप जिन्दावाद ।
‘जोगिरा सररर, सररर, सररर । जोगिरा सररर ।’

 

‘मिथिलामे राम खेलैया होली, मिथिलामे । मिथिलामे हो, मिथिलामे हो, मिथिलामे ।’ मिथिलामे राम खेलैय होली, मिथिलामे । ‘किनका के सोभे पियरी पितम्बर, किनकाके सोभे पियरी पितम्बर, किनकाके हाथ अबिर झोली । मिथिलामे, हो मिथिलामे राम खेलैय होली, मिथिलामे’ ‘सीताजीके सोभे पियरी पितम्बर, सीताजीकै सोभे पियरी पितम्बर, रामजीके हाथ अबिर झोली । हो, हो, रामजीके हात अबिर झोली, मिथिलामे, हो मिथिलामे राम खेलैय होली, मिथिलामे ।’

 

‘जोगिरा सररर, सररर, सररर । जोगिरा सररर ।’ ‘रङ बरसे भिगे चुनरबाली रङ बरसे, हो रङबरसे भिगे चुनरवाली रङबरसे’‘सीया झारु नम्बी केश, राम लैहे सोनेके ककहिया । हो, सीया झारु नम्बी केश, राम लैहे सोनेके ककहिया ।’सीया झारु नम्बी केश, सीया हो, हो, हो । सीया झारु नम्बी केश, सीया हो, हो, हो सीया झारु नम्बी केश । राम लैहे सोनेके ककहिया ।’

 

प्रतिनिधिसभा निर्वाचन २०८२ सँगै अहिले रङ र अबिरको पर्व होलीको अब एक साता मात्रै बाँकी रहँदा मिथिलाको प्रत्येक गाउँ÷सहरमा एकातिर निर्वाचनको प्रचार, उम्मेदवारको प्रचार, छापको प्रचार र अर्कोतिर होलीको गीत (जोगिरा)ले गुञ्जमान बनेको छ ।

 

एकातिर नेता, कार्यकर्ता, होरन, माइक लिएर गाउँगाउँ र बस्तीबस्तीमा चुनावी होहल्ला छ भने अर्कोतिर नेपालका तराई–मधेस र भारतको विहार राज्यको अधिकांश जिल्ला समेटिएर बनेको मिथिला क्षेत्रमा अहिले साँझ पर्नेबित्तिकै गाउँगाउँमा डम्फु, झ्याली, ढोल, मृदङ्ग बज्न थालेको छ भने चारैतिर जोगिराको धुनहरु सुनिन थालेको छ ।
चुनावी अभियानमा विभिन्न उमेरका व्यक्तिहरु होमिएर गाउँगाउँ डुलिरहेका छन् भने उमेरले ६५ पुग्न आँटेका जलेश्वर नगरपालिका–८ बजराही निवासी विपेन्द्र पाण्डे साँझ पर्नासाथ आफ्ना घरबाट हातमा डम्फु समातेर गाउँको चौबाटोस्थित मिलन चोकमा पुग्ने गर्नुहुन्छ । त्यस्तै गाउँको उत्तरबारी टोलबाट हारमुनियम लिँदै स्थानीय ५७ वर्षीय रामदेव महरा पनि सूर्यास्त हुनासाथ सोही चोकमा आइपुग्नुहुन्छ । यी दुवै जनाको आगमन भइसकेको खबर पाउनासाथ गाउँको पछियारी टोलबाट ४६ वर्षीय मोहन साह पनि आफ्नो घरबाटै दुवै हातले झ्याली पिट्दै मिलन चोकमा आइपुग्नुहुन्छ भने गाउँको पूर्वारी टोलबाट ७२ वर्षीया गौरी चौधरी पनि ढोल बजाउँदै सोही ठाउँमा पुग्नुहुन्छ ।
विभिन्न वाद्यवादनका साथ मिलन चोकमा आइपुग्ने उहाँहरुबाहेक गाउँकै लोकगायक अरुण पाण्डे, धीरेन्द्र चौधरी, आशनारायण मण्डलसहित अन्य थुप्रै व्यक्ति पनि साँझको दियो बल्नेबित्तिकै गाउँको मिलन चोकमा जम्मा हुने गर्नुहुन्छ । बजराही गाउँको चारै दिशाबाट गाउँको बीच चोकमा कुनै सभा, सम्मेलन, बैठक, बहस वा छलफल गर्नका लागि जम्मा हुँदैनन । बरु आपसी भाइचारा, प्रेम सद्भाव, सुखदुःख साटासाट गर्न र जोगिराको संरक्षण र प्रवद्र्धनका लागि अहिले दैनिक रुपमा उनीहरु जम्मा हुने गर्दछन् ।

 

बजराही गाउँमा अहिले साँझको सात बज्नासाथ मनलाई मुग्ध बनाउने जोगिरा सुनिन थालेको छ । होलैयाहरु (जोगिरा गाउनेहरु) एकै स्वरमा लय हालेर जोगिरा गाएको सुन्दा बजराही गाउँको टोलटोलमा आ–आफ्ना घर आँगनमा बसिरहेका जो–कोही पनि प्रसन्न एवं खुसी हुने गर्दछन् ।

 

होलैयाहरुले हातहातमा ढोल, तासा, मृदङ्ग, डम्फु, झ्यालीलगायत बाजाहरु लिएर विभिन्न धुन र सङ्गीतको सिर्जना गर्दै सुरु गरेका जोगिरा राति ११÷१२ बजेसम्म चलिरहन्छ । विभिन्न प्रकारका गीत, चुटकिला, हाँसो ठट्टा र जिस्क्याउने तीतामीठा वाक्य र शब्दहरुलाई लयमा ढालेर गाइएको जोगिरा सुन्न र हेर्न गाउँलेहरुको भीड लाग्ने गर्दछ भने जोगिराका क्रममा हुने नाचगानमा ठूलो सङ्ख्यामा सहभागी हुने गरेकोे होलैया अरुण पाण्डेले बताउनुभयो ।

 

 

जलेश्वर नगरपालिका–८ बजराही गाउँका जोगिरा टोली निकै चर्चित छ भने यहाँको जोगिरा टोलीमा हिन्दू र मुस्लिम समुदायको समावेशीताले यसलाई झन अद्भूत बनाइदिएको स्थानीय मुसलिम अगुवा सकुर राइनको बुझाइ छ ।

 

 

हिन्दूको पर्वमा मुस्लिम सहभागी नहुने र मुस्लिमको पर्वलाई हिन्दूले चासो नदिने परिपाटी महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाको–८ बजराही गाउँमा देखिँदैन । यहाँका दुवै समुदायका युवा तथा बुद्धिजीवी अगुवाहरुले यस सामाजिक विभेदलाई चिरेर अगाडि बढेको अवस्था रहेको स्थानीय नेपाली कांग्रेसका युवा नेता अनिल पाठक बताउनुहुन्छ । वर्षांैदेखि यहाँका मुस्लिम हिन्दूको पर्वमा र हिन्दूहरु मुस्लिमको चाडपर्वमा एकसाथ उभिएर पर्व मनाउँदै आएको उहाँको भनाइ छ ।

 

जलेश्वर नगरपालिका–८ बजराही गाउँमा जोगिराको रङ चढेर धुम मचाइरहका बेला जलेश्वर नगरपालिकाकै वडा नं ७ अनकार गाउँमा पनि बर्सेनि जोगिराले धुम मचाउने गर्दछ । यसमा सर्वसाधारण स्थानीय बासिन्दासहित जनप्रतिनिधि पनि उत्साहजनक रुपमा सहभागी हुने गर्दछन् ।
सो वडाका वडाध्यक्ष रामछविला यादव स्वयं पनि होलैया भएको कारण अहिले त्यस वडामा पनि होलीका अवसरमा जोगिरा गाउनकै लागि युवाहरु देश परदेशबाट गाउँ फर्किएका छन् भने जोगिराको धुनले अहिले रातभरि गाउँलेहरुलाई जाग्राम बस्ने बनाएको स्थानीय युवा नेता सुशीलकुमार शर्मा बताउनुहुन्छ ।

 

मिथिला क्षेत्रसहित सम्पूर्ण देशकै लागि खुसी र उमङ्गको पर्व होलीलाई निम्ता दिँदै विगत दुई÷तीन दिनदेखि वडा नं ७ मा युवा, वयस्क तथा वृद्धसमेतको छुट्टाछुट्टै टोलीले जोगिरा गाएर पुरै वडालाई नै सङ्गीतमय बनाउने गरेका छन् । स्थानीय शिवचन्द्र कापरका अनुसार यस वडामा अहिले कतिबेला साँझ पर्ने र कतिबेला होलैयाहरु आएर जोगिरा सुरु गर्ने प्रतिक्षामा घरघरमा महिला, पुरुष तथा बालबालिका र वृद्धवृद्धासमेत बसिरहेका हुन्छन् भने जोगिरा सुरु हुनेबित्तिकै प्रत्येक घरघरबाट निस्केर सबैजना होलीगीत सुन्नका लागि चोकसम्म पुग्ने गर्दछन् ।

 

सम्पूर्ण मिथिलाञ्चलवासीलाई मनपर्ने जोगिरा महोत्तरीको जलेश्वर नगरपालिकामा मात्रै सीमित नभएर जिल्लाको पिपरा गाउँपालिका–७ बनौली गाउँमा पनि निकै धुमधामका साथ गाइने गरिएको स्थानीय सञ्चारकर्मी नवीन प्रियदर्शी बताउनुहुन्छ । सो गाउँमा एउटै मञ्चमा विभिन्न उमेर समूहका व्यक्तिहरु बसेर जोगिरा गाउने, हाँस्ने, हसाउने, कथा, कहानी र जीवनका अनुभवहरु साटासाट गर्दै देवीदेवताप्रति भक्तिभाव, ठूलालाई आदर सत्कार र सानालाई स्नेह बाँड्ने गरेको उहाँले थप्नुभयो ।

 

कवि कोकिल विद्यापतिको जन्मथलोसमेत रहेको सो गाउँमा विगत केही दिनदेखि रातिका बेला होलैयाहरुको भीडले मेला जस्तै लाग्ने गरेको स्थानीय सुनील ठाकुले बताउनुभयो । जलेश्वर नगरपालिकाको बजराही, अनकार र पिपराको बनौली गाउँ जस्तै जोगिराको धुनमा अहिले महोत्तरीको मनरासिस्वा नगरपालिकाको–९ बथनाहा गाउँ पनि रङ्गिएको छ ।

 

महोत्तरी जिल्लाको १० नगरपालिका र पाँच गाउँपालिकाको प्रत्येक गाउँटोलमा फागुन ७÷८ गतेदेखि नै प्रत्येक रातिका बेला ढोल, तासा, मृदङ्ग, डम्फु, झ्यालीलयायत बाजागाजाका साथ जोगिरा गाउन सुरु भएको विभिन्न पालिकाबाट स्थानीयहरुले बताएका छन् ।

‘फागुन आयो, होली ल्यायो’
‘मारो भरभर कर पिचकारी’
‘होली आयो, मस्ती छायो’
‘मारो भरभर कर पिचकारी’
‘जोगिरा सररर, जोगिरा सररर……. ’
‘कई हातका धोती पहना, कई हात लपेटा’
‘कई घाटका पानी पिया, कई बापका बेटा’
‘जोगिरा सररर, जोगिरा सररर…….’

 

जस्ता सयौँ गीत, चुट्किला, हाँसो ठट्ठा र दुःख बिर्साएर खुसी साटासाट गर्ने महापर्वको होलीलाई आगमनको प्रतिक्षामा अहिले महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा र भारतका मधुवनी र दरभङ्गा जिल्लासहित सम्पूर्ण मिथिलाञ्चलमा जोगिरा सुरु भइसकेको छ । होलैयाहरुले जोगिराले एक आपसमा भाइचारा, प्रेम, सद्भाव र सुमधुर सम्बन्ध निर्माण गर्ने भएकाले आफूहरु रातिका बेला गाउँको चोकचोकमा ठूला सङ्ख्यामा भेला भएर जोगिरा गाउने गरेको जलेश्वर नगरपालिका– २ का सुदीश साहले बताउनुभयो ।

 

प्रायः होली पर्वभन्दा १५ दिन पहिले सुरु हुने जोगिरा गायन मिथिलाञ्चलको प्रत्येक गाउँगाउँमा तीन÷चार दिनदेखि सुरु भइसकेको छ भने यस जोगिरा गायन होली पर्वको एकदिन पहिलेको रातिसम्म गाइने गरिन्छ । पछिल्लो समय भोजपुरी अश्लिल भड्किलो गीत, डिजे बाजाको चर्को आवाज र मदिरा सेवनकर्ताले होहल्ला गरेर जोगिरा भाँड्नेक्रम बढ्न थालेकामा मनरासिस्वा नगरपालिका–४ का ७७ वर्षीय वृद्ध होलैया अरुणसिंह चिन्ता व्यक्त गर्नुहुन्छ ।

 

मटिहानी नगरपालिका–८ का होलैया वशिष्ठ मिश्र पनि जोगिराको संरक्षण, संवद्र्धन तथा जगेर्नाका लागि स्थानीय जनप्रतिनिधि र प्रशासनले विशेष विशेष ध्यान दिनु जरुरी रहेको बताउनुभयो । जोगिरा मिथिलाञ्चलसहित सम्पूर्ण देशकै धरोहर एवं सम्पत्ति रहेको भन्नुहुँदै उहाँ यसको संरक्षण गर्नुपर्ने धारणा राख्नुहुन्छ ।

 

त्यस्तै, जलेश्वर–५ का संस्कृतिविद् धु्रव रायले होली गीत केबल मनोरञ्जनको साधन वा गीन नभएर हाम्रो परम्परा एवं हाम्रा पुर्खाको धरोहर रहेको र यस परम्परा तथा धरोहरलाई संरक्षण, सम्वद्र्धनका साथै यसको जगेर्ना गर्नु हामी सबैको साझा दायित्व रहेको बताउनुहुँदै यसको संरक्षण, सम्वद्र्धन र जगेर्ना गर्न सबैलाई सल्लाह दिनुभयो ।

 

यसबीच चुनावी अभियानले यस वर्षको जोगिरा गायनलाई प्रभाव पारेको सर्वसाधारण जोगिरा प्रेमीहरु बताउँछन् । चुनावका बेला र त्यसमाथि पनि प्रचारप्रसारको बेला रहेका कारण जोगिरा गायन भइरहेकैबेला पनि उम्मेदवार तथा उनका नेता, कार्यकर्ताहरु भोट माग्न आइदिने, जोगिरा गायनमा बसेकालाई उठाएर चुनावी अभियानमा भोट माग्न लगिदिनेजस्ता क्रियाकलापले यस वर्षको जोगिरा गायन प्रभावित भइरहेको जलेश्वर–८ का होलैया अरुण पाण्डेले बताउनुभयो । सञ्जीतकुमार मण्डल/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ५८ अर्ब नाघ्यो

काठमाडौँ,  तिर्न बाँकी सरकारी ऋण साढे २८ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको गत माघ मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुुसार चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण रु २६ खर्ब ७४ अर्ब चार करोड रहेकामा माघ मसान्तसम्ममा रु एक खर्ब ८४...

चीनबाट प्राप्त सहयोगप्रति प्रधानमन्त्रीद्वारा कृतज्ञता व्यक्त

काठमाडौँ, प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका विविध पक्षबारे विचारविमर्श भएको थियो ।   प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री कार्कीले राजदूत चाङलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो । साथै...

पेट्रोलियम पदार्थको बिक्रीमा रोक

मान्म (कालीकोट),  प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जथाभावी पेट्रोलियम पदार्थ बिक्रीमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालयले पेट्रोलियम पदार्थको खुला बिक्रीवितरणमा रोक लगाएको हो ।   निर्वाचन अवधिभर पेट्रोल, डिजेल र मट्टितेललगायत पेट्रोलियम पदार्थ बोतल, जर्किन वा अन्य खुला...

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी (अमेरिका),  अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ । बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका...

सवारी दुर्घटनामा दुई जनाको मृत्यु, विभिन्न स्थानमा चार जना मृत भेटिए

काठमाडौँ,  गोरखा र सुनसरीमा आज भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने काठमाडौँ, दाङ, मोरङ र काभ्रेमा चार जना मृत फेला परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीको इटहरी नगरपालिका–१० मा आज अपराह्न टिपरले मोटरसाइकललाई ठक्कर दिँदा सो स्थानका अजयकुमार...

निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

काठमाडौँ,  निर्वाचन आयोगले निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू हुन नदिने र कहीँ कतै भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउन गृह मन्त्रालायलाई अनुरोध गरेको छ ।   आयोगले विज्ञप्ति जारी गरी यही फागुन १८ गते राति १२ः०० बजेदेखि लागू हुने निर्वाचन प्रचारप्रसार...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

शान्ति माध्यमिक विद्यालयको ३६ औँ अभिभावक दिवस तथा प्रथम वार्षिकोत्सव समारोह सम्पन्न

कैलाली। कैलाली जिल्ला स्थित शान्ति माध्यमिक विद्यालय मोहन्याल गाउँपालिका वडा नं ३ फलेबिसौनाको ३६ औँ अभिभावक दिवस तथा प्रथम वार्षिक उत्सव समारोह सम्पन्न भएको छ ।   विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर गिरीको सभापतित्वमा सुरु भएको कार्यक्रममा मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय ‘हिमशिखर’ प्रमुख अतिथि रहनुभएको...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शान्ति माध्यमिक विद्यालयको ३६ औँ अभिभावक दिवस तथा प्रथम वार्षिकोत्सव समारोह सम्पन्न

कैलाली। कैलाली जिल्ला स्थित शान्ति माध्यमिक विद्यालय मोहन्याल गाउँपालिका वडा नं ३ फलेबिसौनाको ३६ औँ अभिभावक दिवस तथा प्रथम वार्षिक उत्सव समारोह सम्पन्न भएको छ ।   विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर गिरीको सभापतित्वमा सुरु भएको कार्यक्रममा मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय ‘हिमशिखर’ प्रमुख अतिथि रहनुभएको...

सुदूरपश्चिममा डेङ्गुबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित

कञ्चनपुर,  सुदूरपश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमणको जोखिम अझै चुनौतीपूर्ण देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्क अनुसार विगत तीन आर्थिक वर्षमा प्रदेशभर डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या सात हजार ६८३ रहेको छ ।   स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग अधिकृत हेमराज जोशीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिममा तीन...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९