विचारः मार्जिन कारोबार भ्रम र वास्तविकता

काठमाडौँ,  नेपाल धितोपत्र बोर्ड (सेबोन) ले यही फागुन १ गतेदेखि पुरानो मार्जिन कारोबारसम्बन्धी निर्देशिका २०७४ खारेज गर्दै नयाँ निर्देशिका २०८२ लागू गरेको छ । खासगरी मार्जिन कर्जा पुँजी अपुग भएका तर बजारमा राम्रो अवसर देखेका लगानीकर्ताले पैसाको जोहो गर्ने एक वैकल्पिक उपाय बन्नसक्ने देखिन्छ । एक लगानीकर्ताले मार्जिन कारोबार के हो र कसरी गर्न सकिन्छ ? यसका लागि के चाहिन्छ ? के यो हरेक लगानीकर्ताका लागि लाभदायक छ ? यसका प्राविधिक पक्ष के हुन सक्छ ? यसले दिनसक्ने जोखिम कस्ता हुन सक्छन् ? प्रत्येक लगानीकर्ताले मार्जिन कारोबार गर्नुपूर्व यावत् प्रश्नको सही जवाफ खोजी गर्नु अनिवार्य हुन्छ ।

 

मार्जिन कर्जा के हो ?

मार्जिन कर्जा भनेको शेयर खरिदका लागि लगानीकर्ताले निर्देशिकाबमोजिम प्रक्रिया पूरा गरेर योग्य धितोपत्र दलाल व्यवसायीकामा निश्चित प्रतिशत रकम जम्मा गरेपछि शेयर खरिद गर्नका लागि दिइने कारोबार सुविधा हो । हालै आएको निर्देशिका अनुसार यस्तो कर्जा लिन चाहने लगानीकर्ताले ३० प्रतिशत रकम आफूले जम्मा गरेमा थप ७० प्रतिशत रकम बराबरको मार्जिन कर्जा लिएर शेयर खरिद गर्न सकिन्छ । मार्जिन कर्जा धितोपत्र दलाल व्यवसायीसँग गरिने कारोबार हो । यस कारोबार नियमअनुसार प्रारम्भमा आफूसँग ३० प्रतिशत रकम भएमा थप ७० प्रतिशतको शेयर खरिद गर्न सकिन्छ । यहाँ बुझ्नुपर्ने मूल कुरा के हो भने तपाईसँग केबल रु ३० छ भने रु १०० को शेयर खरिद गर्न सक्नुहुन्छ ।

 

शेयर कर्जा भनेको आफूले खरिद गरेको शेयर बैंक तथा वित्तीय संस्थामा धितो राखेर सापटी लिने कार्य हो । यस्तो कर्जा लिन सुरुमा शतप्रतिशत पैसा भुक्तानी गरेर शेयर खरिद गरेपछि मात्रै उक्त शेयर बैंकमा जम्मा गरेर नियमअनुसारको ऋण लिन सकिन्छ । खासगरी शेयर कर्जामा रु सयको शेयर खरिद गर्नुपरेमा खरिदकर्तासँग कर्जा लिनुपूर्व नै रु सय हुन आवश्यक रहन्छ तर मार्जिन कारोबारको हकमा केबल रु ३० मात्रै भए पुग्छ । शेयर कर्जामा राखिएको शेयर तत्काल बिक्री गर्न सकिँदैन । यसका लागि बैंकमा गएर कर्जा चुक्ता गरी शेयर फुकुवा गरेर ल्याउनुपर्ने हुन्छ तर मार्जिन लोनमा रहेको शेयर बिक्री गर्नुपरेमा यस्तो गरिरहनु पर्दैन ।

 

मार्जिन कारोबार गर्नुपूर्व लगानीकर्ताले धितोपत्र दलाल व्यवसायीकामा जम्मा गर्नुपर्ने रकमलाई प्रारम्भिक मार्जिन भनिन्छ ।  नयाँ निर्देशिका अनुसार यस्तो मार्जिन कम्तीमा ३० प्रतिशत हुनुपर्ने व्यवस्था छ । यसको अर्थ मार्जिन कर्जा लिएर कुनै लगानीकर्ताले रु एक सयको शेयर खरिद गर्न चाहन्छ भने त्यसका लागि ऊसँग न्यूनतम रु ३० अनिवार्य हुनुपर्छ ।

 

सम्भार मार्जिनलाई कसरी बुझ्ने ?

मार्जिन कारोबार गर्दा लगानीकर्ताले कायम गर्नुपर्ने न्यूनतम् प्रतिशत नै सम्भार मार्जिन हो । निर्देशिका अनुसार २० प्रतिशत सम्भार मार्जिन कायम गर्नुपर्छ । यसको अर्थ रु एक सयमा खरिद गरिएको शेयरको बजार मूल्य घटेर रु ८० मा आइपुगेमा सम्भार मार्जिन थप गर्नुपर्ने हुन्छ तर शेयरको मूल्यवृद्धि भए तापनि शेयर बिक्री नगरेसम्म पहिला राखेको प्रारम्भिक मार्जिनबाट कुनै रकम झिक्न पाइँदैन । यस्तो मार्जिन थप्नका लागि लगानीकर्तासँग आवश्यक पुँजी नभएमा आफूसँग ए, बी र जी कम्पनीका शेयरहरु छन् भने सम्भार मार्जिनका रुपमा राख्न पाइन्छ तर त्यस्ता शेयरको मूल्य गणना गर्दा बजार मूल्यको ६० प्रतिशतले हुन आउने रकमलाई मात्रै गणना गरिन्छ ।

 

मार्जिन कारोबारबाट खरिद गरिएको शेयरको मूल्यवृद्धि भएर सम्भार मार्जिन कायम हुन आएमा यसरी राखिएको थप शेयर लगानीकर्ताले चाहेमा फुकुवा गर्न सकिन्छ । साथै मार्जिन कल गर्दासमेत सम्भार मार्जिन समयमा नतिरेमा शेयर ब्रोकरले लगानीकर्ताको आदेशबिना नै उक्त शेयर बिक्री गरिदिन सक्छ ।

 

 

मार्जिन कल किन र कहिले गरिन्छ ?

मार्जिन कारोबार सुविधा लिँदा लगानीकर्ताले सम्भार मार्जिन कायम गर्ने शर्त पालना गर्नु अनिवार्य हुन्छ । यदि मार्जिन कारोबार गरिरहेका कुनै लगानीकर्ताले सम्भार मार्जिन कायम गर्न नसकेमा शेयर ब्रोकरमार्फत दिइने सन्देशलाई ‘मार्जिन कल’ भनिन्छ । यस निर्देशिका बमोजिम २० प्रतिशतभन्दा बढी सम्पत्ति घट्दा पनि लगानीकर्ताले सम्भार मार्जिन व्यवस्था नगरेका अवस्थामा यस्तो कल गर्ने गरिन्छ । मानौँ मार्जिन कर्जा लिएर खरिद गरिएको रु एक सयको शेयरको मूल्य घटेर रु ८० मा आयो तर सम्बन्धित लगानीकर्ताले सम्भार मार्जिन नियमअनुसार रु २० जम्मा नगरेमा ब्रोकरले ऋणीलाई उक्त तिर्न बाँकी रकमको ताकेता गर्ने कार्य नै मार्जिन कल हो ।

 

अहिलेकै खातामा मार्जिन कारोबार गर्न सम्भव छ ?

मार्जिन कारोबारका लागि अहिले दोस्रो बजारमा कारोबार गर्न चाहिने खाताको अलवा थप तीन वटा खाता खोल्न आवश्यक देखिन्छ । यी खाताबिना मार्जिन कारोबार सम्भव देखिँदैन ।
१) मार्जिन कारोबार खाताः कुनै पनि लगानीकर्ताले मार्जिन कारोबारमार्फत शेयर खरिद वा बिक्री गर्नका लागि धितोपत्र दलाल व्यवसायीकामा खोलिने खाता नै मार्जिन कारोबार खाता हो । यसै खातामा मार्जिन रकम जम्मा गर्ने गरिन्छ ।
२) मार्जिन कारोबार हितग्राही खाता : लगानीकर्ताले मार्जिन कारोबारमार्फत खरिद गरेको शेयर जम्मा गर्न धितोपत्र दलाल व्यवसायीकामा खोलिएको हितग्राही खाता नै मार्जिन कारोबार हितग्राही खाता हो ।
३) मार्जिन कारोबार राफसाफ हितग्राही खाता : राफसाफ सदस्यले मार्जिन कारोबारमार्फत भएको शेयर कारोबारको राफसाफ तथा फछ्र्यौट कार्यका लागि केन्द्रीय कम्पनीको प्रणालीमा खोलेको हितग्राही खाता नै मार्जिन कारोबार राफसाफ हितग्राही खाता हो । यस खातासँग मार्जिन कारोबार खाता र मार्जिन कारोबार राफसाफ हितग्राही खातालाई आबद्ध गर्नुपर्ने हुन्छ ।

 

के सबै शेयरको मार्जिन कारोबार हुन्छ ?

पुँजी बजारमा सूचीकृत भएका सबै कम्पनीका शेयरहरु मार्जिन कारोबार गर्न योग्य रहँदैनन् । यसको लागि निर्देशिकाले जारी गरेको कम्तीमा २५ लाख कित्ता सर्वसाधारण शेयर सूचीकरण भएको, नेटवर्थ चुक्ता पुँजी बराबर वा सोभन्दा बढी भएको, पछिल्लो तीन वर्षमा दुई वर्ष खुद नाफा गरेको र प्रारम्भिक सार्वजनिक निष्काशनमार्फत निष्काशन भएको शेयर सूचीकरण भएको कम्तीमा दुई वर्ष पूरा भएका जुन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूची जारी गरेका हुन्छन् त्यस्ता कम्पनीको शेयर मात्रै मार्जिन कारोबारका लागि योग्य हुने व्यवस्था गरिएको छ । अन्यको हकमा मार्जिन कर्जा सुविधा लिन सकिँदैन ।

 

लगानीकर्ताले मार्जिन कारोबार सुविधाबापत लिएको रकम तथा दायित्व चुक्ता नगरेमा वा सम्भार मार्जिन कायम गर्न नसकेमा मार्जिन कारोबार हितग्राही खातामा रहेको शेयर बिक्री तथा मार्जिन कारोबार खाता राफसाफ गर्ने प्रयोजनका लागि मात्रै लगानीकर्तासँग धितोपत्र दलाल कम्पनीले अग्रीम रुपमा लिइएको मञ्जुरीनामा हो ।  यदि लगानीकर्ताले आफूले लिएको मार्जिन कर्जा तोकिएको समयमा भुक्तान नगरेमा, सम्भार मार्जिन नतिरेमा वा नवीकरण नगरेमा ब्रोकरले लगानीकर्ताको शेयर बिक्री गर्नसक्ने अधिकार प्रत्यायोजन गरिएको पत्र नै अधिकृत वारेसनामा हो ।

 

धितोपत्र दलाल व्यवसायीले आफ्नो प्रमाणित नेटवर्थको पाँच गुणासम्म मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्नेछ तर यस्तो सुविधा दिनका लागि ब्रोकरले बैंक तथा वित्तीय संस्थासँग लिएको ऋण र आफ्नो शेयरधनी वा सञ्चालकसँग लिएको असुरक्षित ऋण धितोपत्र दलाल व्यवसायीको नेटवर्थको ४.५ गुणाभन्दा बढी हुनुहुँदैन । त्यसमा पनि कुनै एक ग्राहक तथा निजको एकाघरका सदस्य वा सम्बद्ध संस्थालाई मार्जिन सुविधा प्रदान गर्दा धितोपत्र दलाल व्यवसायीले प्रदान गर्नसक्ने कूल मार्जिन सुविधाको बढीमा १० प्रतिशतभन्दा बढी हुनुहुँदैन । निर्देशिकाबमोजिम उपलब्ध मार्जिन कारोबार सुविधाको समयावधि बढीमा एक वर्षसम्म हुनेछ तर उक्त समयावधिपश्चात् निरन्तरता दिन चाहेमा नवीकरण गर्न सकिन्छ ।

 

कस्ता छन् मार्जिन कारोबार अवसर र जोखिम ?

शेयर बजारमा मार्जिन कारोबार एक स्थापित विधि हो । यसलाई बुझेर प्रयोग गर्न सक्दा लाभैलाभ र नजानी हौसियौँ भने क्षति हुने निश्चित छ । मार्जिन कारोबार जानेर गर्न सकियो भने अवसर भेटिन्छ तर अरुको भरमा परियो भने नोक्सान हुनेछ । कुनै कम्पनीको राम्रो सूचना आफूले प्राप्त गरेको छ, बजार बढ्दो छ, ब्याजदर घट्दो छ र भविष्यमा शेयर मूल्य अझै माथि जाने सम्भावना देखिएको छ भने मार्जिन कारोबारमार्फत लगानी बढाएर लाभ लिनसक्ने प्रचुर सम्भावना रहन्छ । तर बजार घट्दो छ र ब्याजदर बढ्दो भएको अवस्थामा मार्जिन कारोबार गुम्ने सम्भावना अत्यधिक रहन्छ ।

 

 

 

धेरै कमाउने लोभमा आफ्नो क्षमताभन्दा बढीको मार्जिन कर्जा परिचालन गर्दा आफूले कारोबार गरेको शेयरको मूल्य घट्न गएको अवस्थामा तिर्नुपर्ने सम्भार मार्जिन तिर्न नसक्ने अवस्था आइलाग्यो भने एकातिर मार्जिन कल आएर मानसिक रुपमा दबाब सिर्जना हुन पुग्छ भने अर्कोतिर समयमा सम्भार मार्जिन व्यवस्थापन गर्न नसक्दा ब्रोकरले सस्तोमा शेयर बिक्री गरिदिन सक्छ । यसले आफूले लगानी गरेको मूल धन नै हराउनसक्ने जोखिम सिर्जना गरिदिन्छ । यसले सधैँ नाफा र अवसर मात्र दिँदैन बरु घाटा र जोखिमको मात्रा पनि त्यति नै रहन्छ, जति फाइदाको प्रतिशत रहन्छ । यसैले मार्जिन कारोबार जानेर गर्दा सम्पत्ति सिर्जनाको सुवर्ण अवसर बन्नसक्छ भने हचुवाका भरमा गर्दा भएकै धन सोसेर लैजाने स्पोन्ज बन्न सक्छ ।
अन्त्यमा मार्जिन कारोबारले ज्ञान र अनुभव बटुलेका तर पुँजी अभावका कारण लगानी गर्न रोकिएका लगानीकर्तालाई सहयोग पुग्छ । नवआगन्तुक लगानीकर्ताले भने बृहत् अध्ययन गरेर मात्रै यसको प्रयोग गर्नु उपयुक्त हुन्छ । वारेन्ट वफेटको लगानीको पहिलो नियम आफ्नो मूल धन बचाउनु हो र दोस्रो नियम कहिले पहिलो नियम नभुल्नु हो । यसैले बिना जानकारी, सुझबुझ र अनुभव शेयर बजारमा धेरै कमाउने नाममा जथाभावी मार्जिन कारोबार गर्न थालियो भने मूल धन हराउनेछ । बफेटको लगानी सिद्धान्तविपरीत जाँदा सम्पत्ति गुम्ने र लगानीमा दुर्घटना निम्तने निश्चित छ । यसैले सधैँ लगानी जोखिमलाई न्यूनीकरण गर्दै मार्जिन कारोबारबाट बजारमा अत्यधिक लाभ उठाउनका लागि यसबाट हुनसक्ने लाभ र हानिको सही विश्लेषण गरेर मात्रै आफ्नो लगानीमा मार्जिन कारोबारलाई स्थान दिने गरौँ ।(लेखक धितोपत्र बजारका अध्यता हुनुहुन्छ)अचुतकुमार ओझा

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुलको एसईई नतिजा उत्कृष्ट, ३ जनाले ल्याए ए प्लस

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–१ बौनियामा रहेको द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुल ले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयबाट सहभागी विद्यार्थीमध्ये ३ जना विद्यार्थीले ए प्लस (A+) ग्रेड प्राप्त गरेका छन् भने अन्य विद्यार्थीहरूले पनि उत्कृष्ट GPA ल्याएका छन्।   विद्यालयका अनुसार...

जलस्रोतसम्बन्धी नयाँ छाता कानुन ल्याउने सरकारको तयारी

काठमाडौँ,  जलस्रोतको व्यवस्थापनलाई सङ्घीय संरचना अनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानुन ल्याउने तयारी तीव्र बनाएको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘जलस्रोत विधेयक २०८३’ को मस्यौदा परिमार्जन पूरा गर्दै त्यसलाई स्वीकृतिका लागि अघि बढाउने तयारी गरेको हो ।   हाल कार्यान्वयनमा रहेको जलस्रोत ऐन,...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकेजी रु ९०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६५, गोलभेँडा...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुलको एसईई नतिजा उत्कृष्ट, ३ जनाले ल्याए ए प्लस

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–१ बौनियामा रहेको द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुल ले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयबाट सहभागी विद्यार्थीमध्ये ३ जना विद्यार्थीले ए प्लस (A+) ग्रेड प्राप्त गरेका छन् भने अन्य विद्यार्थीहरूले पनि उत्कृष्ट GPA ल्याएका छन्।   विद्यालयका अनुसार...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुलको एसईई नतिजा उत्कृष्ट, ३ जनाले ल्याए ए प्लस

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–१ बौनियामा रहेको द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुल ले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयबाट सहभागी विद्यार्थीमध्ये ३ जना विद्यार्थीले ए प्लस (A+) ग्रेड प्राप्त गरेका छन् भने अन्य विद्यार्थीहरूले पनि उत्कृष्ट GPA ल्याएका छन्।   विद्यालयका अनुसार...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुलको एसईई नतिजा उत्कृष्ट, ३ जनाले ल्याए ए प्लस

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–१ बौनियामा रहेको द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुल ले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयबाट सहभागी विद्यार्थीमध्ये ३ जना विद्यार्थीले ए प्लस (A+) ग्रेड प्राप्त गरेका छन् भने अन्य विद्यार्थीहरूले पनि उत्कृष्ट GPA ल्याएका छन्।   विद्यालयका अनुसार...

चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने

नारायणगढ (चितवन),  जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जिपिएस जडान अनिवार्य गरिएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जिपिएस जडान गर्नुपर्ने...

‘रन च्यालेन्ज’ शनिबार

काठमाडौँ,  एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा पहिलो चरणको ‘नेपाल—५ के रन च्यालेन्ज’ हुने हुने भएको छ । शनिबार हुने दौडमा विभिन्न छ विधामा प्रतिस्पर्धा हुने एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिनुभयो ।   खुला महिला/पुरुष र ४५ वर्षमाथि पुरुष भेट्रानतर्फ पाँच...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९