प्रतिनिधिसभा निर्वाचनः तनहुँ, बागलुङ र म्याग्दीमा मतगणनास्थल तयार

दमौली (तनहुँ),  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँका दुवै निर्वाचन क्षेत्रमा मतगणनास्थल तयार गरिएको छ ।  मतदान सम्पन्न भएपछि मतगणना गरिने स्थानको टुङ्गो लगाएर आवश्यक व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार तनहुँ क्षेत्र नं १ को मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गरिनेछ भने क्षेत्र नं २ का लागि शुक्लागण्डकी नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना गरिने छ ।

 

मतगणनास्थलमा आवश्यक सुरक्षा प्रबन्ध, सिसी क्यामेरा जडान, तारजाली, अवलोकनकक्ष तथा उम्मेदवार÷प्रतिनिधि बस्ने व्यवस्था मिलाइएको जनाउँदै प्रजिअ तिवारीले मतपेटिका सुरक्षित रूपमा राख्नका लागि कडा सुरक्षासहितको कोठा तयारी गरिएको बताउनुभयो । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको तनहुँको क्षेत्र नं १ मा एक लाख २६ हजार ८८२ र र क्षेत्र नं २ मा एक लाख २७ हजार ५१५ मतदाता कायम गरिएको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले बताउनुभयो ।

 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले कारागार कार्यालय तनहुँ र कृषि विकास कार्यालय गरी जिल्लामा दुई अस्थायी मतदान केन्द्र तोकिएको जनाएको छ । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीले समानुपातिकतर्फ मतदान गर्न सक्ने भएकाले सोका लागि अस्थायी मतदान केन्द्र बनाइएको उहाँले जानकारी दिनुभयो । बागलुङस्थित रासस समाचारदाताका अनुसार दुई वटा निर्वाचन क्षेत्र रहेको बागलुङमा दुईवटा मतगणनास्थल तारजाली र सिसी क्यामेरासहित तयार पारिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङ बजार र निर्वाचन अधिकृतको कार्यालय रहेको ढोरपाटन नगरपालिका–२ कुथाप्लोमा मतगणनास्थल तयार गरिएको हो ।

 

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय रहेको दुई स्थानमै फलामे तारजाली लगाइएको छ भने ध्वनिसहित भिडियो रेकर्ड गर्ने सिसी क्यामेरा राखिएको मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीले जानकारी दिनुभयो । म्याग्दीस्थित रासस समाचारदाताका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले बेनीस्थित जिल्ला समन्वय समितिको सभाहलमा तारजाली लगाएर मतगणनास्थल तयार पारेको हो ।

 

मतगणनालाई व्यवस्थित, छिटो र सुरक्षित तवरले सम्पन्न गर्न मतगणनास्थललाई तारजाली, सिसीटिभी जडानलगायत कामह सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।मतगणनास्थलमा तारजाली लगाउने, सुरक्षा पोस्ट र आवश्यक अन्य संरचना निर्माण गरिएको गणनास्थलमा सिसी क्यामेरासहित भरपर्दो सुरक्षाको प्रबन्ध मिलाइएको छ । मतगणनास्थलमा बाहिरबाट कोही पनि भित्र पस्न नसकुन भनेर तारजाली लगाइएको मुख्य निर्वाचन अधिकृत थापाले जानकारी दिनुभयो ।

 

मतगणनामा बस्ने उम्मेदवारका प्रतिनिधिहरूले बाहिरबाट भित्र मतगणना हेर्न मिल्ने गरी तारजाली लगाइएको सहायक निर्वाचन अधिकृत जगतबहादुर भण्डारीले बताउनुभयो  । उहाँका अनुसार जिल्ला समन्वय समितिको कार्यालयका कोठाहरूमा मतपेटिका सङ्कलन गर्ने ठाउँसमेत तयार पारिएको छ । प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा छवटा स्थानीय तह र ४५ वटा वडा रहेका छन् । यहाँ ८२ वटा मतदानस्थलमा सोमबार कर्मचारी र सुरक्षाकर्मी पुगेर मतदानको तयारी गरेका छन् । एक सय २२ मतदान अधिकृत, १२२ सहायक मतादन अधिकृतसहित एक हजार ७४ जना निर्वाचन कर्मचारी खटिएका छन् । एक स्वतन्त्रसहित १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।  जिल्लामा ४२ हजार ३३२ पुरुष, ४४ हजार ६४ महिला र एक जना अन्य मतदाता रहेका छन् । कारागार र कर्मचारीहरूको समानुपातिक मतदानका लागि एक अस्थायी मतदान केन्द्र तोकिएको छ । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

घोडाघोडी नगरपालिकाद्वारा ३१ संस्थागत विद्यालयको वर्गीकरण सार्वजनिक, शुल्कसमेत निर्धारण

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका ३१ वटा संस्थागत विद्यालयको विस्तृत वर्गीकरण सार्वजनिक गरेको छ। शैक्षिक गुणस्तर सुधार तथा विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा अभिवृद्धि गर्ने उद्देश्यले गरिएको यस मूल्याङ्कनमा शैक्षिक उपलब्धि, भौतिक पूर्वाधार, शिक्षक व्यवस्थापन, पाठ्यक्रम तथा पाठ्यसामग्री र अन्य व्यवस्थापन गरी पाँच...

घोडाघोडीमा संस्थागत विद्यालय वर्गीकरण : न्यू स्टार  सहित ७ विद्यालय उत्कृष्टताको आधारमा ‘ख’ श्रेणीमा

सुखड । घोडाघोडी नगरपालिकाले संस्थागत विद्यालयहरूको गुणस्तर, शैक्षिक अवस्था र पूर्वाधारको आधारमा वर्गीकरण गर्ने निर्णय सार्वजनिक गरेको छ। उक्त निर्णयअनुसार नगरभित्र सञ्चालित निजी (संस्थागत) विद्यालयहरूलाई  ‘ख’, ‘ग’ र ‘घ’ श्रेणीमा विभाजन गरिएको छ। कुनैपनी विद्यालय ‘क’ श्रेणीमा परेका छैनन ।   नगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि,...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, आलु रातो...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

घोडाघोडी नगरपालिकाद्वारा ३१ संस्थागत विद्यालयको वर्गीकरण सार्वजनिक, शुल्कसमेत निर्धारण

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका ३१ वटा संस्थागत विद्यालयको विस्तृत वर्गीकरण सार्वजनिक गरेको छ। शैक्षिक गुणस्तर सुधार तथा विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा अभिवृद्धि गर्ने उद्देश्यले गरिएको यस मूल्याङ्कनमा शैक्षिक उपलब्धि, भौतिक पूर्वाधार, शिक्षक व्यवस्थापन, पाठ्यक्रम तथा पाठ्यसामग्री र अन्य व्यवस्थापन गरी पाँच...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

घोडाघोडीमा संस्थागत विद्यालय वर्गीकरण : न्यू स्टार  सहित ७ विद्यालय उत्कृष्टताको आधारमा ‘ख’ श्रेणीमा

सुखड । घोडाघोडी नगरपालिकाले संस्थागत विद्यालयहरूको गुणस्तर, शैक्षिक अवस्था र पूर्वाधारको आधारमा वर्गीकरण गर्ने निर्णय सार्वजनिक गरेको छ। उक्त निर्णयअनुसार नगरभित्र सञ्चालित निजी (संस्थागत) विद्यालयहरूलाई  ‘ख’, ‘ग’ र ‘घ’ श्रेणीमा विभाजन गरिएको छ। कुनैपनी विद्यालय ‘क’ श्रेणीमा परेका छैनन ।   नगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि,...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

घोडाघोडी नगरपालिकाद्वारा ३१ संस्थागत विद्यालयको वर्गीकरण सार्वजनिक, शुल्कसमेत निर्धारण

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका ३१ वटा संस्थागत विद्यालयको विस्तृत वर्गीकरण सार्वजनिक गरेको छ। शैक्षिक गुणस्तर सुधार तथा विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा अभिवृद्धि गर्ने उद्देश्यले गरिएको यस मूल्याङ्कनमा शैक्षिक उपलब्धि, भौतिक पूर्वाधार, शिक्षक व्यवस्थापन, पाठ्यक्रम तथा पाठ्यसामग्री र अन्य व्यवस्थापन गरी पाँच...

नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै विश्व बौद्धिक सम्पदा दिवस मनाइँदै

काठमाडौँ, आज विश्व बौद्धिक सम्पदा दिवस हो । विश्वका विभिन्न देशमा यो दिवस नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै मनाइँदैछ ।प्रत्येक वर्ष अप्रिल २६ मा मनाइने यो दिवसको उद्देश्य नवप्रवर्तन, सिर्जनशीलता र बौद्धिक सम्पदाको संरक्षणप्रति चेतना अभिवृद्धि गर्नु हो ।     विश्व बौद्धिक सम्पदा सङ्गठनको पहलमा...

नेपाल एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा

काठमाडौँ,  छैटौँ एसियन ‘बीच गेम्स’ २०२६ को समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेको छ ।चीनको हाइनान्स्थित सन्या सहरमा आज भएको खेलमा नेपाल बङ्गलादेशलाई ३८–३६ ले पराजित गर्दै विजयी भएको हो । यससँगै नेपाल समूह ‘बी’ को विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९