आज विश्व पृथ्वी दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै

बौनियाँ/आज २२ अप्रिल विश्व पृथ्वी दिवस विभिन्न कार्यक्रम गरि मनाईंदै छ ।पृथ्वीका लागि रुख नाराका साथ यो दिवस १९२ भन्दा बढी राष्ट्रहरूमा मनाइन लागेको हो ।

भबचतज मबथसन् १९७० अप्रिल २२ तारिखमा विश्वमा  पहिलो पटक यो दिवस अमेरिकाले मनाएको थियो ।

 

यो एउटा दिवस हो जसलाई पृथ्वीको पर्यावरणको बारेमा प्रशंसा र जागरूकतालाई प्रेरित गर्न निर्धारण गरिएको हो ।

सन् १९६९ सान फ्रान्सिस्कोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलार्धको बसन्त ऋतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गरका थिए ।

तर पछि अमेरिकी सिनेटर गेलर्ड नेल्सनले सन् १९७० मा पर्यावरण शिक्षाको रुपमा एक छुट्टै पृथ्वी दिवसको सुरुवात गरे ।

त्यस्तै सन् २००९ मा राष्ट्रसंघको ६३ औं महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरे अनुसार अहिले यो दिवस विश्वभर मनाइन्छ ।

पृथ्वीमा बढ्दै गएका विकराल समस्या समाधान  न्यूनिकरण गर्न र मानिसलाई प्रेरित गराउन यो दिवस मनाउने गरिन्छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१