अछाम, प्रतिनिधिसभा सदस्य निर्वाचनमा अछाम–१ बाट नेपाली कांग्रेसका भरतबहादुर स्वाँर विजयी हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्वाँरले १० हजार ७५९ मत प्राप्त गर्नुभएको छ ।उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टीका भीमबहादुर रावलले १० हजार २३३ मत प्राप्त गर्नुभयो । कार्यालयका अनुसार नेकपा (एमाले)का दीपकबहादुर साउँदले सात हजार ३८९ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ओमप्रकाश रावलले एक हजार ७३९ मत प्राप्त गर्नुभयो ।






















































































































































