प्रभासः तीन दिनका सुपरस्टार

मुम्बई, ६ असार । सोमबारबाट फिल्म ‘आदिपुरुष’को विश्वव्यापी बक्सअफिसमा आइतबारको तुलनामा झण्डै ७५ प्रतिशत गिरावट आएको छ ।तर फिल्ममा आएको विवाद र नकारात्मक समीक्षाका बाबजुद पनि एउटा चिज अझै जीवित छ–प्रभासको स्टारडम ।कुनै पनि फिल्म आफ्नो कथाको शक्तिमा चल्दछ । तर सुपरस्टार ती हुन्, जसको फिल्मले उसको अनुहारका कारण राम्रो सुरुवात लिन्छ । अभिनेता प्रभास बक्सअफिसमा कति शक्तिशाली छन् भन्ने कुरा उनको हाल प्रदर्शनरत फिल्म ‘आदिपुरुष’ मात्र होइन, पछिल्ला दुई फिल्म ‘साहो’ र ‘राधेश्याम’लाई नै हेर्दा हुन्छ ।

 

उनका फ्यान फिल्म रिलिज हुनासाथ थिएटरमा भरिन्छ । यसकै उदाहरणका रुपमा ‘आदिपुरुष’लाइ लिन सकिन्छ । यो फिल्मले पहिलो दिन उत्कृष्ट ओपनिङ गर्यो । भलै यो फिल्म विवाद र फ्यानको आक्रोशमा नपरेको भए यसको कमाई अन्य दिन झन उत्कृष्ट नै हुने थियो । प्रभासको स्टारडम कै कारण फिल्मले पहिलो तीन दिनमा शानदार कमाई गर्यो । शुक्रबार, शनिबार र आइतबार मिलाएर ‘आदिपुरुष’ले भारतमा २ सय २० करोड रुपैयाँ बढी कलेक्सन गर्यो ।

 

तेलुगू उद्योगको प्रतिनिधित्व गर्ने प्रभासको फ्यान फलोइङको कारणले नै पहिलो दिन दिनमा यो फिल्मको हिन्दी भर्सनभन्दा बढी कमाई तेलुगु भर्सनबाट आयो । हिन्दी फिल्मले ३७ दशमलब २५ करोड कमाउँदा तेलुगु भर्सनले ४८ करोड कमाई गर्यो । पहिलो हप्ताका लागि फिल्मको एडभान्स बुकिङ जोडदार थियो, यसको कारण थियो, प्रभासको स्टारडम र फिल्ममा रामायण कनेक्सन ।‘आदिपुरुष’ को बक्सअफिस कलेक्सन सोमबारदेखि चिसिन थालेको छ । मंगलबारको एडभान्स बुकिङ या अकुपेन्सी हेर्दा फिल्मले पाँचौं दिनमा राम्रो कमाई गर्छ भन्ने कतै आश छैन । पहिलो ३ दिनमा विश्वव्यापी ३ सय करोडको कलेक्सन गर्ने फिल्म चौथो दिनमा जसरी गिर्यो, त्यसपछि हिट हुने सम्भावना अब केवल अनुमान मात्र हुनसक्छ । प्रभासका लागि पहिलो सातापछि आफ्नो फिल्मले संघर्ष गर्नुपरेको तथ्य नयाँ कुरा होइन ।

 

एसएस राजामौलीको ‘बाहुबली’ फ्रेन्चाइजीपछि नै प्रभासको फिल्म त्यो स्केलमा प्रस्तुत हुन पाएको छैन, जस्तो उनको स्टारडमको तह छ । ‘बाहुबली २’ को ऐतिहासिक सफलतापछि प्रभास ‘साहो (२०१९)’का साथ थिएटरमा फर्किए । भारतमा यसको ओपनिङ कलेक्सन ‘आदिपुरुष’को भन्दा पनि राम्रो थियो । फिल्मले पहिलो दिन ८९ करोड रुपैंयाँ कलेक्सन थियो । फिल्मको तेलुगु भर्सनले नै पहिलो दिन ६० करोड रुपैंयाँ बढी कलेक्सन गरेको थियो । हिन्दीमा फिल्मले २४ करोड बढी कमाई गरेको थियो । शनिबार र आइतबार पनि ‘साहो’को स्टार फ्याक्टर चल्यो र फिल्मले दुई दिनमा ५५ करोड बढी कमाई गर्यो । पहिलो सातामा फिल्मले नेट इण्डिया कलेक्सन २ सय करोड कम गर्यो । फिल्मले राम्रो समीक्षा पाएन नै, एक्सन र सस्पेन्सको मामलामा पनि दर्शकलाई तान्न सकेन । यो फिल्मको पाँच हप्ता पछि लाइफटाइम इण्डिया कलेक्सन ३ सय १० करोड पुग्यो । फिल्मको बजेट ठूलो थियो, तर पहिलो साताको कमाईले यो फिल्म फ्लपको ट्यागबाट बच्यो ।

 

सन् २०२२ मा रिलिज ‘राधे श्याम’मा पनि यस्तै भयो । यसपटक प्रभास रोमान्टिक भूमिकामा थिए । तर फिल्मको कथाले दर्शकलाई फेरी निरास बनायो । फिल्मको समीक्षा खराब आयो र यसको रोमान्टिक एंगलले दर्शकलाई अपिल गर्न सकेन । तर पनि फिल्मले पहिलो सातामा राम्रो कमाई गर्यो । फिल्मले भारतमा पहिलो दिन ४३ करोडको ओपनिङ गर्यो । त्यसपछिका दुई दिनको कमाई मिलाउँदा फिल्मको विकेन्ड कलेक्सन ९० करोड पुग्यो । तर पहिलो साता पुरा हुँदा फिल्मले सय करोड भन्दा केही कममात्र कमाई गर्यो । दोस्रो सातामा त यो फिल्म प्रदर्शन भएका थिएटर नै भेटिएनन् । २ सय करोड बजेटमा बनेको फिल्मले विश्वव्यापी रुपमा १ सय ६० करोडमात्र कमायो ।

 

तथ्यांकले यो साबित गर्छ कि ‘बाहुबली २’ पछि प्रभासको फिल्म बक्स अफिसमा पूर्ण रुपमा संघर्षरत छ । ‘आदिपुरुष’ले त्यो कथामा केही परिवर्तन ल्याउने आशा थियो । ‘आदिपुरुष’ले हालसम्म त ‘साहो’ र ‘राधे श्याम’ भन्दा राम्रो कमाई गरेको छ । तर यस किसिमको मण्डे कलेक्सन पछि ५ सय करोड बजेटमा बनेको फिल्म हिट हुन मुस्किल नै देखिएको छ । अहिलेसम्म बक्सअफिसमा प्रभासलाई सबैभन्दा ठूलो पेन इण्डिया स्टार भन्न गलत हुनेछैन । उनी भारतका एक्ला यस्तो स्टार हुन्, जसको ३ फिल्मले विश्वव्यापी रुपमा सय करोड बढी ओपनिङ गरेको छ ।

 

सुपरस्टारको सबैभन्दा ठूलो भूमिका यही हुन्छ कि उसको नामले, अनुहारले फिल्मको उत्कृष्ट सुरुवात हुन्छ । मानिसहरु आफूलाई मनपर्ने स्टारलाई भेट्न अवश्य नै आउँछन् । तर स्टारडमको शक्तिले पहिलो तीन दिन नै फिल्मलाई चलाउँछ । तथ्यांकले पहिलो साताको खेलमा प्रभास अहिलेसम्मकै दमदार स्टार हुन् भन्ने देखाउँछ, तर फिल्म छनोटको मामलामा उनको च्वाइस कहिल्यै पनि राम्रो हुन सकेन ।प्रभास एक यस्ता स्टार हुन्, जो एकपटक प्रतिबद्धता जनाएपछि पूर्ण रुपमा निर्देशक र फिल्मको हुन्छन् । तर उनका फिल्मको यस्तै अवस्था रहिरहने हो भने त्यो समय टाढा छैन, जब प्रभासको नाममा पनि जनता थिएटरमा जान हिम्मत जुटाउने छैनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बर्दगोरिया गाउँपालिकाका संस्थापक अध्यक्ष बलिराम डगौरा थारुको निधन

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाका संस्थापक अध्यक्ष एवं नेपाली कांग्रेसका नेता बलिराम डगौरा थारुको गएराती उपचारका क्रममा निधन भएको छ। लामो समयदेखि पिसाब थैलीको क्यान्सरबाट पीडित थारुको स्वास्थ्यमा समस्या देखिएपछि उपचार भइरहेको थियो।   उपचारकै क्रममा शुक्रबार राती उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।...

टीकाटिप्पणी नगर्न कार्यकर्तालाई रास्वपाको अनुरोध

काठमाडौँ,  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन परिणामलाई लिएर विभिन्न तह र सामाजिक सञ्जाललगायत माध्यमबाट टीकाटिप्पणी नगर्न सम्पूर्ण पार्टीपङ्तिमा आग्रह गरेको छ । सो पार्टीको केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले आज विज्ञप्ति जारी गर्दै जनताको अभिमतलाई उच्च मूल्याङ्कन गरी पूर्ण विश्वासकासाथ जवाफदेहीपूर्ण कार्यसम्पादन गर्न...

बैतडीको महरागाउँमा ‘इन्फ्लुएञ्जा बी’को सङ्क्रमण

दशरथचन्द (बैतडी), बैतडीको पुर्चाैंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भएको पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भाइरस भएको पुष्टि भएको हो । भाइरल ज्वरोका कारण यही फागुन ११ गते महरागाउँका १३ वर्षीय विनोद महरा र १६ गते १०...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

बर्दगोरिया गाउँपालिकाका संस्थापक अध्यक्ष बलिराम डगौरा थारुको निधन

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाका संस्थापक अध्यक्ष एवं नेपाली कांग्रेसका नेता बलिराम डगौरा थारुको गएराती उपचारका क्रममा निधन भएको छ। लामो समयदेखि पिसाब थैलीको क्यान्सरबाट पीडित थारुको स्वास्थ्यमा समस्या देखिएपछि उपचार भइरहेको थियो।   उपचारकै क्रममा शुक्रबार राती उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।...

व्यावसायिक कफीखेतीमा भोजपुरका किसान

भोजपुर,  केही समयअघिसम्म सामान्य कफीका बोट हुने भोजपुरमा अहिले यसको व्यावसायिक खेती सुरु भएको छ । बजारसम्मको पहुँच स्थापित भएपछि यहाँका किसान व्यावसायिक कफी गर्न थालेका हुन् । अहिले यहाँका किसानको आयआर्जनको मुख्य माध्यम यही बनेको छ । उत्पादन भएको कफी घरबाटै बिक्री हुन...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

बर्दगोरिया गाउँपालिकाका संस्थापक अध्यक्ष बलिराम डगौरा थारुको निधन

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाका संस्थापक अध्यक्ष एवं नेपाली कांग्रेसका नेता बलिराम डगौरा थारुको गएराती उपचारका क्रममा निधन भएको छ। लामो समयदेखि पिसाब थैलीको क्यान्सरबाट पीडित थारुको स्वास्थ्यमा समस्या देखिएपछि उपचार भइरहेको थियो।   उपचारकै क्रममा शुक्रबार राती उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता

टक्सार (भोजपुर),  स्थानीय विद्यालयमा अध्ययरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यहाँको एक ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको छ ।   जिल्लाको भोजपुर नगरपालिका–५, बोखिममा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक लक्ष्मण जोशीले बताउनुभयो । प्रअ जोशीले भन्नुभयो, “स्थानीय कलाकौशल तथा रैथाने प्रविधिको...

प्रतिनिधिसभा निर्वाचनःवीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौँ, चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी विशेषज्ञ चिकित्सकसहितको द्रुत कार्यदल (¥यापिड रेस्पोन्स टिम) गठन गरेको छ ।वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई दृष्टिगत गर्दै टोली गठन बताउनुभयो । अस्पतालले आकस्मिक...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९