दशरथचन्द (बैतडी), बैतडीमा एक महिला मृत फेला परेकी छन् । जिल्लाको दशरथचन्द नगरपालिका–८ झुलाघाट नहिकैको धारीघाटको महाकाली नदी किनारमा महिला मृत फेला परेकी हुन् । भारत घर भई बैतडीको दशरथचन्द नगरपालिका–८ माइत भएकी ३८ वर्षीया दीपा महर रहेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक, सुरज सिंहले जानकारी दिनुभयो । बिहीबार बिहान मृत फेला परेकी महरको शव शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।राष्ट्रिय समाचार समिति (रासस)




















































































































































