रास्वपाको योजना समग्र देशको विकास गर्नु होः सभापति लामिछाने

पाटन (ललितपुर), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपाको योजना समग्र देशको विकास गर्नु रहेको बताउनुभएको छ ।रास्वपाद्वारा ललितपुरमा नवनिर्वाचित सांसदका लागि आयोजित अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रमको समापन समारोहलाई आज सम्बोधन गर्दै उहाँले सांसदले आफ्नो क्षेत्रको विकास गरेर मात्रै देशले न्याय नपाउने भएकाले समग्र मुलुकको विकासमा केन्द्रित हुन सबैलाई निर्देशा दिनुभयो ।

 

सभापति लामिछानेले जनताले दिएको जिम्मेवारी आफूहरूको काँधमा आइपुगेको भन्दै जिम्मेवार भई जनहितमा काम गर्न सबैलाई आग्रह गर्नुभयो । “संसद्को लोगो लगाएपछि पनि महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्छ, पारदर्शिता राजनीतिको महत्त्वपूर्ण पक्ष हो । सांसद निर्वाचित भएको व्यक्तिको जनतासँग सधैँ असल सम्बन्ध हुनुपर्छ, जनतासँग सुमधुर सम्बन्ध भएको नेतृत्व बन्नुस्, पाँच वर्ष जनताले आत्मसात् गर्नसक्ने, तपाईंको सम्बन्धले हरेक दिन उत्सव मनाउन सक्ने बनाउनुपर्छ”, उहाँले भन्नुभयो ।

 

रास्वपालाई जनाताले कानुन बनाउने जिम्मेवारी दिएका भन्दै सभापति लामिछानेले कानुन निर्माताका रूपमा गहन जिम्मेवारी छन् भन्ने सबैले बुझ्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “बाहना बनाउन नपाउने गरी जनताले जिम्मेवारी दिएका छन्, पुराना राजनीतिक दललाई जनताले ३६ वर्ष कुरेँ, हामीलाई ३६ महिना पनि कुर्दैनन् । हामीले आफूलाई केन्द्रमा राखेर हैन, जनता र देशलाई केन्द्रमा राखेर काम गर्नुपर्छ ।”

 

सभापति लामिछानेले पार्टी जन्मेदेखि मुद्दा चलेको स्मरण गर्दै आफूहरूले संरक्षण गर्दै यहाँसम्म पुगेकाले आगामी दिनमा यसलाई थप मजबुत बनाउने जिम्मेवारी हाम्रै रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “नागरिकको चेतनामाथि विश्वास गरेर हामी अगाडि बढ्छौँ । विचौलियासँग बसेर चिया खानु अगाडि सहिदको बलिदानलाई सम्झिनु होला ।”

 

यो सामान्य निर्वाचनबाट आएको जनमत नभएको भन्दै सभापति लामिछानेले विशेष परिस्थििमा जनतालाई रास्वपालाई विश्वास गरेकाले जिम्मेवारीबोध भई काम गर्न सबैलाई आग्रह गर्नुभयो । “वैदेशिक सम्बन्धमा आँच आउने खालका सार्वजनिक अभिव्यक्ति नदिनुहोला, प्रभावकारी रूपमा सांसदको जिम्मेवारी निर्वाह गर्नुहोला । मत दिएका जनताको चुलो बल्ने व्यवस्था मिलाउनु होला, सरकारी अस्पतालमा उपचार गराउनु होला, सादगी जीवनशैली अपनाउनुहोला”, उहाँले भन्नुभयो ।

 

सभापति लामिछानेले पार्टीले उठाएको ‘राइट टु रिकल’को व्यवस्थालाई यसपटक कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिँदै अनुशासित भएर स्वतन्त्रताको उपयोग गर्न सबैलाई मार्गनिर्देश गर्नुभयो ।“तपाईंको माध्यमबाट तपाईंको क्षेत्रका जनताले सुख पाउनुपर्छ । तपाईं अध्ययनशील हुनुपर्छ, नागरिकसँग सधैँसँगै हुनुपर्छ । संसद् चलेको समयबाहेक तपाईँ नागरिकसँग हुनुपर्छ । पार्टीले ज्ञान सीप र क्षमता हेरेर मन्त्री बनाउँछ”, उहाँले भन्नुभयो । उहाँले देशको सबैभन्दा ठूलो समस्या सामाजिक न्याय भएकाले त्यसका लागि पैरवी गर्नुपर्नेमा जोड दिनुभयो ।

 

“सामाजिक न्याय नभएको समाज मानिस बस्ने समाज हैन, एउटा चुनावबाट अर्को चुनाव हैन एउटा पुस्ताबाट अर्को पुस्ताका लागि हामी लडेका हाँै”, सभापति लामिछानेले भन्नुभयो, “वर्तमान व्यवस्था र संविधानप्रति हामी प्रतिबद्ध छौँ । हामी विजयी हुनु भनेको जिम्मेवार हुनु हो, त्यसैले अनुशासित भएर आआफ्नो जिम्मेवारी निर्वाह गर्नेछौँ ।”

 

सभापति लामिछानेले अब सुशासनको क्षेत्रमा नयाँ मानक कायम हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले पार्टीबाट निर्वाचित सांसदहरूलाई देशको संविधान, संसद्को नियमावली र पार्टीको विधानअनुसार मुलुक र जनताप्रति इमानदार भएर काम गर्न आग्रह गर्नुभयो । “नेपाल लगानीका लागि सुरक्षित देश हो भनेर अन्तरराष्ट्रिय समुदायलाई आश्वस्त पार्न चाहान्छौँ”, उहाँले भन्नुभयो ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश...

ज्येष्ठ नागरिक–दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्छौँ : मन्त्री वादी

ज्येष्ठ नागरिक–दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्छौँ : मन्त्री वादी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९