तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

जुम्ला,  जिल्लाको तिलागाउँपालिकाले चालु आर्थिक वर्षमा ठूला विकासे योजना कार्यान्वयनलाई तीव्रता दिएको छ । यसै क्रममा भौतिक पूर्वाधार निर्माण र सडक विस्तारका १२ वटा आयोजनाका लागि ठेक्का आह्वान गरिएको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायोले जानकारी दिनुभयो ।

 

उहाँले चालु आव २०८२/८३ का लागि स्वीकृत ठूला योजनाको बोलपत्र भई सम्झौतासमेत गरेर काम धमाधम भइरहेको बताउनुभयो । ठेक्का आह्वान भएका आयोजनाका लागि सम्बन्धित निर्माण कम्पनीसँग सम्झौता भई कतिपय योजनाको काम अन्तिम चरणमा पुगिसकेका छन् भने कतिपय योजनाको काम सम्पन्न भई मूल्याङ्कन गर्न मात्र बाँकी रहेको गाउँपालिका अध्यक्ष रोकायाले जानकारी दिनुभयो ।

 

हालसङ्घीय सरकारको समपूरक बजेटबाट गाउँपालिकाभित्रका पाँचवटा सडकको ठेक्काबाट काम भइरहेको छ । गाउँपालिका–१ स्थित सेरीबजार रारा गाउँ हुँदै बासथाप्लासम्म सडक स्तरोन्नतिका लागि रु ४७ लाख नौ हजारको बोलपत्रबाट काम भइरहेको छ । वडा नंं ३ को कुडारी काटेपुलदेखी–लौरुसम्म ग्रामीण कृषि सडक निर्माणका लागि २३ लाख ३१ हजारमा गत असोज १० गते बोलपत्र आह्वान भई काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका इन्जिनियर सुरेन्द्र साउदले जानकारी दिनुभयो ।

 

पालिकाको वडा नंं ६, ७, ८ र ९ को ग्रामीण कृषि सडक निर्माणअन्तर्गत राँसादेखी घोडेसुडी–मानेचौर राँसा हुँदै खोप्री कयरकोटसम्म सडक स्तरोन्नतिका लागि एक करोड ५९ लाख ७१ हजारमा ठेक्का आह्वान भई काम जारी  छ ।

 

सोही वडाअन्तर्गत मानेचौरदेखि–राँसा हुँदै चयापाटनसम्म सडक स्तरोन्नति लागि रु ९७ लाख ३२ हजार र वडा नंं ३ र ५ अन्तर्गत कुडारीदेखि डुङ्गरिसम्म सडक स्तरोन्नति लागि रु ८९ लाख २९ हजार र गाउँपालिकाको नौली घट्टदेखि कुलापाटासम्म तटबन्धन निर्माणका लागि रु एक करोड ३६ लाख ३१ हजारमा गत असोज १२ गते एकै प्याकेजमा ठेक्का आह्वान भएको इन्जिनियर साउदले जानकारी दिनुभयो ।

 

यसैगरी, चायापाटादेखि खोप्रीगाउँसम्म हरियाली सडक स्तरोन्नति, पातरसागुदेखि लाटिका थानसम्म सडक स्तरोन्नति, घोडेसिम हरियाली सडक निर्माण तथा स्तरोन्नति र सापुल्लीगाउँखोला व्यवस्थापना तटबन्धन योजना निर्माणको बोलपत्र भई काम भइरहेको गाउँपालिका योजना शाखाका प्रमुख धिरेन्द्रविक्रम थापाको भनाइ छ ।

 

गाउँपालिका– ५ स्थित डुग्री गाउँमा रहेको भुवानी आवि विद्यालयको पक्की भवन निर्माण र दानिवाडा खानेपानी आयोजना निर्माणको कामको समेत ठेक्का भएको तिलागाउँपालिकाले जनाएको छ । योजना शाखाका प्रमुख थापाका अनुसार उपभोक्ता समितिबाट निर्माण हुने करिब १२५ वटा योजनामध्ये हालसम्म १५ वटा मात्र योजनाको सम्झौता भई काम अगाडि बढेको छ । बाँकी योजनाको सम्झौताको काम भइरहेको छ । यी सबै योजना चालु आवभित्रै सम्पन्न हुने गरी काम भइरहेको उहाँले बताउनुभयो ।

 

प्रमुख प्रशासकीय अधिकृत नहुँदा ठेक्काबाट सञ्चालन भएका योजना र उपझोक्ताबाट काम सम्पन्न भएका योजनाको भुक्तानी प्रक्रियाको कामकाज प्रभावित भएको गाउँपालिका अध्यक्ष रोकायाले बताउनुभयो । तीन महिनाअघि प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर गएपछि अर्को प्रमुख प्रशासीय अधिकृत नआइसकेको उहाँले जानकारी दिनुभयो । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश...

ज्येष्ठ नागरिक–दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्छौँ : मन्त्री वादी

ज्येष्ठ नागरिक–दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्छौँ : मन्त्री वादी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९