कोशीका अस्पतालमा रगतको अभावः सामाजिक सञ्जालबाट रक्तदाता खोज्दै

विराटनगर, मोरङको सुन्दरहरैचाका ५२ वर्षीय रमेश थापालाई आफन्तको आकस्मिक शल्यक्रियाका लागि ‘एबी पोजेटिभ’ रगत अत्यावश्यक थियो । चिकित्सकले तत्काल रगतको खोजी गर्न भने । सोही अनुसार रक्तसञ्चार केन्द्रमा सम्पर्क गर्दा त्यहाँ मौज्दात नभएपछि उहाँ रक्तदाताको खोजीमा भौँतारिनुभयो ।

 

“चिकित्सकले तुरुन्तै रगत चाहिन्छ भन्नुभयो, तर रक्तसञ्चार सेवा केन्द्रमा रगत अभाव छ भन्ने जानकारी पाएँ”, थापाले भन्नुभयो, “त्यसपछि हामीले सामाजिक सञ्जाल फेसबुकमा रगतको व्यवस्थापनका लागि सन्देश हाल्यौँ, साथीभाइलाई फोन ग¥यौँ, तर समयमा रगत पाउन निकै गाह्रो भयो । उक्त समयमा हामीलाई सबैभन्दा ठूलो डर बिरामीको ज्यानको हुने रहेछ । रगत खोज्दै दौडधुप गर्दा निकै तनाव भयो ।”

 

कोशी अस्पतालमा उपचारका लागि आउनुभएका अर्का एक बिरामीका आफन्तले पनि यस्तै समस्या सुनाउनुभयो । “अस्पतालमा रगतको व्यवस्था होला भन्ने सोचेका थियौँ”, उहाँले  भन्नुभयो, “तर अन्तिममा आफैँले खोज्नुपर्दा निकै अप्ठ्यारो भयो । यस्तो अवस्थामा बिरामीको परिवार झन् मानसिक दबाबमा पर्ने रहेछ ।”

 

रमेशको जस्तै अवस्था अहिले कोशी प्रदेशका प्रमुख अस्पतालहरूमा उपचार गराइरहेका सयौँ बिरामीका परिवारले भोगिरहेका छन् । आकस्मिक उपचारका लागि आवश्यक रगत सहज रूपमा उपलब्ध नहुँदा बिरामीका आफन्त आफैँ रक्तदाता खोज्न बाध्य छन् ।

 

रगत अभावको समस्या पछिल्लो समय झन् गम्भीर बन्दै गएको छ । आकस्मिक शल्यक्रिया, दुर्घटना तथा प्रसूतिजस्ता अवस्थामा तत्काल रगत आवश्यक पर्ने हुँदा समयमा उपलब्ध नहुँदा बिरामीको ज्यान जोखिममा पर्ने चिकित्सकहरू बताउँछन् ।

 

कोशी प्रदेशका सरकारी तथा निजी अस्पतालमा आवश्यक परिमाणमा रगत उपलब्ध नहुँदा आकस्मिक अवस्थामा बिरामीका आफन्त आफैँ रक्तदाता खोज्न सडक र ‘फेसबुक’का भित्ताहरूमा निस्कनुपर्ने अवस्था दिनप्रतिदिन बढ्दै गएको छ । रगत व्यवस्थापनको यो चुनौती अहिले गम्भीर समस्याका रूपमा देखिएको हाम्रो अस्पताल विराटनगरका सञ्चालकसमेत रहनुभएका निजी अस्पताल एसोसिएसन (अफिन) का अध्यक्ष डा शङ्करप्रसाद अधिकारीले बताउनुभयो ।

 

उहाँका अनुसार रक्तसञ्चार सेवा केन्द्रहरूमा रगतको पर्याप्त भण्डारण (स्टोरेज) नहुँदा अस्पतालहरूले आकस्मिक बाहेकका बिरामीका आफन्तलाई आफैँ रगत व्यवस्थापन गर्न वा साट्न (एक्सचेन्ज) आग्रह गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको हो ।

 

“अहिलेको अवस्थामा अस्पतालहरूले ‘सब्स्टिच्युट’ वा साटासाटको अवधारणा अपनाउनुपरेको छ”, डा अधिकारीले भन्नुभयो, “यदि बिरामीलाई चाहिएको निश्चित समूहको रगत उपलब्ध छैन भने, अर्को कुनै पनि समूहको रगत दिएर साट्न सकिने व्यवस्था मिलाइएको छ ताकि रगतकै अभावमा उपचार नरोकिने वातावरण बनोस् ।” बिरामीका आफन्तले रगत व्यवस्थापन गर्दा अस्पताल व्यवस्थापनलाई केही सहजता भए पनि सडक दुर्घटना (आरटिए) जस्ता तत्काल रगत चाहिने आकस्मिक अवस्थामा भने अझै पनि ठूलो जोखिम र चुनौती कायम रहेको उहाँको बुझाइ छ ।

 

 

क्षेत्रीय स्तरमा रगतको केन्द्रीकृत व्यवस्थापन (सेन्ट्रलाइज्ड म्यानेजमेन्ट) हुनुपर्नेमा डा अधिकारीले जोड दिनुभयो । धेरैजसो साना अस्पतालहरूमा आफ्नै ‘ब्लड बैङ्क’ नहुने र उनीहरू रेडक्रस, नोबेल वा विराटनगरका ठूला संस्थामा निर्भर रहनुपर्ने बाध्यता छ । “सबै साना अस्पतालमा ब्लड बैङ्क राख्दा रगत खपत नभए खेर जाने जोखिम रहन्छ”, उहाँले भन्नुभयो, “त्यसैले एउटै बलियो र केन्द्रीकृत व्यवस्थापन बढी प्रभावकारी हुन्छ ।”

 

 

विराटनगरस्थित प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशी अस्पतालमा बिरामीको चापसँगै उपचारमा आउनेले दैनिक रगतको अभावको समस्या भोग्नु परेको स्त्री तथा प्रसूति रोग विभागकी प्रमुख डा अन्जु देवले जानकारी दिनुभयो । प्रसूति र सर्जरी सेवा अत्यन्तै आपत्कालीन हुने भएकाले रगत अभाव हुँदा यो विभाग सबैभन्दा बढी समस्यामा पर्ने गरेको उहाँको भनाइ छ ।
“हामीकहाँ प्रसूति र शल्यक्रियाका बिरामीमा रगतको अत्यधिक आवश्यकता हुन्छ”, डा देवले भन्नुभयो, “तर अभावका कारण कतिपय अवस्थामा बिरामी भर्ना गर्नुअघि एक पोका रगतको व्यवस्था गर्न लगाउनुपर्ने बाध्यता छ ।” उहाँका अनुसार अस्पतालको आफ्नै ब्लड बैङ्क नहुँदा रेडक्रसमा निर्भर हुनुपर्ने अवस्था छ ।

 

“कहिलेकाहीँ निजी अस्पतालहरूले आफ्ना बिरामीलाई प्राथमिकता दिँदा आर्थिक अवस्था कमजोर भएका, पहुँच कम भएका बिरामी मारमा पर्छन्”, उहाँले भन्नुभयो । डा देवले प्रसूति सेवालाई अत्यन्तै संवेदनशील र आकस्मिक सेवा मानिने उल्लेख गर्दै रगतको व्यवस्था समयमै हुन नसके आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्नसक्ने  अवस्था पनि आउने बताउनुभयो ।

 

प्रादेशिक रक्तसञ्चार सेवा विराटनगरका प्रमुख एवं रक्तसञ्चार सेवा अधिकृत शिवानन्द यादवका अनुसार कोशी प्रदेशमा दैनिक करिब ९०० देखि एक हजार युनिटसम्म रगतको माग हुने गरेको छ । विशेषगरी मोरङ जिल्लाका अस्पतालहरूमा रगतको माग अत्यधिक हुने गरेको उहाँको भनाइ छ ।

 

“प्रदेशकै जेठो र ठूलो सरकारी अस्पताल कोशी अस्पतालमा टाढाका जिल्लाहरू र छिमेकी भारतीय सहरबाट समेत बिरामी उपचारका लागि आउने भएकाले यहाँ रगतको माग अत्यधिक देखिन्छ”, यादवले भन्नुभयो, “त्यसमाथि पनि पछिल्लो समय निर्वाचन जस्ता राजनीतिक गतिविधिमा मानिस केन्द्रित हुँदा नियमित रक्तदान कार्यक्रम ओझेलमा परेका छन्, जसका कारण सङ्कलनमा आएको गिरावटले अभावलाई अझ चर्काएको छ ।”

 

विराटनगरमा रगतको चरम अभाव देखिएका बेला झापा वा धरान जस्ता छिमेकी सहरबाट रगत मगाएर व्यवस्थापन गर्ने प्रयास गरिएको यादवले बताउनुभयो । सङ्कलन कम भएकाले कुनै एउटा समूहको मात्र नभई सबै समूहका रगत अभाव हुने जोखिम सधैँ कायम रहने उहाँको भनाइ छ । यस समस्याको दीर्घकालीन समाधानका लागि समाजमा ‘नियमित रक्तदान संस्कृति’ को विकास अपरिहार्य रहेको सरोकार भएकाहरू बताउँछन् ।जुनु भट्टराई/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

नमुना ग्रामीण विद्युत सहकारीको अध्यक्षमा पुनः भिम सिंह जाब्लि निर्वाचित

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ स्थित नमुना ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको २०औँ वार्षिक साधारण सभाबाट अध्यक्षमा भिम सिंह जाब्ली पुनः निर्वाचित भएका छन् । सोमबार सम्पन्न साधारण सभाले उनलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो।   यसैगरी, सहकारीको उपाध्यक्षमा खुशिलाल चौधरी...

विश्वकप क्रिकेट लिग दुईः स्कटल्याण्डले ब्याटिङ गर्दै

काठमाडौँ,  विश्वकप क्रिकेट लिग २ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने भएको ।कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भर्खरै भएको ट्समा स्कटल्याण्डका कप्तान रिची बेरिङटनले ट्स जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला बलिङ गर्ने भएको हो । यस शृङ्खलामा नेपाल र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकेजी रु ९०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६५, गोलभेँडा...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

नमुना ग्रामीण विद्युत सहकारीको अध्यक्षमा पुनः भिम सिंह जाब्लि निर्वाचित

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ स्थित नमुना ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको २०औँ वार्षिक साधारण सभाबाट अध्यक्षमा भिम सिंह जाब्ली पुनः निर्वाचित भएका छन् । सोमबार सम्पन्न साधारण सभाले उनलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो।   यसैगरी, सहकारीको उपाध्यक्षमा खुशिलाल चौधरी...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

नमुना ग्रामीण विद्युत सहकारीको २०औँ साधारण सभा सम्पन्न, २४ लाख लागतको नयाँ भवन उद्घाटन

कैलाली, — कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ नौनियामा रहेको नमुना ग्रामीण विद्युत सहकारी संस्थाको २०औँ वार्षिक साधारण सभा तथा नयाँ भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। अब सहकारीले आफ्नै भवनबाट सेवा प्रवाह गर्ने भएको छ। संस्थाले करिब २४ लाख रुपैयाँको लगानीमा भवन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

न्यू स्टार इंग्लिस बोडिङ्ग स्कुलको शानदार नतिजा : एसइई २०८३ मा ११ विद्यार्थीले ल्याए A+

कैलाली — कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखडस्थित न्यू स्टार इङ्ग्लिस बोर्डिङ स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८३ मा उत्कृष्ट नतिजा हासिल गर्दै आफ्नो शैक्षिक गुणस्तर पुनः प्रमाणित गरेको छ। स्कुलले सार्वजनिक गरेको नतिजाअनुसार यस वर्ष सहभागी अधिकांश विद्यार्थीले उच्च GPA सहित सफलता...

चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने

नारायणगढ (चितवन),  जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जिपिएस जडान अनिवार्य गरिएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जिपिएस जडान गर्नुपर्ने...

‘रन च्यालेन्ज’ शनिबार

काठमाडौँ,  एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा पहिलो चरणको ‘नेपाल—५ के रन च्यालेन्ज’ हुने हुने भएको छ । शनिबार हुने दौडमा विभिन्न छ विधामा प्रतिस्पर्धा हुने एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिनुभयो ।   खुला महिला/पुरुष र ४५ वर्षमाथि पुरुष भेट्रानतर्फ पाँच...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९