कैलाली — सन्त निरंकारी मण्डल नेपालले सुदूरपश्चिम प्रदेशमा आयोजना हुन लागेको प्रादेशिक नारी सन्त समागमबारे जानकारी दिन आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
बर्दगोरिया गाउँपालिका–१ टिनबजार नजिक आयोजना हुने उक्त पत्रकार सम्मेलन दिउँसो ३ बजेका लागि तय गरिएको मण्डलले जनाएको छ। सम्मेलनमार्फत समागमको उद्देश्य, तयारी तथा कार्यक्रमबारे विस्तृत जानकारी गराइने बताइएको छ।
परम पूज्य सतगुरु माता सुदिक्षा जी महाराजको आशिर्वादमा सञ्चालन हुन लागेको नारी सन्त समागम सोही स्थानको उत्तर–पूर्वपट्टि रहेको खुला मैदानमा आयोजना गरिनेछ। उक्त समागमले विश्व वन्धुत्व, शान्ति, प्रेम र मानवताको सन्देश फैलाउने विश्वास मण्डलले लिएको छ।
सन्त निरंकारी मण्डल नेपालले समागमसम्बन्धी समाचार संकलन तथा प्रचारप्रसारमा सहयोग गरिदिन सञ्चारकर्मीहरूलाई अनुरोध गर्दै पत्रकार सम्मेलनमा उपस्थितिका लागि पनि आग्रह गरेको छ। 




















































































































































