नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकी प्रदेशमा नयाँ नेतृत्व

गण्डकी,  नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशको सातौं वार्षिक साधारणसभा तथा चौथो खधिवेशनले रविप्रसाद आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । अधिवेशनले संघको प्रथम उपाध्यक्षमा विकासप्रसाद कंडेल, द्वितीय उपाध्यक्षमा भुवानीप्रसाद अधिकारी, महासचिवमा श्यामप्रसाद लामिछाने, सचिवमा शोभाखर तिवारी, कोषाध्यक्षमा सुमन कुँवर र सह कोषाध्यक्षमा संगीता अधिकारी आचार्यलाई निर्वाचित गरेको छ । त्यस्तै समितिको सदस्यहरूमा आनन्दराज अधिकारी, रविन्द्र कुँवर, मित्रलाल अधिकारी, प्रतिक लामिछाने र सुरज सापकोटा रहनुुभएको छ ।

 

अधिवेशनका लागि बरिष्ठ अधिवक्ता कृष्णबहादुर थापाको संयोजकत्वमा संघका केन्द्रीय अध्यक्ष भीमबहादुर गोले तामाङ, मदन शर्मा, सोमबहादुर थापा, महेश सापकोटा, बोबरजंग गुरुङ, बाबुराम पाण्डे रहनुुभएको निर्वाचन समिति गठन गरिएको थियो ।

 

नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई निर्वाचन समितिका पदाधिकारी सहित निवर्तमान अध्यक्ष दुुर्गादत्त दाहाल, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, संघका केन्द्रीय महासचिव भरत तिमल्सिना लगायतले खादा तथा माला लगाएर बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष रविप्रसाद आचार्यले पर्यटक यातायात सेवालाई गुणस्तरीय बनाउँदै हरियो नम्बर प्लेटको महिमा र गरिमालाई कायम गराउने कुरामा आँफूहरू निरन्तर लाग्ने विश्वास व्यक्त गर्नुुभयो ।

 

रासस गण्डकी प्रदेश प्रमुख पौडेल एनटिभिएबाट सम्मानित

यसैबीच राष्ट्रिय समाचार समिति(रासस) गण्डकी प्रदेश कार्यालय, पोखराका प्रमुख वासुदेव पौडेल सम्मानित हुनुभएको छ । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ(एनटिभिए) गण्डकी प्रदेशको शुक्रबार साँझ पोखरामा सम्पन्न सातौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनका अवसरमा उहाँलाई पत्रकारिताका माध्यमबाट पर्यटन क्षेत्रको विकासमा योगदान पु¥याएको भन्दै नगद रु २५ हजार र सम्मानपत्रबाट सम्मान गरिएको हो ।

 

गण्डकी प्रदेशसभा सदस्य गणेशमान गुरुङ, नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष दुुर्गादत्त दाहाल, केन्द्रीय अध्यक्ष भीमबहादुर गोले तामाङ, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीलगायतले सो सम्मान प्रदान गर्नुभयो ।

 

उक्त अवसरमा गण्डकी प्रदेशमा पहिलो पटक हरियो नम्बर प्लेटको पर्यटक यातायात भित्र्याउने हरिध्वज तुलाचन, उत्कृष्ट कर्मचारीद्वय श्रीप्रसाद खतिवडा र इन्द्र राना मगरलाई पनि सम्मान गरिएको थियो ।कार्यक्रममा प्रदेशसभा सदस्य गुुरुङले नेपालको पर्यटन क्षेत्रमा हरियो नम्बर प्लेट भएका पर्यटक यातायातले महत्वपूर्ण योगदान पु¥याएको बताउनुुभयो । हरियो नम्बर प्लेट भएका सवारी साधनले आफ्नो गुणस्तरीयतालाई सधैँ ध्यान दिन आग्रह गर्दै उहाँले पर्यटन क्षेत्रका विद्यमान समस्याको समाधान गर्न हातेमालो गर्ने बताउनुुभयो ।

 

सङ्घका गण्डकी प्रदेश अध्यक्ष दुर्गादत्त दाहालले पर्यटक यातायात सेवालाई व्यवस्थित एवम् प्रभावकारी बनाउन सङ्घ निरन्तर लागिरहेको बताउनुुभयो । सङ्घका पूर्वअध्यक्ष एवम् सल्लाहकार बोबरजंग गुरुङले विदेशी सवारी साधनलाई व्यवस्थित गर्नका लागि संघले पहल गरेपनि त्यसलाई गलत व्याख्या गर्ने गरिएको बताउनुुभयो । यहाँका पर्यटक सवारी साधनले तिर्ने गरेको राजस्व विदेशी सवारी साधनले पनि तिर्नुुपर्ने बताउँदै उहाँले त्यसको राम्रो नियमन हुनु जरुरी भएको बताउनुुभयो ।

 

कार्यक्रममा पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, सम्मानित व्यक्तित्व हरिध्वज तुलाचन, महासचिव भरत तिमिल्सना, सङ्घका प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक रविप्रसाद आचार्य, महासचिव विकास कंडेललगायतले पर्यटक यातायातले नेपालको पर्यटन क्षेत्रमा खेलिरहेको भूमिकालगायतका विषयमा चर्चा गर्नुुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९