काठमाडौँ, आम जनता पार्टी (आजपा) ले नयाँ सरकार राष्ट्रिय सुरक्षा र अन्तरराष्ट्रिय सम्बन्धलगायत संवेदनशील विषयमा गम्भीर हुनुपर्नेमा जोड दिएको छ ।पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा आज भएको केन्द्रीय कमिटी बैठकले ती विषयमा जोड दिएको हो ।पार्टीका सचिवालय सदस्य सुभाष साहका अनुसार बैठकले जनचाहना अनुरुप देशमा शान्ति, विकास, अमनचैन कायम गर्न नयाँ सरकार ठोस मार्गचित्रका साथ प्रस्तुत हुनुपर्ने सुझाव दिएको छ ।राष्ट्रिय समाचार समिति (रासस)




























































































































































