हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै

पाँचथर,  हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको नसर्ने रोगको खोजपड्ताल (स्क्रिनिङ) कार्यक्रममा १२ प्रतिशत मानिसमा नसर्ने रोगहरू देखापरेका छन । समुदायका ३० वर्षभन्दा माथिका चार सय ४३ जना मानिसहरूको स्वास्थ्य परीक्षण गर्दा १२ प्रतिशत मानिसहरूमा मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको समस्याजस्ता नसर्ने रोगका लक्षणहरू देखिएका हुन् ।

 

 

स्वास्थ्य परीक्षणका लागि नआएका र गाउँ समाजमा आफ्नै काममा व्यस्त रहेका मानिसहरूको स्वास्थ्य परीक्षण गर्दा यस्तो अवस्था देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्द्रप्रसाद शर्मा घिमिरेले जानकारी दिनुभयो । मधुमेह र उच्च रक्तचापको समस्याले सताए पनि स्वास्थ्य परीक्षण नै नगराइ बसेका मानिससमेत भेटिएको र उनीहरूलाई परामर्श तथा उपचारको प्रबन्ध गरिएको घिमिरेले बताउनुभयो । “न्यूनतम १२ प्रतिशत स्वस्थ देखिने मानिसहरूमा नसर्ने रोगका लक्षण फेलापरेका छन्”, घिमिरेले भन्नुभयो, “हामीले गत वर्षदेखि नै नसर्ने रोग पहिचानको अभियान चलाइरहेका छौँ । जसमा उल्लेख्य मात्रामा बिरामी भेटिने गर्नुभएको छ ।”

 

 

यहाँका स्वास्थ्य संस्थाहरूले विवाह, भोजभतेरजस्ता सामाजिक तथा धार्मिक कार्यक्रममा पनि सहभागीहरूको स्वास्थ्य परीक्षण गर्ने गरेका छन । मानिसहरू ठूलो स्वास्थ्य समस्या भएपछि मात्रै उपचारका लागि आउने र यो अवस्थासम्म धेरै ढिला भइसकेको हुने देखिएकाले खोजपड्ताल कार्यक्रम चलाइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले नै मधुमेह र उच्च रक्तचापका बिरामीका लागि निःशुल्क रूपमा औषधि वितरण गर्दै आएको घिमिरेले जानकारी दिनुभयो ।

 

 

यस्तै स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममा ‘सेटलाइट क्लिनिक’ सञ्चालन गर्ने व्यवस्था गरी स्थानीय स्वास्थ्य संस्थाको पहुँचमा नरहेका व्यक्तिहरूलाई प्राथमिक उपचार, पोषण, सुरक्षित मातृत्व, परिवार नियोजनका साधनको प्रयोगलगायत विषयमा जानकारी गराउँदै आएको छ । यो कार्यक्रम यहाँका सबै वडामा प्रत्येक महिनामा दुई दिन सञ्चालन हुने गरेको उहाँले जानकारी दिनुभयो ।

 

 

नसर्ने रोगको खोजपड्तालकै क्रममा यहाँका चार जना बासिन्दामा कालाजार र छ जनामा क्षयरोग फेलापरेको छ । सामान्यतया जालाजारको सङ्क्रमण पहाडी क्षेत्रमा विरलै हुने भए पनि यहाँ चार जना बिरामी फेला परेपछि स्वास्थ्य संस्थामार्फत सचेतनाका कार्यक्रमलाई विस्तार गरिएको स्वास्थ्य शाखा प्रमुख घिमिरेले बताउनुभयो । यस्तै क्षयरोगका बिरामीलाई नियमित औषधि सेवनमार्फत निको पार्न र अन्य बिरामीको पहिचानका लागि खोजपड्ताल कार्यक्रमलाई निरन्तरता दिइएको घिमिरेको भनाइ छ ।

 

 

खोजपड्ताल कार्यक्रमले आगामी दिनमा बजेट विनियोजन तथा औषधि खरिद गर्न सहज भएको र सम्बन्धित बिरामी रोगबाट जटिल अवस्थामा पुग्नबाट बचेको उहाँले बताउनुभयो ।गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारीले खोज र खोप अभियानअन्तर्गत धेरै बिरामी फेला पर्ने गरेका कारण खोज पड्ताल, सचेतना, उपचार र औषधि वितरणका लागि स्वास्थ्यकर्मीहरूलाई प्रोत्साहित गरिएको बताउनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कञ्चनपुरमा बगर संरक्षण गर्न वृक्षारोपण गरियो

कञ्चनपुरमा बगर संरक्षण गर्न वृक्षारोपण गरियो...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कञ्चनपुरमा बगर संरक्षण गर्न वृक्षारोपण गरियो

कञ्चनपुरमा बगर संरक्षण गर्न वृक्षारोपण गरियो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९