राना थारू समुदायमा परम्परागत पहिरन लगाउने चलन लोप हुँदै

कञ्चनपुर,  सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने राना थारू समुदायका महिलाले प्रयोग गर्ने परम्परागत गहना र पहिरन लगाउने चलन घट्दैै जान थालेको छ । आधुनिक गहना, बजारमा पाइने कपडा र जीवनशैलीमा आएको परिवर्तनका कारण परम्परागत पहिरन र गहनाको प्रयोग घट्दै गएको हो ।

 

 

शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीकी ६० वर्षीया सोमती रानाका अनुसार पहिले महिलाहरूले घरमै हातले बुनेका घघँरिया, अँगिया, फतुई, उढनिया लगायतका पहिरन लगाउने गर्थे । त्यसबेला महिलाले शिरदेखि पाउसम्म चाँदीका गहनाले सजिने चलन थियो । कपालमा चाँदीको चाँपी, कानमा वीर, नक्बेसर, नाकमा नथुनी, घाँटीमा चाँदीका पैसाले बेरेको कालो धागो, त्यसको तल कठुला, हसुला र सकरगरेला लगाउने चलन रहेको उहाँले बताउनुभयो ।“पाखुरामा लगौरा, नाडीमा पहुँची, औँलामा कलात्मक औँठी, कम्मरमा सिक्री भएको कैँधनी, पैतलामाथि ढुन्नी, त्यसको तल पैँडा र पायल लगाउने गरिन्थ्यो” उहाँले भन्नुभयो, “घाँटीमा कण्ठ, गरिया र घिच्ची लगाउने प्रचलन पनि रहेको थियो ।”

 

 

परम्परागत पहिरन र गहना लगाएकी महिलालाई पहिले समाजमा सम्मानका साथ हेर्ने गरिन्थ्यो । “टाउकामा उढनिया, गलामा हार र कण्ठसिरीमाला, छातीमा फतुई, कम्मरमा घघँरिया र खुट्टामा पैँडा लगाएकी महिलालाई सभ्य, संस्कारयुक्त र प्रतिष्ठित महिलाका रूपमा लिने गरिन्थ्यो,” चन्द्रमती रानाले भन्नुभयो ।

 

 

“अहिले परम्परागत गहना थोरै महिलासँग मात्र बाँकी छन्” उहाँले भन्नुभयो, “धेरै महिलाले आधुनिक डिजाइनका सुन तथा कृत्रिम गहना प्रयोग गर्न थालेपछि पुराना गहनाको प्रयोग घट्दै गएको छ, परम्परागत गहना बनाउने सीप भएका कारीगर पनि अहिले पाउन मुस्किल भएकाले परम्परागत गहना हराउँदै गएका छन् ।”

 

 

फुलमती रानाका अनुसार पहिले पुरुष र महिलाको पहिरन स्पष्ट रूपमा परम्परागत थियो । अहिले पुरुषले पुरानो पहिरन लगाउन छाडिसकेका छन् भने महिलाको पहिरनमा पनि आधुनिकताको प्रभाव देखिन थालेको छ । परम्परागत पहिरन जोगाउने प्रयास भए पनि पहिले जस्तो पूर्ण रूपमा परम्परागत पहिरन लगाउने चलन भने घट्दै गएको उहाँले बताउनुभयो ।

 

 

“राना थारू समुदायमा प्रयोग हुने धेरै गहना चाँदीका हुने गर्थे” उहाँले भन्नुभयो, “ती गहना केवल सौन्दर्यका लागि मात्र नभइ सामाजिक प्रतिष्ठा, आर्थिक अवस्था र सांस्कृतिक पहिचानसँग पनि जोडिएका थिए, विवाह, पर्व, पूजा, नाचगान तथा विशेष अवसरमा महिलाले अनिवार्य रूपमा ती गहना र परम्परागत पहिरन लगाउने गर्थे ।”

 

उहाँका अनुसार पहिले घरमै कपडा र धागो तयार गरी पहिरन बनाउने चलन थियो । महिलाहरू आफैँले पहिरन तयार गर्ने गर्थे । अहिले बजारमा पाइने कपडा प्रयोग गर्न थालिएपछि घरमा कपडा तयार गर्ने परम्परा पनि हराउँदै गएको छ । यससँगै परम्परागत पहिरन पनि विस्तारै हराउँदै गएको स्थानीय बुढापाकाको भनाइ छ ।

 

परम्परागत गहना बनाउने कालिगढको सङ्ख्या घट्नु पनि अर्को कारण रहेको बताइएको छ । “पहिले गाउँमै गहना बनाउने सुनचाँदीका कारीगर हुन्थे, अहिले त्यस्ता कालिगढ पाउन गाह्रो भएको छ” रानाथारु अगुवा रामशाह रानाले भन्नुभयो, “नयाँ पुस्ताले परम्परागत गहना बनाउन सिक्न नचाहँदा यो सीप पनि लोप हुने अवस्थामा पुगेको छ ।” उहाँका अनुसार परम्परागत गहना र पहिरन केवल कपडा वा आभूषण मात्र नभइ राना थारू समुदायको इतिहास, संस्कृति, पहिचान र जीवनशैलीसँग जोडिएको सम्पदा हो । त्यसैले यसको संरक्षण आवश्यक रहेको उहाँले बताउनुभयो ।

 

अहिले केही स्थानमा सांस्कृतिक कार्यक्रम, विवाह र विशेष अवसरमा मात्र परम्परागत पहिरन लगाउने गरिन्छ, भने दैनिक जीवनमा आधुनिक पहिरन प्रयोग हुने गरेको छ । यसले गर्दा नयाँ पुस्ताले पुराना पहिरन र गहनाको नामसमेत नजान्ने अवस्था आउँन थालेकोप्रति उहाँले चिन्ता प्रकट गर्नुभयो ।

 

परम्परागत गहना र पहिरनको संरक्षणका लागि स्थानीय तह, समुदाय र सरोकारवाला निकायले पहल गर्न आवश्यक छ । परम्परागत गहना बनाउने कालिगढलाई प्रोत्साहन, सीप हस्तान्तरण, सांस्कृतिक कार्यक्रम आयोजना तथा सङ्ग्रहालय स्थापना जस्ता कार्य गर्न सके परम्परागत पहिरन र गहना जोगाउन सकिने शुक्लाफाँटा नगरपालिका १२ का वडाध्यक्ष नवलसिंह राना बताउनुहुन्छ ।

 

“राना थारू समुदायका परम्परागत गहना र पहिरन केवल सौन्दर्यको साधन मात्र नभइ सांस्कृतिक पहिचानको महत्वपूर्ण प्रतीकका रुपमा रहेका छन” उहाँले भन्नुभयो, “यसको संरक्षण र पुस्तान्तरण आजको आवश्यकता हो, समयमै संरक्षण गर्न सकिएन भने राना थारू समुदायका परम्परागत गहना र पहिरन इतिहासका पानामा मात्र सीमित हुने खतरा बढ्दै गएको छ ।”राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९