दुर्घटना बढेपछि ताथली–नाला सडकमा पुग्यो सुरक्षा अधिकारीको टोली

भक्तपुर,  अरनिको राजमार्गको वैकल्पिक सडकको रुपमा रहेको च्यामङसिह–ताथली–नाला सडकमा दैनिक दुर्घटना बढेपछि जिल्लास्थित सुरक्षा निकायको टोली दुर्घटना न्यूनीकरणको उपाय खोज्न सडक अनुगमनमा पुगेको छ ।
भक्तपुरको सूर्यविनायक–बनेपा–धुलिखेल छ लेन सडक विस्तार सम्पन्न गर्न ढिलाइ भएसँगै बनेपा चोकबाट नालाताथली हुँदै च्यामासिंह निस्कने सडकमा दैनिक दुर्घटना बढेपछि स्थानीयवासीलाई चिन्ताको विषय बनेको छ । उक्त सडकमा अत्यधिक सवारी चाप बढेको छ ।

 

दैनिक दुर्घटनाको गुनासो आएपछि भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको नेतृत्वमा आज जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्का, जगाती प्रहरी वृत्तकी प्रहरी नायब उपरीक्षक चञ्चला श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी परिसरकी ट्राफिक प्रहरी निरीक्षक झरना सुनार, चाँगुनारायण नगरपालिका–९ का वडाध्यक्ष गणेश त्यातलगायतका टोलीले उक्त सडकमा दुर्घटना हुने मुख्य क्षेत्रहरुको अनुगमन गरेको हो ।

 

 

सडकमा अत्यधिक सवारी चाप हुने र मोटरसाइकलदेखि साना सवारीसाधनको तीव्र गतिका कारण दैनिक दुर्घटना बढेको सुरक्षा निकायदेखि जनप्रतिनिधिले निष्कर्ष निकालेका छन् । स्थानीय दत्तात्रय खाद्य उद्योगका सञ्चालक सञ्जीव मधिकर्मीले यसक्षेत्रमा एकैदिन आफ्नै आँखा अगाडि तीनवटासम्म दुर्घटनामा भएको बताउँदै दैनिक दुर्घटनाले निकै चिन्ता बढाएको बताउनुभयो । दुर्घटना बढेपछि उद्योगको गेटमा सडकतर्फ फर्काएर तीनवटा सिसीक्यामरा जडान गरेपछि दुर्घटना हुँदा फरार हुने सवारीसाधन पत्ता लगाउन प्रहरीलाई सहज भएको बताउँदै दुर्घटना न्यूनीकरणको उपाय अवलम्बन गर्न आवश्यक रहेको सुझाव टोलीलाई दिनुभयो ।

 

 

चाँगुनारायण नगरपालिका–९ का वडाध्यक्ष गणेश त्यातले एक वर्षअघि चाँगुनारायण नगरपालिकाले नौवटा सिसीक्यामेरा जडान गरे पनि मालवाहक ठूला सवारीसाधनले तार चँुडालिदिएपछि अहिले एउटा पनि सञ्चालनमा नरहेको बताउनुभयो । उहाँले सिसीक्यामरासँगै यहाँ सडक बत्तीको समेत आवश्यकता रहेको छ भन्नुभयो ।

 

 

सिसीक्यामेरासमेत नहुँदा दुर्घटना गरेर सवारीसाधन भाग्ने र गल्ती गर्नेलाई कारबाही गर्नसमेत समस्या भएको बताउँदै प्रहरी वृत्त जगातेकी प्रमुख श्रेष्ठले सिसीक्यामेरा जडान र सचेतनामूलक बोर्ड राख्न सके दुर्घटना न्यूनीकरणका साथै अनुसन्धानमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

 

 

साँघुरो सडकमा सवारी चाप, चालकमा अनुशासनको कमी र दु्रतगतिमा सवारी हुइक्याउने प्रवृत्तिले दुर्घटना बढेको भन्दै बढी जोखिम हुने सडकमा ट्राफिक प्रहरीको उपस्थिति र कारबाही बढाउनुपर्ने स्थानीयवासीको भनाइ छ । यस क्षेत्रमा सञ्चालनमा रहेका इँटाभट्टा, विभिन्न उद्योगहरुले सडकतर्फ सिसीक्यामरा जडान गर्ने र रातिका लागि सडक बत्तीको व्यवस्था गराइदिनसमेत स्थानीयवासीले माग गरेका छन् ।

 

जिल्ला ट्राफिक प्रहरी प्रमुख सोनारले डमी ट्राफिक माग गरिरहेको, जनशक्ति कम भएकाले समस्या भएको, यस क्षेत्रमा तत्कालै एक प्रहरी पोष्ट स्थापना गर्न आवश्यक भएको, जनचेतनामूलक पोष्टर राख्न, सिसीक्यामरा, सडक बत्तीको व्यवस्था गरिदिन सके दुर्घटना न्यूनीकरणमासहयोग पुग्ने बताउनुभयो ।

 

अनुगमनका क्रममा प्रजिअ ढकालले दुर्घटनाग्रस्त क्षेत्रमा तत्काल सुरक्षाकर्मी राखेर ट्राफिक अनुशासन कायम गराउने, कारबाही प्रक्रिया अगाडि बढाउने, ‘फ्लेक्स बोर्ड’, सिसीक्यामेरा राख्न पहल गर्ने बताउनुभयो । उहाँले वडाध्यक्ष त्यातलाई तत्कालै यस क्षेत्रका व्यवसायीसहित सरोकारवालाको बैठक बोलाएर यहाँको समस्या समाधानका लागि पहल गर्न निर्देशन दिनुभयो ।प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले बनेपा जगातेको सडकमा घण्टौँ जाम हुने भएपछि यस सडकमा सवारी चाप बढेको बताउँदै सडक डिभिजन कार्यालयसँग पनि यसबारेमा छलफल आवश्यक रहेको बताउनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९