चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

सप्तरी,  सप्तरीको सुरुङ्गा नगरपालिका—१ की सुमित्रा राउत ९ कक्षा पढ्दै गर्दा विवाह भयो । थप पढ्ने रहर त थियो, तर विवाहपछि उहाँको जीवनको लय मोडियो । राउतले करिब १० वर्षसम्म चुलोचौको, खेतीपाती र पारिवारिक जिम्मेवारीमै बित्यो ।योबीचमा जिम्मेवारीले पढ्ने रहर ओझेलमा प¥यो, तर त्यो रहर अन्त्य भइसकेको थिएन । उहाँले फेरि अध्ययन सुरु गर्नुभयो र २०६७ सालमा एसएलसी उत्तीर्ण गर्नुभयो । राउतको औपचारिक अध्ययनको यात्रा त्यत्तिमा रोकिएन, घर नजिकै शिशुवारी क्याम्पस खुलेपछि उहाँले ‘प्लस टू’ मात्र होइन, गत वर्ष स्नातक (बिएड) समेत उत्तीर्ण गर्नुभएको छ ।

 

“योबीचमा मैले विभिन्न गैरसरकारी सङ्घसंस्थामा काम गरेँ, यस क्रममा औपचारिक शिक्षाको महत्त्व बुझेँ । पढाइमा तल्लो तहमा हुँदा धेरै अवसरबाट वञ्चित भएको महसुस हुन्थ्यो । बाहिर गएर पढ्ने सम्भावना थिएन, तर घर नजिकै क्याम्पस खुलेपछि पढ्न सहज भयो”, राउतले खुसी व्यक्त गर्दै अगाडि भन्नुभयो, “अब यही स्नातकोत्तर पनि सञ्चालन भएमा पढाइलाई अझ अगाडि बढाउने चाहना छ । चाँडै त्यो सपना गर्ने अपेक्षामा छु ।”

 

यस्तै, कथा डिकुरा पोखरेलको पनि छ । १५ वर्षअघि उदयपुरको गाईघाटस्थित त्रियुगा क्याम्पसबाट १२ कक्षाको अन्तिम परीक्षामा उहाँलाई एउटा विषय लाग्यो । त्यहीबीचमा विवाह भयो र पढाइ रोकियो । पछि सुरुङ्गास्थित घर नजिकै शिशुवारी क्याम्पस खुलेपछि पोखरेलले पुनः १२ कक्षा उत्तीर्ण गरी नेपाली विषयमा स्नातक गर्नुभयो र हाल स्नातकोत्तर सकेर अध्यापन गराइरहनुभएको छ ।

 

सुमित्रा र डिकुरा त प्रतिनिधि पात्र मात्र हुन् । गाउँमै क्याम्पस स्थापना भएपछि उहाँहरूजस्तै सयौँ छोरी–बुहारीले यहाँ आफ्ना अधुरा सपनालाई पूरा गर्ने अवसर पाएका छन् । सप्तरीको उत्तर–पश्चिमी सीमान्त गाउँ शिशुवारीमा अवस्थित यो क्याम्पस स्थानीयको पसिना र चन्दाबाट ठडिएको हो । विसं २०६९ साउन १५ गते त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाएको यस क्याम्पसले उच्च शिक्षाको ढोका खोलिदिएको छ । हाल यहाँका ३०० भन्दा बढी बुहारीहरू स्नातक उत्तीर्ण भई कोही निजामती सेवा त कोही शिक्षण पेसामा प्रवेश गरेर आफ्नो संसार आफैँ बदल्न सफल भएका छन् ।

 

क्याम्पस प्रमुख कृष्णप्रसाद तिम्सिनाका अनुसार यहाँ सप्तरीका मात्र होइन, छिमेकी जिल्ला सिरहा, उदयपुर,  खोटाङ, सुनसरी र मोरङसम्मका छात्राहरू लाभान्वित भइरहेका छन् । “यहाँको गाउँले वातावरण, न्यून शुल्क र सुरक्षित वातावरणले गर्दा बुहारीहरूका लागि यो क्याम्पस माइतीको घरजस्तै बनेको छ”, उहाँ भन्नुहुन्छ ।

 

क्याम्पस प्रमुख तिम्सिनाका अनुसार आर्थिक रूपमा कमजोर परिवारका लागि वार्षिक रु १४ हजार मात्र शुल्क निर्धारण गरिएकाले यो क्याम्पस अन्य सामुदायिक क्याम्पसभन्दा करिब ३० प्रतिशत सस्तो र सहज पहुँचयोग्य बनेको छ । साथै, अतिविपन्न विद्यार्थीलाई निःशुल्क भर्ना गर्ने व्यवस्था पनि गरिएको छ । क्याम्पसको यो गुणस्तरीय र सुलभ शिक्षाले धेरैको जीवनमा व्यावसायिक परिवर्तन ल्याएको छ ।

 

उदयपुरको मुर्कुचीबाट विवाह गरी आएकी टुना माया मगरले यहीबाट स्नातक गरी शिक्षक सेवा आयोग उत्तीर्ण गर्नुभएको छ । हाल उहाँ जनप्रभावत मावि दौलतपुरमा स्थायी शिक्षिका हुनुहुन्छ । यस्तै, दुई वर्षअघि यही अध्ययन गर्नुभएकी मनिशा विकले पनि शिक्षक सेवा उत्तीर्ण गरेर राष्ट्रिय प्राविमा अध्यापन गराइरहनुभएको छ ।

 

यस्तै, कथा छ प्रेमा थापामगरको पनि । उहाँले शिशुवारी क्याम्पसमा प्लस टू अध्ययन गरे पनि त्यतिबेला क्याम्पसमा स्नातक तह सञ्चालन नभएकाले लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसबाट स्नातक गर्नुभयो । “त्यतिबेला यहाँ स्नातक तहको अध्ययन हुन्थेन, त्यसैले बाहिर बसेर पढ्नुप¥यो । हाल भने धेरै दिदीबहिनीहरूले गाउँमै पढ्न पाएका छन्, त्यो देख्दा खुसी लाग्छ,” उहाँले भन्नुभयो, “हाल शिशुवारीमा स्नातक नगर्ने कुनै घर छैन, यो यस क्याम्पसको गौरव हो ।”

 

लहान माइती भएकी करिनाकुमारी महतोले गत वर्ष बिहे गरेर शिशुवारी आएपछि पनि अध्ययनलाई  छोड्नुभएन । हाल कक्षा १२ मा अध्ययनरत उहाँलाई वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेका श्रीमान् कृष्ण महतोले उत्तिकै हौसला दिइरहनुभएको छ । “खेतीपाती र पशुपालन गर्ने बुबाआमाले बाहिर राखेर पढाउन सक्ने अवस्था थिएन । हाल घरको काम भ्याएर पनि पढ्न पाएकी छु, घरपरिवार सबै खुसी हुनुहुन्छ”, महतोले भन्नुभयो ।

 

शिशुवारी क्याम्पसले सुरुङ्गाका छोरी–बुहारीहरूका लागि केवल ‘डिग्री’ मात्र बाँडेको छैन, एउटा आत्मविश्वास र आत्मनिर्भरताको बाटो पनि कोरिदिएको छ । पारिवारिक उल्झन र आर्थिक अभावका कारण बीचैमा पढाइ छाडेर गृहिणीमा सीमित भएकाहरू हाल उच्च शिक्षा हासिल गर्ने सपना देखिरहेका छन् ।

 

मट्ठीदानबाट ठडिएको ‘ज्ञानको मन्दिर’

यो परिवर्तनको कथा त्यतिबेला सुरु भयो, जब गाउँमा ‘ज्ञानको मन्दिर’ ठड्याउन स्थानीयले मुट्ठीदान सुरु गरे । लहानका गणपतलाल सारडाले २१ कट्ठा जग्गा दान गरेपछि सुरु भएको यो अभियानमा स्थानीय नारायणप्रसाद पराजुलीले रु तीन लाख बराबरको जग्गा थग्नुभयो । अन्य गाउँलेले गच्छेअनुसार रु १० हजारदेखि रु ५१ हजारसम्म नगद सहयोग गरे ।

 

क्याम्पसका लेखापाल ज्ञानेन्द्र धमलाका अनुसार १४ वर्षको अवधिमा स्थानीयबाट मात्र रु १७ लाखभन्दा बढी नगद सहयोग जुटेपछि विद्यालयको विकासमा सहयोग पुगेको हो । ‘स्थानीयको अपनत्व’ का कारण क्याम्पसले स्थानीयस्तरमा गुणस्तरीय शिक्षा दिन सहज भएको उहाँको भनाइ छ ।

 

 

क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं सुरुङ्गा–१ का वडाध्यक्ष छत्रबहादुर राउत (राजकुमार) क्याम्पसले विभिन्न बाधा झेलेर पनि स्थानीयमा शिक्षाको ज्योति बाल्न योगदान गरिरहेको बताउनुहुन्छ । “मैले जिम्मेवारी लिँदा भवन जीर्ण थियो, शिक्षकहरूको तलब झन्डै दुई लाख बक्यौता थियो र जम्मा १० जना विद्यार्थी मात्र थिए”, उहाँ विगत कोट्याउनुहुन्छ,“तर हार नखाई चलाइएको घरदैलो अभियानले ५२ जना छोरी–बुहारीलाई क्याम्पस भर्ना गरायो । शिक्षकहरूले महिनौँसम्म तलब नपाउँदा पनि कक्षा रोकेनन्, जसको नतिजास्वरूप आज यो क्याम्पस कोशी प्रदेशमै बिएडतर्फको नतिजामा पहिलो हुन सफल भएको छ ।” राउतको यो तेस्रो कार्यकाल हो ।

 

 

यही क्याम्पसको स्नातक पहिलो ब्याचका विद्यार्थी एवं हाल सञ्चालक समिति सदस्य काशि कार्कीका अनुसार यहाँ पढेका कैयौँ विद्यार्थीहरू नेपाल सरकारको निजामती सेवामा प्रवेश गरेर राष्ट्र सेवामा जुटिसकेका छन् । कुनै समय सामान्य लेखपढ मात्र भएको यो गाउँमा हाल प्रायः हरेक घरमा कम्तीमा एकजना स्नातक उत्तीर्ण छोरी वा बुहारी भेटिन्छन् । “यो अभियानको सबैभन्दा ठूलो सफलता हो । हाल तराई मधेस समृद्धि कार्यक्रममार्फत बनेको पक्की भवनमा कक्षा सञ्चालन भइरहेको छ भने भारतीय दूतावासको रु पाँच करोड लागतमा निर्माणाधीन तीनतले अत्याधुनिक भवन आगामी वैशाखमा उद्घाटन गर्ने तयारी छ । यी पूर्वाधार बनेमा थप सहज हुनेछ”, उहाँले भन्नुभयो ।

 

त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा बिएड र प्लस टूतर्फ शिक्षा र व्यवस्थापन सङ्कायको अध्ययन अध्यापन भइरहेको यस क्याम्पसले विद्यार्थीलाई कम्प्युटरको आधारभूत सीप र शिक्षक सेवा आयोगको तयारी कक्षासमेत निःशुल्क उपलब्ध गराउँदै आएको छ । क्याम्पस प्रमुख तिम्सिनाका अनुसार हाल यहाँ प्लस टूतर्फ २०० र स्नातकतर्फ २२५ जना विद्यार्थी अध्ययनरत छन्, जसमा छोरी–बुहारीहरूको बाहुल्यता छ ।

 

स्थानीयको चन्दा र गाँस काटेर गरिएको सहयोगबाट सञ्चालित यस क्याम्पसले विपन्न परिवारका छोरी–बुहारीहरूका लागि वास्तवमै अँध्यारोमा एउटा उज्यालो दियोको काम गरिरहेको छ । चुलोचौकोको धुवाँबाट निस्किएर उच्च शिक्षासम्म पुग्ने यहाँका छोरी—बुहारीहरूको यात्राले शिशुवारीलाई केवल एउटा शैक्षिक संस्था मात्र होइन, सामाजिक परिवर्तनको एउटा बलियो केन्द्र बनाएको छ ।सुदिप राउत/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

प्रतिनिधिसभा बैठक : ऊर्जादेखि महिला उत्थानका विषयसम्म चर्चा

काठमाडौँ,    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदले ऊर्जा निर्माणदेखि राष्ट्रपति महिला उत्थान कार्यक्रम कार्यान्व्यन हुनुपर्नेमा जोड दिनुभएको छ ।बैठकमा सांसद श्रीराम न्यौपानेले ऊर्जाबिना कुनै पनि विकास निर्माण सम्भव नहुने बताउँदै तत्काल सनसेट ऐन ल्याइ कार्यान्व्यन गर्न आग्रह गर्नुभयो । सांसद भूमिका सुब्बाले राष्ट्रपति...

ट्राफिक प्रहरीद्वारा एक सातामै एक करोड १८ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ,  काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख २९ गतेदेखि आजसम्म गरी एक सातामै १३ हजार ९० जना सवारीचालक तथा नियम उल्लङ्घनकर्तामाथि कारबाही गरेको छ ।उक्त अवधिको कारवाहीबाट एक करोड १८ लाख छ हजार १३ रुपैयाँ राजस्व सङ्कलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौँ,  प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल जारी रहने सम्भावित कार्यसूची  छ  । सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो । गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

युवा समाजसेवी खेम जोशी लागू औषध दुर्व्यसन रोक्न मैदानमा, युवालाई ४३ हजार बराबरको खेल सामग्री वितरण

कैलाली — पछिल्लो समय ग्रामीण क्षेत्रमा युवा तथा बालबालिका लागू औषध दुर्व्यसन, कुलत तथा मोबाइलको अत्यधिक प्रयोगतर्फ आकर्षित भइरहेका बेला कैलालीका युवा समाजसेवी खेम जोशीले खेलकुदमार्फत समाज परिवर्तनको अभियान सुरु गरेका छन्।   बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ तथा जोशीपुर गाउँपालिका वडा नम्बर ६ र ७...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन

कैलाली। कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौनामा रहेको शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन भएका छन्। समितिका सदस्यहरूमा योगेश बगालेमगर, दिलमाया थापामगर र कल्पना भण्डारी रहेका छन्।   त्यसैगरी, पदेन सदस्यमा नानी दमाई, शिक्षक प्रतिनिधिमा रमेशकुमार कठरिया तथा सदस्य सचिवमा मान...

देशकै पहिलो ‘योग नगर’ घोषणा हुँदै चाँगुनारायण

भक्तपुर,  चाँगुनारायण नगरपालिकाले आफ्नो नगरलाई ‘योग नगर’ घोषणा गर्ने भएको छ । नगरपालिकाले आज यहाँ पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । नगरपालिकाका प्रमुख जीवन खत्रीले यही जेठ ८, ९ र १० गते त्रिदिवसीय कार्यक्रम गर्दै चाँगुनारायण नगरपालिकालाई ‘योग नगर’ घोषणा गर्न लागेको...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९