कोशी प्रदेशसभा बैठकः प्रदेश अनुसन्धान तथा प्रतिष्ठान ऐनसम्बन्धी संशोधन विधेयक पेस

विराटनगर,  कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश अनुसन्धान तथा प्रतिष्ठान ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ पेस भएको छ ।आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले सो प्रस्ताव पेस गर्दै प्रदेश सरकार मातहतको अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत निजामती कर्मचारीको क्षमता अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले निजामती कर्मचारीलाई तालिम प्रदान गर्न प्रतिष्ठानको भूमिका अग्रणी रहने भएकाले यसको संरचना तथा सङ्गठनात्मक सुधार गर्न यो विधेयक ल्याएको जानकारी दिनुभयो ।

 

“प्रतिष्ठानको संस्थागत सुधार गरी सेवा प्रवाहलाई चुस्त एवं दुरुस्त बनाउन प्रतिष्ठानको भूमिका महत्वपूर्ण छ,” उहाँले भत्रुभयो ।  सभामा शून्य समय र विशेष समयमा कोशी प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्न एवं जिज्ञासा बारे उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरीले जवाफ दिनुभएको थियो । उहाँले प्रदेश सरकारको ब्याज अनुदानबाट १६३ कृषकलाई २९ करोड रुपैयाँ कर्जा प्रवाह भएको जानकारी दिनुभयो ।

 

मन्त्री मन्सुरीले सो कर्जा प्रवाह हुँदा प्रदेश सरकारले ५२ लाख रुपैयाँ ब्याज अनुदान बैङ्कलाई तिरेको उल्लेख गर्दै सुनसरी, मोरङ र झापाका १६ फार्ममा ‘बर्ड फ्लु’ देखिएको र यसलाई नियन्त्रण गर्न मन्त्रालयका प्राविधिक जनशक्ति परिचालन भइसकेको बताउनुभयो ।मन्त्री मन्सुरीले प्रदेशमा रहेका ५६ वटा शीतगृहमध्ये २८ वटा सञ्चालनमा रहेको र अन्यलाई सञ्चालनमा ल्याउन सम्बन्धित जिल्लाका प्रदेशसभा सदस्यलाई यथार्थ जानकारी दिन आग्रह गर्नुभयो ।

 

रासायनिक मलको मात्रा घटाउन र प्राङ्गारिक मलको प्रयोग बढाउन प्रदेशमा २७ स्थानीय तहमा प्राङ्गारिक मल उत्पादन गर्न प्रदेश सरकारले प्रत्येक स्थानीय तहलाई १० लाख रुपैयाँका दरले सहयोग गरेको जानकारी गराउनुभयो । मन्त्री मन्सुरीले कृषि क्षेत्रमा सुधार ल्याउन र स्वरोजगार सिर्जना गर्न सांसदहरुसँग सुझाव माग्नु भयो ।

 

विशेष समयमा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट कोशी प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बूले गत असोज १८ गतेको बाढी र पहिरोबाट इलाम जिल्लामा करिब २० अर्ब रुपैयाँ बराबरको क्षति भएको जानकारी दिनुभयो । उहाँले विपद्बाट भएको जनधनको क्षति न्यूनीकरणका लागि प्रदेश सरकारले समयमै यथोचित कदम चाल्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।बैठकमा अर्थ समितिका सभापति विनोद राईले गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्नुभयो ।

शून्य समय
शून्य समयमा मुलुक र प्रदेशको समसामयिक विषयमा कोशी प्रदेशसभा सदस्यहरु राजन किराँती, सम्झना तामाङ, मीना श्रेष्ठ, सिर्जना राई र सुनिताकुमारी गुरुङले आ–आफ्ना धारणा राखेका थिए ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९