शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाको १७ औं वार्षिक चुनावी साधारण सभा : अध्यक्ष बाहेक सबै सर्वसहमत चयन

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डा, खैरेनीमा रहेको शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाको १७ औं वार्षिक चुनावी साधारणसभा शनिबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष आत्मा प्रसाद जैसीको सभापतित्वमा भएको कार्यक्रममा वडा नम्बर – ३ का वडाअध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले चोकचौरामा विभिन्न संघ–संस्थाबारे आलोचना हुने गरेको उल्लेख गर्दै, यस्ता कार्यक्रममा सहभागी हुँदा आय–व्यय र हिसाबकिताब नबुझी ताली बजाउने प्रवृत्ति ठीक नभएको बताए। सहकारी संस्थालाई चेतावनी दिँदै उनले सडकमा राखिएका बिजुलीका पोलहरू साना हुँदा सवारी साधन ठोक्किने जोखिम बढेको र यसले ठूलो क्षति निम्त्याउने गरेको बताए। “विद्युतमा सानालाई ऐन र ठूलालाई चेन” जस्तो अवस्था देखिएको उल्लेख गर्दै उनले सर्वसाधारण उपभोक्ताहरूले कडा परिश्रम गरेर समयमै बिल तिर्दा पनि ठूलो रकम अझै उठ्न नसकेको विषयमा प्रश्न उठाए। यस्तो कमजोरी कसको हो भन्नेबारे स्पष्ट हुनुपर्ने उनको भनाइ थियो।

यस्तै, कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्मा विशिष्ट अतिथि रहनु भएको थियो । विशिष्ट अतिथि विश्वकर्माले अब बन्ने समितिले जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिँदै, बाँकी रहेका सबै रकम अनिवार्य रूपमा उठाउनुपर्ने र जहाँ–जहाँ विद्युत पुगेको छैन त्यहाँ सेवा विस्तार गर्नुपर्ने बताए। संस्थामा कसैको पनि राजनीतिक प्रभाव नचल्ने र काम गर्ने सक्षम व्यक्तिको आवश्यकता रहेको उनको भनाइ थियो। साथै, बिजुलीका पोलहरूमा विभिन्न कम्पनीका वाइफाइका तारहरू अव्यवस्थित रूपमा झुण्ड्याउँदा आगलागीको जोखिम बढेको उल्लेख गर्दै, यस समस्याको समाधानका लागि सक्षम र सक्रिय समिति आवश्यक रहेको बताए।

कार्यक्रममा बर्दगोरिया गाउँपालिका न्यायिक पालिका सदस्य बसन्ती साउँद, वडा सदस्य राम बहादुर चौधरी, भावना विक, पूर्व वडा अध्यक्ष करर्ने सुनार, पूर्व कार्यपालिका सदस्य कोकिला खत्री, पूर्व न्यायिक पालिका सदस्य टंकराज ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति चक्र बहादुर बिष्ट, नेपाली कांग्रेसका वडा सभापति नन्दाराम बिष्ट, नेकपा एमालेका वडा कार्यसमिति अध्यक्ष वीर बहादुर राना, नेपाली कम्युनिष्ट पार्टीका वडा कार्यालय समिति संयोजक दले तिरुवा, राष्ट्रिय प्रजातन्त्र पार्टीका गाउँ कार्यसमिति अध्यक्ष नवीन साउँद, नागरिक उन्मुक्ति पार्टीका वडा कार्यसमिति अध्यक्ष नेत्रबहादुर घर्ती मगर, बसन्त मुरारी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक बहादुर कुँवर, जगदम्बिके भगवती माध्यमिक विद्यालयका प्रधानाध्यापक नेत्र बहादुर खड्का, रानीजरुवा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लालसिंह विश्वकर्मा, लालीगुराँस ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष अर्जुन थापा, साइनिङ स्टार युवा क्लबका अध्यक्ष गोविन्द बुढा क्षेत्री, शिक्षक तथा समाजसेवी बुद्धिजिवी शिव राज गौतम, युवा समाजसेवी गणेश विश्वकर्मा र संस्थाका संयोजक लेखा तथा सुपरिवेक्षण समितिका जय कृष्ण देवकोटा लगायत अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा आर्थिक वर्ष २०८१/०८२ को कुल ३३ लाख ५६ हजार ८ सय ९४ रुपैयाँ ९० पैसा आयव्यय संस्थाका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक जयकृष्ण देवकोटाले प्रस्तुत गरेका थिए।

संस्थाका उपाध्यक्ष यज्ञराज बन्तोलाको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन उपभोक्ता तथा प्राविधिक कर्मचारी भेषराज जैशीले गरेका थिए । हालसम्म संस्थामा ९ सय ७९ जना उपभोक्ता आबद्ध रहेका छन् ।

चुनावी साधारण सभाबाट उपाध्यक्षमा शिव चरण डगौरा थारु, सचिवमा गोविन्द बहादुर बुढा क्षेत्री, कोषाध्यक्षमा अमृता देवी खत्री, सदस्यहरूमा रूपा देवी बिक, राधा बिक, बिमल बहादुर कठायत, लक्ष्मण बहादुर रेग्मी मगर र कालु तिरुवा भेलाबाट सर्वसमत चयन भएका छन्।

भेलामा अध्यक्ष पदका लागि तीनजनाको नाम आएको थियो । जसमा दलबहादुर तिरुवा, यज्ञराज बन्तोला र नन्दाराम बिष्टले अध्यक्ष पदका लागि नाम दिएका थिए। सहमति जुट्न नसकेपछि निर्वाचन कमिटीले आज आइतबारका लागि सहमतिका लागि बोलाएको छ। निर्वाचन कमिटीको संयोजकमा लालसिंह विश्वकर्मा, कोकिला खत्री र अर्जुन थापा रहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाको १७ औं वार्षिक चुनावी साधारण सभा : अध्यक्ष बाहेक सबै सर्वसहमत चयन

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डा, खैरेनीमा रहेको शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाको १७ औं वार्षिक चुनावी साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष आत्मा प्रसाद जैसीको सभापतित्वमा भएको कार्यक्रममा वडा नम्बर – ३ का वडाअध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि...

शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाको १७ औं वार्षिक चुनावी साधारण सभा : अध्यक्ष बाहेक सबै सर्वसहमत चयन

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डा, खैरेनीमा रहेको शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाको १७ औं वार्षिक चुनावी साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष आत्मा प्रसाद जैसीको सभापतित्वमा भएको कार्यक्रममा वडा नम्बर – ३ का वडाअध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि...

चैत्र शुक्ल नवमी: देशभरका राम मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौँ,  रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका राम मन्दिरमा पूजाआराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो लागेको छ ।प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ । यस उपलक्ष्यमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपतिपारिको राम मन्दिर, गोकर्णेश्वर नगरपालिका– ९ आरुबारीस्थित राम मन्दिर, डिल्लीबजारस्थित राममन्दिर, राजधानी...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाको १७ औं वार्षिक चुनावी साधारण सभा : अध्यक्ष बाहेक सबै सर्वसहमत चयन

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डा, खैरेनीमा रहेको शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाको १७ औं वार्षिक चुनावी साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष आत्मा प्रसाद जैसीको सभापतित्वमा भएको कार्यक्रममा वडा नम्बर – ३ का वडाअध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि...

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन,  यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म रु १२ करोड ३० लाख ७४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १० करोड ६४ लाख ४३३ अर्थात् ८६ प्रतिशत मात्र राजस्व असुली...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाको १७ औं वार्षिक चुनावी साधारण सभा : अध्यक्ष बाहेक सबै सर्वसहमत चयन

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डा, खैरेनीमा रहेको शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाको १७ औं वार्षिक चुनावी साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष आत्मा प्रसाद जैसीको सभापतित्वमा भएको कार्यक्रममा वडा नम्बर – ३ का वडाअध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शिक्षासँगै रोजगारी जोड्दै कञ्चनपुरको कृष्ण वैजनाथ क्याम्पस

कञ्चनपुर,  उच्च शिक्षाका लागि टाढाका सहर धाउनुपर्ने बाध्यता झेल्दै आएका यहाँको शुक्लाफाँटा र कृष्णपुर क्षेत्रका विद्यार्थीका लागि कृष्ण वैजनाथ बहुमुखी क्याम्पस अहिले भरपर्दो शैक्षिक गन्तव्य मात्र नभई ‘करियर’ निर्माणको मुख्य थलोका रूपमा स्थापित हुँदै गएको छ ।ग्रामीण क्षेत्रमै स्नातक र स्नातकोत्तर तहसम्म अध्ययनको अवसर...

पुगेन आँखा उपचारको सहज पहुँच, भएन सचेतना

काठमाडौं  विगत एक वर्षमा ४ लाख भन्दाबढी आँखाका बिरामीहरुको निःशुल्क उपचार गरिएको छ । नेपाल नेत्रज्योति संघको सञ्जालभित्र आवद्ध २८ आँखा अस्पताल, २२६ आँखा उपचार केन्द्र तथा बिभिन्न बाह्य कार्यक्रमहरु मार्फत ४ लाख ५४ हजार ९ सय ४२ जना आँखाका बिरामीहरुको निःशुल्क उपचार गरिएको...

प्रधानमन्त्री कप क्रिकेटः मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज (पर्सा), प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।वीरगञ्जको नारायणी रङ्गशालामा भएको उक्त खेलमा मधेस प्रदेशले सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गरेको हो । सुरुआती चरणमा ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले ४३ दशमलव २ ओभरमा सबै विकेट...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९