काठमाडौँ, विसं २०८२ को ‘दण्डपाणि–नन्दकुमारी अज्र्याल स्मृति राष्ट्रिय पुरस्कार’ प्राडा जयराज आचार्यलाई अर्पण गरिएको छ । अन्तरराष्ट्रिय सम्बन्ध, परराष्ट्र तथा कूटनीतिलगायत नेपाली, अङ्ग्रेजी र संस्कृत वाङ्मयमा योगदान पुरÞ्याए वापत उहाँलाई नगद रु ५० हजार सहित सो पुरस्कार प्रदान गरिएको हो ।
काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा सुरेशराज शर्माले दण्डपाणि अज्र्याल स्मृति केन्द्रद्वारा आइतबार यहाँ आयोजित कार्यक्रममो प्रा डा आचार्यलाई पुरस्कार सहित दोसल्ला ओढाइ सम्मान गर्नुभएको थियो । सो अवसरमा प्राडाआचार्यले दण्डपाणि अज्र्याल स्मृति केन्द्रबाट हालसम्म सम्मानित÷पुरस्कृत व्यक्तिहरूको जीवनीलाई स्मृति केन्द्रकै मुखपत्र ‘ज्ञानविन्दु’ पत्रिकामा जीवनी विशेषाङ्कका रूपमा प्रकशित गर्नुपर्नेमा विशेष जोड दिनुभएको थियो । पूर्वउपकुलपति प्राडा शर्माले दण्डपाणि अर्याल स्मृति केन्द्रले प्रतिभा सम्मानका लागि उपयुक्त पात्र छान्ने परम्परालाई निरन्तरता दिएको भनी खुसी व्यक्त गर्नुभयो । प्राडा शर्माले पनि १५ वर्ष पहिले यो पुरस्कार प्राप्त गरिसक्नुभएको छ ।
त्यसैबीच जयराज आचार्य विषयक परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा केन्द्रका सल्लाहकार हरिहर अर्याल तथा साहित्यकार राजेन्द्रप्रसाद अर्याल, अनेसास, बिओटिका अध्यक्ष पदम विश्वकर्मा, अनेसास केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्ले, एनआरएनए अमेरिकाका उपाध्यक्ष डा गङ्गाधर आचार्य, अन्य कवि, लेखक साहित्यकारलगायत संस्थाका पदाधिकारी उपस्थिति थियो ।
वक्ताहरूले जयराज आचार्य र दण्डपाणि अज्र्यालको जीवनी व्यक्तित्व र कृतित्वबारे प्रकाश पार्दै स्मृति केन्द्रको भूमिकाको प्रशंसा गर्नुभएको थियो । ती कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष वरिष्ठ इन्जिनियर ईश्वरचन्द्र बानियाँले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन महासचिव कपिलचन्द्र खनालले गर्नुभएको थियो ।दण्डपाणि अज्र्याल इतिहास, ज्योतिषशास्त्र र संस्कृतिका अध्येता हुनुहुन्थ्यो ।राष्ट्रिय समाचार समिति (रासस)






























































































































































