पौवादुङमामा कर सम्बन्धि सेवा शुभारम्भ

भोजपुर,  भोजपुरको पौवादुङमा गाउँपालिकामा करसम्बन्धी सेवा औपचारिक रूपमा शुभारम्भ गरिएको छ । जिल्ला करदाता सेवा कार्यालय हटेपछि स्थानीय नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले आन्तरिक राजस्व कार्यालय धरानसँगको सहकार्यमा सेवा सुरु गरेको हो । संघीय सरकारको गत असोज  १७ गतेको निर्णयअनुसार साविक करदाता सेवा कार्यालय, भोजपुरबाट प्रदान हुँदै आएका केही सेवा अब स्थानीय तहबाटै उपलब्ध गराउन सेवा सुचारु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो ।

गाउँपालिकाले आफ्नो क्षेत्रभित्र बसोबास गर्ने प्राकृतिक व्यक्तिलाई व्यक्तिगत स्थायी लेखा नम्बर जारी गर्नेछ भने स्थानीय तहमा दर्ता भएका व्यवसाय तथा निकायलाई व्यवसायिक स्थायी लेखा नम्बर उपलब्ध उहाँले जानकारी दिनुभयो । यस्तै, मूल्य अभिवृद्धि कर दर्ताका लागि आवश्यक कागजात सङ्कलन गरी सम्बन्धित कार्यालयमा सिफारिस गर्ने, अन्तःशुल्क इजाजतपत्रसम्बन्धी प्रक्रिया सहजीकरण गर्ने, कर चुक्ता प्रमाणपत्रका लागि सिफारिस गर्ने लगायतका सेवासमेत गाउँपालिकाबाटै प्रदान गरिने जनाइएको छ ।

करदाता दर्ता विवरण संशोधन, करसम्बन्धी शिक्षा तथा सचेतनामूलक कार्यक्रम सञ्चालनमासमेत गाउँपालिकाले सहकार्य गर्नेछ । यसबाट स्थानीय करदातालाई आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कसम्बन्धी कानुनी प्रक्रिया बुझ्न थप सहज हुने विश्वास गरिएको छ । पौवादुङमा गाउँपालिकाअध्यक्ष किरण राईले स्थानीय नागरिकका लागि करसम्बन्धी प्रक्रिया सरल र पहुँचयोग्य बनाउने लक्ष्यसहित सेवा सुरु गरिएको बताउनुभयो । राष्ट्रिय समाचार समिति(रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

घोडाघोडी नगरपालिकाद्वारा ३१ संस्थागत विद्यालयको वर्गीकरण सार्वजनिक, शुल्कसमेत निर्धारण

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका ३१ वटा संस्थागत विद्यालयको विस्तृत वर्गीकरण सार्वजनिक गरेको छ। शैक्षिक गुणस्तर सुधार तथा विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा अभिवृद्धि गर्ने उद्देश्यले गरिएको यस मूल्याङ्कनमा शैक्षिक उपलब्धि, भौतिक पूर्वाधार, शिक्षक व्यवस्थापन, पाठ्यक्रम तथा पाठ्यसामग्री र अन्य व्यवस्थापन गरी पाँच...

घोडाघोडीमा संस्थागत विद्यालय वर्गीकरण : न्यू स्टार  सहित ७ विद्यालय उत्कृष्टताको आधारमा ‘ख’ श्रेणीमा

सुखड । घोडाघोडी नगरपालिकाले संस्थागत विद्यालयहरूको गुणस्तर, शैक्षिक अवस्था र पूर्वाधारको आधारमा वर्गीकरण गर्ने निर्णय सार्वजनिक गरेको छ। उक्त निर्णयअनुसार नगरभित्र सञ्चालित निजी (संस्थागत) विद्यालयहरूलाई  ‘ख’, ‘ग’ र ‘घ’ श्रेणीमा विभाजन गरिएको छ। कुनैपनी विद्यालय ‘क’ श्रेणीमा परेका छैनन ।   नगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि,...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, आलु रातो...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

घोडाघोडी नगरपालिकाद्वारा ३१ संस्थागत विद्यालयको वर्गीकरण सार्वजनिक, शुल्कसमेत निर्धारण

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका ३१ वटा संस्थागत विद्यालयको विस्तृत वर्गीकरण सार्वजनिक गरेको छ। शैक्षिक गुणस्तर सुधार तथा विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा अभिवृद्धि गर्ने उद्देश्यले गरिएको यस मूल्याङ्कनमा शैक्षिक उपलब्धि, भौतिक पूर्वाधार, शिक्षक व्यवस्थापन, पाठ्यक्रम तथा पाठ्यसामग्री र अन्य व्यवस्थापन गरी पाँच...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

घोडाघोडीमा संस्थागत विद्यालय वर्गीकरण : न्यू स्टार  सहित ७ विद्यालय उत्कृष्टताको आधारमा ‘ख’ श्रेणीमा

सुखड । घोडाघोडी नगरपालिकाले संस्थागत विद्यालयहरूको गुणस्तर, शैक्षिक अवस्था र पूर्वाधारको आधारमा वर्गीकरण गर्ने निर्णय सार्वजनिक गरेको छ। उक्त निर्णयअनुसार नगरभित्र सञ्चालित निजी (संस्थागत) विद्यालयहरूलाई  ‘ख’, ‘ग’ र ‘घ’ श्रेणीमा विभाजन गरिएको छ। कुनैपनी विद्यालय ‘क’ श्रेणीमा परेका छैनन ।   नगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि,...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

घोडाघोडी नगरपालिकाद्वारा ३१ संस्थागत विद्यालयको वर्गीकरण सार्वजनिक, शुल्कसमेत निर्धारण

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका ३१ वटा संस्थागत विद्यालयको विस्तृत वर्गीकरण सार्वजनिक गरेको छ। शैक्षिक गुणस्तर सुधार तथा विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा अभिवृद्धि गर्ने उद्देश्यले गरिएको यस मूल्याङ्कनमा शैक्षिक उपलब्धि, भौतिक पूर्वाधार, शिक्षक व्यवस्थापन, पाठ्यक्रम तथा पाठ्यसामग्री र अन्य व्यवस्थापन गरी पाँच...

नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै विश्व बौद्धिक सम्पदा दिवस मनाइँदै

काठमाडौँ, आज विश्व बौद्धिक सम्पदा दिवस हो । विश्वका विभिन्न देशमा यो दिवस नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै मनाइँदैछ ।प्रत्येक वर्ष अप्रिल २६ मा मनाइने यो दिवसको उद्देश्य नवप्रवर्तन, सिर्जनशीलता र बौद्धिक सम्पदाको संरक्षणप्रति चेतना अभिवृद्धि गर्नु हो ।     विश्व बौद्धिक सम्पदा सङ्गठनको पहलमा...

नेपाल एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा

काठमाडौँ,  छैटौँ एसियन ‘बीच गेम्स’ २०२६ को समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेको छ ।चीनको हाइनान्स्थित सन्या सहरमा आज भएको खेलमा नेपाल बङ्गलादेशलाई ३८–३६ ले पराजित गर्दै विजयी भएको हो । यससँगै नेपाल समूह ‘बी’ को विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९