निफमा ‘शोले’ को चर्चा

काठमाडौँ,  काठमाडौँमा जारी नवौँ संस्करणको नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ)मा शुक्रबार आयोजित ‘सिनेमा संवाद विथ रमेश सिप्पी एण्ड राजेश हमाल’ नामक सत्रमा भारतीय चलचित्रका प्रसिद्ध निर्देशक रमेश सिप्पी र नेपाली चलचित्रका अभिनेता राजेश हमालले संवाद गर्नुभएको छ । अभिनेता हमालले सहजीकरण गर्नुभएको उक्त अन्तरक्रियात्मक कार्यक्रममा निर्देशक सिप्पीले आफ्नो लोकप्रिय चलचित्र ‘शोले’ निर्माणका अनुभवबारे खुला रूपमा चर्चा गर्नुभयो ।

उहाँले भन्नुभयो, “शोले मेरा लागि सोचिएको वा लेखिएको चलचित्र होइन । लेखक जोडी सलिम–जावेदले एउटा सानो कथाको स्वरूप तयार गर्नुभएको थियो । त्यो सुरूमा अरु कसैका लागि सोचिएको थियो । तर त्यो मेरो शैलीसँग मेल खाने देखेपछि मलाइ प्रस्ताव गरियो । उनीहरूले एक आर्मी अफिसर र दुई अपराधीको कथा सुनाए र हामीले मिलेर सबै पटकथा तयार गर्यौं । त्यो हामी सबैको सामूहिक प्रयासको प्रयासको नतिजा थियो ।”

 

उहाँले सुरुआती समयमा चलचित्रलाई असफल मानिएता पनि दर्शक चलचित्र भवनमा ‘रिपिट’ भएपछि सफल हुनेमा आफू विश्वस्त भएको बताउनुभयो । उक्त चलचित्र आफूले सोचे जस्तो बनाउन नसक्नुको कारण प्राप्त बजेट रहेको निर्देशक सिप्पीले खुलासा गर्नुभयो । “मैले माग गरेको बजेटभन्दा आधा पाएको कारण म कसरी तयार गर्ने भन्ने रनभुल्लमा थिएँ, तर हामी सबै प्राविधिकको मेहनतले चलचित्र बन्यो, र सबै दर्शकले मन पराउनुभयो । सोही सफलताका कारण म यहाँ नेपाल आइपुगेको छु”, निर्देशक सिप्पीले भन्नुभयो ।

 

उहाँका अनुसार सन् १९७३ अक्टोबर २ मा एक करोड बजेटमा सुरु गरिएको थियो । करिब एक घण्टासम्म चलेको उक्त संवाद कार्यक्रममा अभिनेता हमालले दर्शककै रूपमा निर्देशक सिप्पी माँझ जिज्ञासा राख्नुभयो । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाली चलचित्रलाई विश्वबजारसँग जोड्ने उद्देश्यले आयोजना गरेको ‘नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ (निफ)मा प्रतिस्पर्धामा रहेका ४० देशका ८८ चलचित्र प्रदर्शन हुने महोत्सवका अध्यक्ष केपी पाठकले जानकारी दिनुभयो ।

 

उहाँले भन्नुभयो, “हामीले युवापुस्ता केन्द्रित चलचित्रलाई प्राथमिकता दिएका छौँ । युवालाई प्रोत्साहन गर्न हामीले एआई चलचित्र निर्माण कार्यशालालगायतका कार्यशाला पनि राखेका छौँ । युवा दर्शकमा आशा जगाउने हाम्रो मुख्य प्रयास छ । ”यही २३ चैतसम्म सञ्चालन हुने महोत्सवमा चलचित्रकर्मीसँग अन्तरक्रिया, युवा पुस्ता र एआई चलचित्रलाई प्राथमिकता रहेको उहाँले जानकारी दिनुभयो । ‘विश्वभरका कथाको उत्सव’ भन्ने नारा राखिएको महोस्तावमा प्रतिस्पर्धामा नरहेका ६ चिनियाँ र ४ रुसी चलचित्रसमेत प्रदर्शन गरिने अध्यक्ष पाठकले जानकारी दिनुभयो ।

महोत्सवमा अन्तरराष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट हुने चलचित्रलाई एक हजार पाँचसय अमेरिकी डलर राशिसहित ‘गौतम बुद्ध अवार्ड’ प्रदान गरिनेछ  । त्यसै, राष्ट्रिय तथा अन्तरराष्ट्रियबाट कुनै एक चलचित्रलाई ‘अन्तरराष्ट्रिय चलचित्र समाज महासङ्घ’को तर्फबाट ‘डन कि होते’ शीर्षकमा पुरस्कार प्रदान गरिनेछ । नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट चलचित्रलाई एक लाख नगद र ट्रफी, उत्कृष्ट छोटो चलचित्र र उत्कृष्ट वृत्तचित्रलाई रू ५०–५० हजार नगद र ट्रफी प्रदान गरिनेछ ।

महोत्सवमा सर्वोत्कृष्ट अन्तरराष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको ‘माउन्ट एभरेस्ट अवार्ड’ र सर्वोत्कृष्ट अन्तरराष्ट्रिय लघुचलचित्रलाई ५०० डलरको ‘बागमती अवार्ड’ प्रदान गरिनेछ । एआई प्रविधिको चलचित्रलाई ५०० अमेरिकी डलरको ‘मञ्जुश्री अवार्ड’ प्रदान गरिने आयोजकले जनाएको छ । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९