आइतबारदेखि भूतपूर्व सैनिक सम्मेलन हुँदै

काठमाडौँ,  नेपाली सेनाले करिब ९० हजार अवकाश प्राप्त सैनिकहरूबीच पुनर्मिलन गराउने हेतुले २०७० सालबाट भूतपूर्व सैनिक सम्मेलन कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । ‘एक पटकको सिपाही, जीवन रहेसम्म सिपाही’ रहने हुँदा अवकाश प्राप्त सैनिकका आश्रित परिवारको शिक्षा र स्वास्थ्यको सुनिश्चितता गर्ने कार्य सैनिक कल्याणकारी कोषले गर्दै आइरहेको छ ।
हरेक प्रधान सेनापतिको कार्यकालमा एक पटक सञ्चालन गरिने भूतपूर्व सैनिक सम्मेलनलाई वैज्ञानिक र व्यवस्थित बनाउन तीन चरणमा विभाजन गरी प्रत्येक चरणमा योजनाबद्ध तरिकाबाट निश्चित प्रदेशहरूमा कार्यक्रम सञ्चालन गरी तीन वर्षमा समग्र देशभरी कार्यक्रम सञ्चालन हुँदै आइरहेको छ । यस वर्ष सञ्चालन हुने भूपू सैनिक सम्मेलनको मूल भाव ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण–पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ रहेको छ ।

 

सैनिक व्यक्तिहरूको अवकाशपछिको जीवनमा थप ऊर्जा प्रदान गर्ने, एकापसमा भेटघाट गरी आफ्ना सुख–दुःखका अनुभवहरू साट्ने, बहालवाला सैनिक र अवकाश प्राप्त सैनिकहरूबीच सामीप्यको भावना जागृत गराउने, नेपाली सेनाद्वारा सञ्चालित विविध कल्याणकारी कार्यहरूको जानकारी गराई अझै समयानुकूल सुधारको लागि थप राय सुझावहरू सङ्कलन गरी प्रभावकारी बनाउने उद्देश्यले भूपू सैनिक सम्मेलन आयोजना हुँदै आएको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बनाउनुभयो । भूपू सैनिक सम्मेलन समग्र राष्ट्र तथा नेपाली सेनाका लागि पूर्वसैनिकले सेवारत रहँदा पुर्‍याउनुभएको सेवा र समर्पणको यथोचित सम्मान पनि हो ।

 

भूपू सैनिक सम्मेलनले समाजमा छरिएर रहेका भूपू सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिहरूबीच पुनर्मिलन गरी आपसी भाइचाराको विकास गर्दै अपनत्वको भावना कायम गर्नुका साथै भूपू सैनिक तथा एकल महिलाहरू र आश्रित परिवारहरूको आर्थिक, सामाजिक एवम् भौतिक जीवनस्तरमा सुधारका लागि महत्त्वपूर्ण पक्षहरू जस्तै शिक्षा, स्वास्थ्य, स्वरोजगार, पुनःरोजगार तथा आवासजस्ता कल्याणकारी आवश्यकताहरूको सम्बोधन गर्दै आइरहेको छ ।

 

यस किसिमका सम्मेलनमार्फत सेनाप्रति समर्पित भूपू सैनिक तथा एकल महिलाहरूको सञ्जाल निर्माण तथा सोको परिचालन गरी नियमित सेना र भूपू सेनाबीच आपसी हितका लागि सहकार्यको वातावरण सृजना गर्नुका साथै भूपू सैनिक व्यक्तिहरू र प्रधान सेनापतिबीच प्रत्यक्ष अन्तक्र्रिया तथा छलफल गर्न कोसेढुङ्गा सावित भएको छ ।

 

 

यस वर्ष योजना गरिएको भूपू सैनिक सम्मेलनमा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका ३३ हजार जनाको उपस्थिति रहने अनुमानसहित चैत महिनाको तेस्रो र चौथो तथा वैशाख महिनाको पहिलो हप्ता गरी चार चरणमा भूपू सञ्चालन गर्न लागिएको छ ।

 

 

यसवर्ष मध्यपश्चिम पृतनाअन्तर्गत रूपन्देही, दाङ, प्युठान, रोल्पा, पूर्वरुकुम, पश्चिम रुकुम, सल्यान, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, नवलपरासी पश्चिम, नवलपरासी पूर्व तथा पश्चिम पृतनाअन्तर्गत कास्की, म्याग्दी, मुस्ताङ, मनाङ, पर्वत, बाग्लुङ, स्याङ्जा, गोरखा, लमजुङ, तनहुँ र मध्यपूर्वी पृतना अन्तरगत सिन्धुली, रामेछाप, दोलखा, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी गरी कूल ३४ जिल्लामा यही चैत २२ देखि आगामी वैशाख ४ गतेसम्म आयोजना हुनेछ ।

 

 

अवकाश प्राप्त सैनिक एवं पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिलाई लक्षित गरी सञ्चालन हुँदै आएको भूपू सैनिक सम्मेलनले विशिष्ट महत्व बोकेको छ । यस किसिमका सम्मेलनले हिताधिकारीको आत्मीयता, भरोसा एवं विश्वास बढ्दै गएको महसुस गरिएको छ भने सम्पूर्ण हिताधिकारीहरूको प्रतिष्ठा र आत्मसम्मानमा समेत वृद्धि भएको पाइन्छ । स्थान विशेषमा रहेका हिताधिकारीहरूको चाहना, आवश्यकता, राय सुझाव र गुनासाहरू नेतृत्व तहबाट स्थान विशेषमै गएर बुझी उनीहरूको समस्या समाधान गराउनेतर्फ ठोस निर्णय लिनसमेत यस प्रकारका कार्यक्रम फलदायी हुनुका साथै कल्याणकारी सेवा सुविधालाई अझै परिमार्जित र परिस्कृत गर्दै लैजान मद्दत पुग्ने विश्वास लिइएको छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९